< 2 Mooseksen 40 >
1 Ja Herra puhui Mosekselle, sanoen:
तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,
2 Ensimäisenä päivänä ensimäisestä kuusta pitää sinun paneman ylös seurakunnan majan.
“नयाँ वर्षको पहिलो महिनाको पहिलो दिनमा तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पाल खडा गर्नू ।
3 Ja sinun pitää siihen paneman sisälle todistuksen arkin, ja sinun pitää peittämän arkin esiripulla.
तैँले यसभित्र गवाहीको सन्दुक राख्नू, र यसलाई पर्दाले छेक्नू ।
4 Ja sinun pitää myös sinne sisälle tuoman pöydän, ja valmistaman sen, ja asettaman siihen kynttiläjalan, ja paneman lamput sen päälle.
तैँले टेबुललाई भित्र ल्याएर यसमाथि राखिने थोकहरू मिलाएर राख्नू । त्यसपछि तैँले सामदान भित्र ल्याएर दियाहरू मिलाउनू ।
5 Ja sinun pitää asettaman kultaisen savualttarin todistusarkin eteen, ja ripustaman vaatteen majan eteen.
तैँले गवाहीको सन्दुकको सामुन्ने सुनको धूपको वेदी राख्नू, र पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा राख्नू ।
6 Mutta polttouhrin alttarin pitää sinun asettaman seurakunnan majan oven eteen,
तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारको सामुन्ने होमबलिको लागि वेदी राख्नू ।
7 Ja paneman pesoastian seurakunnan majan ja alttarin välille, ja paneman siihen vettä,
तैँले भेट हुने पाल र वेदीका बिचमा ठुलो बाटा राख्नू र त्यसभित्र पानी हाल्नू ।
8 Ja tekemän pihan sen ympärille, ja ripustaman vaatteen pihan portin eteen,
चोकको वरिपरि घेरा हाली यसको प्रवेशद्वारमा पर्दा झुण्ड्याउनू । तैँले अभिषेक गर्ने तेल लिई पवित्र वासस्थान र यसभित्र भएको हरेक थोकलाई अभिषेक गर्नू ।
9 Ja ottaman voidellusöljyn, ja voiteleman majan ja kaikki ne mitkä siinä ovat, ja pyhittämän sen kaluinensa, että ne olisivat pyhät,
तैँले यसलाई र यसका सबै सरसामान मेरो लागि अलग गर्नू । तब यो पवित्र हुनेछ ।
10 Ja voiteleman polttouhrin alttarin kaluinensa, ja pyhittämän alttarin: ja se alttari pitää oleman kaikkein pyhin.
तैँले होमबलिको निम्ति वेदी र यसका सबै भाँडाकुँडालाई अभिषेक गर्नू । तैँले वेदी मेरो निम्ति अलग गर्नू र त्यो मेरो लागि अति पवित्र हुनेछ ।
11 Sinun pitää myös voiteleman pesinastian jalkoinensa, ja sen pyhittämän.
तैँले काँसाको बाटा र यसको खुट्टा अभिषेक गरेर यसलाई मेरो लागि अलग गर्नू ।
12 Ja sinun pitää tuoman Aaronin poikinensa seurakunnan majan oven eteen, ja pesemän heidät vedellä,
तैँले हारून र त्यसका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याई तिनीहरूलाई पानीले नुहाइदिनुपर्छ ।
13 Ja puettaman Aaronin pyhiin vaatteisiin, ja voiteleman ja pyhittämän hänen, minun papikseni.
मेरो लागि अलग गरिएका पोशाकहरू तैँले हारूनलाई लगाइदिनू र त्यसले पुजारी बनेर मेरो सेवा गरोस् भनेर त्यसलाई अभिषेक गरी मेरो निम्ति अलग गर्नू ।
14 Ja sinun pitää myös tuoman hänen poikansa ja puettaman heidän yllensä ahtaat hameet,
त्यसका छोराहरूलाई ल्याई तिनीहरूलाई लबेदा पहिराइदिनू ।
15 Ja voiteleman heidät, niinkuin sinä heidän isänsä voitelit, minun papikseni. Ja tämän voidelluksen pitää oleman heille ijankaikkiseksi pappeudeksi, heidän sukukunnissansa.
पुजारी बनेर तिनीहरूले मेरो सेवा गरून् भनेर तैँले तिनीहरूका पितालाई जस्तै तिनीहरूलाई अभिषेक गर्नू । तिनीहरूको अभिषेकले पुस्ता-पुस्तासम्म तिनीहरूलाई स्थायी पुजारीको पद प्रदान गर्छ ।”
16 Ja Moses teki kaikki kuin Herra oli hänelle käskenyt.
मोशाले त्यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गरे । तिनले यी सबै गरे ।
17 Niin tapahtui toisena vuonna, ensimäisenä päivänä ensimäisestä kuusta, että maja pantiin ylös.
यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा पवित्र वासस्थान खडा भयो ।
18 Ja koska Moses pani ylös majan, niin hän asetti jalat ja laudat ja korennot, ja nosti patsaat pystyälle,
मोशाले पवित्र वासस्थान खडा गरे, यसका आधारहरू ठाउँमा राखे, यसका फल्याकहरू खडा गरे, यसका बारहरू जोडे र यसका डन्डाहरू र खम्बाहरू खडा गरे ।
19 Ja levitti peitteen majan ylitse, ja pani katon sen päälle: niinkuin Herra oli käskenyt Mosekselle.
परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर त्यसमाथि छत राखे ।
20 Ja otti todistuksen ja pani arkkiin, ja asetti korennot arkin päälle, ja pani myös armoistuimen arkin päälle.
तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले
21 Ja toi arkin majaan, ja ripusti esiripun todistusarkin eteen: niinkuin Herra oli käskenyt Mosekselle.
सन्दुकमा डन्डाहरू हालेर त्यसमाथि प्रायश्चित्तको ढकनी राखे । तिनले सन्दुकलाई पवित्र वासस्थानमा ल्याए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गवाहीको सन्दुकलाई छेक्ने पर्दा टाँगे ।
22 Niin asetti hän myös pöydän seurakunnan majaan, pohjan puoliselle sivulle, ulkoiselle puolelle esirippua.
तिनले पर्दाको बाहिरपट्टि भेट हुने पाल अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि टेबुल राखे ।
23 Ja asetti leivät sen päälle järjestykseen, Herran eteen: niinkuin Herra oli käskenyt Mosekselle.
परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु टेबुलमा रोटी मिलाएर राखे ।
24 Niin pani hän myös kynttiläjalan seurakunnan majaan, juuri pöydän kohdalle, etelän sivulle majaa.
तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामु सामदान राखे ।
25 Ja pani lamput niiden päälle Herran eteen: niinkuin Herra oli käskenyt Mosekselle.
परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु दियाहरू बाले ।
26 Ja pani myös kultaisen alttarin seurakunnan majaan, esiripun eteen.
तिनले भेट हुने पालभित्र पर्दाको सामुन्ने सुनको धूपको वेदी राखे ।
27 Ja suitsutti yrttein suitsutuksen sen päällä: niinkuin Herra oli käskenyt Mosekselle.
परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले यसमाथि सुगन्धित धूप बाले ।
28 Ja ripusti vaatteen majan oven eteen.
तिनले पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा झुण्ड्याए ।
29 Vaan polttouhrin alttarin pani hän seurakunnnan majan oven eteen, ja uhrasi sen päällä polttouhrin ja ruokauhrin: niinkuin Herra oli käskenyt Mosekselle.
तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको प्रवेशद्वारमा होमबलिको वेदी राखे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले यहीँ नै होमबलि र अन्नबलि चढाए ।
30 Ja pesoastian pani hän seurakunnan majan ja alttarin välille, ja pani siihen vettä pestä heitänsä.
तिनले भेट हुने पाल र यस वेदीको बिचमा बाटा राखी त्यसमा धुनलाई पानी राखे ।
31 Ja Moses ja Aaron ja hänen poikansa pesivät kätensä ja jalkansa siitä.
मोशा, हारून र तिनका छोराहरूले बाटाको पानीबाट तिनीहरूका हात-खुट्टा धुने गर्थे ।
32 Sillä heidän piti pesemän itsensä, koska he menivät seurakunnan majaan eli kävivät alttarin tykö; niinkuin Herra oli käskenyt Mosekselle.
तिनीहरू भेट हुने पालभित्र प्रवेश गर्दा र वेदीमा जाँदा तिनीहरूले धुने गर्थे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले आ-आफूलाई धुने गर्थे ।
33 Ja hän pani pihan ylös, majan ja alttarin ympärille, ja ripusti vaatteen pihan sisällekäytävään. Ja niin Moses päätti sen työn.
मोशाले पवित्र वासस्थान र वेदीको वरिपरि चोक खडा गरे । तिनले चोकको प्रवेशद्वारमा पर्दा राखे । यसरी मोशाले काम पुरा गरे ।
34 Ja pilvi peitti seurakunnan majan, ja Herran kunnia täytti majan.
तब बादलले भेट हुने पाललाई ढाक्यो, अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो ।
35 Ja ei Moses taitanut käydä seurakunnan majaan; sillä pilvi oli sen päällä, ja Herran kunnia täytti majan.
भेट हुने पालमाथि बादल आएर बसेकोले र परमप्रभुको महिमाले पवित्र वासस्थान भरिएकोले मोशा यसभित्र प्रवेश गर्न सकेनन् ।
36 Ja koska pilvi meni ylös majan päältä niin Israelin lapset vaelsivat, kaikissa matkoissansa.
पवित्र वासस्थानबाट बादल उठाइँदा इस्राएलका मानिसहरू आफ्नो बाटो लाग्थे ।
37 Vaan koska ei pilvi mennyt ylös, silloin ei he vaeltaneet, siihen päivään asti, että se meni ylös.
तर पवित्र वासस्थानबाट बादल नउठ्दा मानिसहरूले यात्रा गर्दैनथे । बादल नउठेसम्म तिनीहरू बसिरहन्थे ।
38 Sillä Herran pilvi oli päivällä majan ylitse, ja yöllä oli tuli siinä, koko Israelin huoneen silmäin edessä, kaikissa heidän vaelluksissansa.
किनकि इस्राएलका मानिसहरूका सबै यात्राभरि तिनीहरूले देख्ने गरी दिनमा परमप्रभुको बादल र रातमा उहाँको आगो पवित्र वासस्थानमाथि हुन्थ्यो ।