< 2 Kuninkaiden 20 >
1 Silloin sairasti Hiskia kuolemallansa, ja propheta Jesaia Amotsin poika tuli hänen tykönsä ja sanoi hänelle: näin sanoo Herra: toimita talos, sillä sinun pitää nyt kuoleman ja ei elämän.
ती दिनमा मृत्यु नै हुन्छ कि जस्तो गरी हिजकिया बिरामी परे । त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्नुहुन्छ, 'तेरो घरलाई मिलाएर राख्, किनकि तँ मर्नेछस् र बाँच्नेछैनस्' ।”
2 Mutta hän käänsi kasvonsa seinän puoleen, rukoili Herraa ja sanoi:
तब हिजकियाले भित्तापट्टि आफ्नो अनुहार फर्काए र यसो भनेर परमप्रभुमा प्रार्थना चढाए,
3 Oi, Herra! muista että minä olen uskollisesti ja vaalla sydämellä vaeltanut sinun edessäs ja tehnyt, mikä sinulle otollinen ollut on! Ja Hiskia itki hartaasti.
“हे परमप्रभु, मेरो सारा ह्रदयले म कसरी तपाईंको सामु विश्वासका साथ हिंडेको छु, र कसरी तपाईंको दृष्टिमा जे ठिक थियो, मैले त्यही गरेको छु, सो कृपा गरी सम्झनुहोस् । तब हिजकिया धुरुधुरु रोए ।
4 Mutta kuin Jesaia ei ollut vielä puoli kaupunkiin käynyt ulos, tuli Herran sana hänen tykönsä ja sanoi:
यशैया बिचको चोकमा पुग्नुभन्दा अगि परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,
5 Palaja ja sano Hiskialle, kansani päämiehelle: näin sanoo Herra sinun isäs Davidin Jumala: minä olen kuullut sinun rukoukses ja nähnyt sinun kyyneles: katso, minä parannan sinun: kolmantena päivänä pitää sinun menemän ylös Herran huoneesen.
“फर्की र मेरा मानिसका अगुवा हिजकियालाई यसो भन्, 'तेरा पुर्खा दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । मैले तँलाई तेस्रो दिनमा निको पार्नै लागेको छु, र तँ परमप्रभुको मन्दिरमा माथि उक्लेर जानेछस् ।
6 Ja minä lisään sinun ikääs viisitoistakymmentä ajastaikaa, ja vapahdan sinun ja tämän kaupungin Assyrian kuninkaan kädestä, ja varjelen tämän kaupungin minun tähteni ja minun palveliani Davidin tähden.
म तेरो जीवनमा पन्ध्र वर्ष आयु थपिदिनेछु, र अश्शूरका राजाको हातबाट म तँलाई र तेरो सहरलाई बचाउनेछु, अनि मेरो आफ्नै निम्ति र मेरा दास दाऊदको निम्ति म यस सहरको रक्षा गर्नेछु' ।”
7 Ja Jesaia sanoi: tuokaat minulle fikunarypäle. Ja he toivat ja panivat paisuman päälle, ja hän tuli terveeksi.
त्यसैले यशैयाले भने, “नेभाराको लेप लगाउनुहोस् ।” तिनीहरूले त्यसै गरे र तिनको पिलोमा त्यो लगाइदिए र तिनी निको भए ।
8 Hiskia sanoi Jesaialle: mikä merkki siihen on, että Herra minun parantaa, ja että minun pitää menemän kolmantena päivänä Herran huoneesen?
हिजकियाले यशैयालाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ र म तेस्रो दिनमा परमप्रभुको मन्दिरमा जानुपर्छ भन्ने कुराको चिन्ह के हुनेछ?”
9 Jesaia sanoi: sinä saat tämän merkin Herralta, että Herra tekee mitä hän sanonut on. Pitääkö varjon käymän kymmenen piirtoa edeskäsin, taikka kymmenen piirtoa takaperin?
यशैयाले जवाफ दिए, “तपाईंको लागि परमप्रभुबाट चिन्ह यो हुनेछ, कि परमप्रभुले बोल्नुभएको कुरा उहाँले गर्नुहुनेछ । घामको छाया दस सिंडी अगाडि जानुपर्यो कि दस सिंडी पछाडि जानुपर्यो?”
10 Ja Hiskia sanoi: se on keviä, että varjo käy edeskäsin kymmenen piirtoa: ei, mutta että hän kävis kymmenen piirtoa takaperin.
हिजकियाले जवाफ दिए, “घामको छायालाई दस सिंडी अगाडि जानु त समान्य कुरो हो । त्यो छाया दस सिंडी पछाडि जाओस् ।”
11 Niin rukoili Jesaia Herraa, ja hän veti varjon kymmenen piirtoa takaperin, jotka hän oli käynyt edeskäsin Ahaksen säjärissä.
त्यसैले यशैया अगमवक्ताले परमप्रभुमा पुकारा गरे र उहाँले घामको छायालाई आहाजको सिंडीमा जहाँ पुगेको थियो त्यहाँबाट दस सिंडी पछाडि सार्नुभयो ।
12 Silloin lähetti Berodak Baladan Baladanin poika Babelin kuningas kirjoituksen ja lahjoja Hiskialle; sillä hän oli kuullut Hiskian sairastuneeksi.
त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियालाई चिठीहरू र एउटा उपहार पठाए किनकि हिजकिया बिरामी परेका थिए भनी तिनले सुनेका थिए ।
13 Ja Hiskia kuuli heitä, ja osoitti heille koko tavarahuoneensa, hopian, kullan, kalliit yrtit, ja parhaan öljyn, ja koko asehuoneensa ja kaikki, mitä hänen tavaroissansa oli. Ja ei mitään ollut hänen huoneessansa ja kaikessa hänen vallassansa, jota ei Hiskia heille osoittanut.
हिजकियाले ती चिठीमा लेखिएका कुरा सुने र त्यसपछि ती सन्देशवाहकहरूलाई राजदरबारका सबै कुरा र तिनका मूल्यवान् थोकहरू अर्थात् चाँदी, सुन, मसला र बहुमुल्य तेल र तिनका हतियारहरूका भण्डार अनि तिनका भण्डारहरूमा भेट्टाइएका सबै थोक देखाए । हिजकियाको आफ्नो घरमा अनि तिनका सारा राज्य तिनले उनीहरूलाई नदेखाएका कुरा केही थिएन ।
14 Niin tuli propheta Jesaia kuningas Hiskian tykö ja sanoi hänelle: mitä nämät miehet ovat sanoneet, ja kusta he ovat tulleet sinun tykös? Hiskia sanoi: he ovat tulleet kaukaiselta maalta, Babelista.
तब यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, “यी मानिसहरूले तपाईंलाई के भने? तिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाले भने, “तिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन् ।”
15 Hän sanoi: mitä he ovat nähneet sinun huoneessas? Hiskia sanoi: he ovat nähneet kaikki, mitä minun huoneessani on, ja ei ole mitään minun tavaroissani, jota en minä heille osoittanut ole.
यशैयाले सोधे, “तपाईंको घरमा तिनीहरूले के-के हेरेका छन्?” हिजकियाले जवाफ दिए, “तिनीहरूले मेरो घरमा भएका हरेक थोक देखेका छन् । मसँग भएका मूल्यवान् थोकहरूमा मैले तिनीहरूलाई नदेखाएका कुनै पनि बाँकी छैन ।”
16 Niin sanoi Jesaia Hiskialle: kuule Herran sanaa:
त्यसैले यशैयाले हिजकियालाई भने, “परमप्रभुक वचन सुन्नुहोस्,
17 Katso, aika tulee, että kaikki sinun huoneestas ja kaikki, mitä sinun esi-isäs koonneet ovat tähän päivään asti, viedään pois Babeliin, ja ei jätetä mitään, sanoo Herra.
'हेर्, ती दिन आउँदैछन् जतिबेला तेरा पुर्खाहरूले आजको दिनसम्म तेरो दरबारमा जम्मा गरेर राखेको हरेक थोक बेबिलोनमा लगिनेछ । परमप्रभु भन्नुहुन्छ, कुनै कुरा पनि छाडिनेछैन ।
18 Ja myös lapset, jotka sinusta tulevat, jotkas siität, otetaan kamaripalvelioiksi Babelin kuninkaan huoneesen.
तँबाट जन्मेका तेरा छोराहरू, जसलाई तँ आफैले हुर्काएको छस्— तिनीहरूले उनीहरूलाई लानेछन्, र उनीहरू बेबिलोनका राजदरबारमा नपुंसक बन्नेछन्' ।”
19 Hiskia sanoi Jesaialle: Herran sana on hyvä, jonkas puhunut olet; ja sanoi vielä: eikö se niin ole? kuitenkin että rauha ja uskollisuus minun aikanani olis.
तब हिजकियाले यशैयालाई भने, “तपाईंले बोलेको परमप्रभुको वचन असल छ ।” किनकि तिनले सोचे, “के मेरो समयमा शान्ति र स्थिरता हुने छैन र?”
20 Mitä enempi sanomista on Hiskiasta, ja hänen voimastansa, ja mitä hän tehnyt on, ja vesilammikosta ja kanavista, joilla hän vedet johdatti kaupunkiin: eikö se ole kirjoitettu Juudan kuningasten aikakirjassa?
हिजकियाका सम्बन्धमा भएका अरू कुराहरू र तिनका सबै शक्ति र कसरी तिनले पोखरी र सुरुङ बनाए अनि सहरमा पानी ल्याए भन्ने बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
21 Ja Hiskia nukkui isäinsä kanssa; ja Manasse hänen poikansa tuli kuninkaaksi hänen siaansa.
हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।