< 1 Samuelin 31 >
1 Niin Philistealaiset sotivat Israelia vastaan, ja Israelin miehet pakenivat Philistealaisia ja lankesivat lyötynä Gilboan vuorella.
यति बेला पलिश्तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका मानिसहरू पलिश्तीहरूका सामुबाट भागे र गिल्बो डाँडामा मरे ।
2 Ja Philistealaiset ajoivat Saulia ja hänen poikiansa takaa, ja Philistealaiset surmasivat Jonatanin, Abinadabin ja Melkisuan, Saulin pojat.
पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।
3 Ja sota oli ankara Saulia vastaan, ja joutsimiehet kävivät hänen päällensä joutsilla, ja hän haavoitettiin pahoin joutsimiehiltä.
युद्ध शाऊलको विरुद्धमा निकै भारी पर्यो र धनुर्धारीहरूले तिनलाई भेट्टाए । तिनीहरूका कारणले गर्दा तिनी घोर पीडामा परे ।
4 Niin sanoi Saul aseensa kantajalle: vedä ulos miekkas ja pistä sillä minua lävitse, ettei nämät ympärileikkaamattomat tulisi ja pistäisi minua lävitse, ja pilkkaisi minua. Mutta hänen aseensa kantaja ei tahtonut, sillä hän pelkäsi suuresti. Niin otti Saul miekan ja lankesi siihen.
तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुत र त्यसले मलाई छेडिदे । नत्रता यी बेखतनाहरू आउनेछन् र मलाई दुर्व्यवहार गर्नेछन् ।” तर तिनका हतियार बोक्नेले त्यसो गरेन, किनकि ऊ साह्रै डराएका थियो । त्यसैले शाऊलले आफ्नै तरवार लिए र यसमाथि उनिए ।
5 Kuin hänen aseensa kantaja näki Saulin kuolleeksi, lankesi hän myös miekkaansa ja kuoli hänen kanssansa.
जब तिनका हतियार बोक्नेले शाऊल मरेको देखे, तिनी पनि त्यसैगरी आफ्नो तरवारमा उनिएर तिनीसँगै मरे ।
6 Ja niin kuoli Saul ja kolme hänen poikaansa, ja hänen aseensa kantaja, ja ynnä kaikki hänen miehensä sinä päivänä.
यसरी शाऊल, तिनका तिन जना छोरा र तिनका हतियार बोक्ने मरे— यी मानिसहरू सबै त्यसै दिन मरे ।
7 Kuin Israelin miehet, jotka olivat toisella puolella laaksoa ja toisella puolella Jordania, näkivät Israelin miehet paenneeksi ja Saulin poikinensa kuolleeksi, jättivät he kaupungit ja pakenivat. Niin tulivat Philistealaiset ja asuivat niissä.
जब मैदानको पारीपट्टि भएका इस्राएलका मानिसहरू र यर्दनको पारिपट्टि भएकाहरूले इस्राएलका मानिसहरू भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरूले आफ्ना सहरहरू छाडे र भागे, अनि पलिश्तीहरू आए र तिनीहरूमा बसोबास गरे ।
8 Ja toisena päivänä tulivat Philistealaiset ryöstämään tapetuita ja löysivät Saulin ja kolme hänen poikaansa makaavan Gilboan vuorella.
भोलिपल्ट यसो भयो, जब पलिश्तीहरू मृतकहरूलाई लूट्न आए तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मृत फेला पारे ।
9 Ja hakkasivat hänen päänsä pois, ja ottivat häneltä aseet, ja lähettivät ympäri Philistealaisten maakuntaa, ilmoitettaa epäjumalainsa huoneissa ja kansan seassa,
तिनीहरूले उनको शिर काटे, उनको हतियार लूटे र आफ्ना मूर्तीहरूका मन्दिरहरू र मानिसहरूकहाँ समाचार लैजानलाई पलिश्तीहरूका देशभरि दूतहरू पठाए ।
10 Ja panivat hänen aseensa Astarotin huoneesen; mutta hänen ruumiinsa ripustivat he Betsanin muurin päälle.
उनका हतियारलाई तिनीहरूले अश्तोरेतको मन्दिरमा राखे र तिनीहरूले उनको शरीरलाई बेथ-शानको सहरको पर्कालमा बाँधे ।
11 Kuin Jabeksen asuvaiset Gileadissa kuulivat, mitä Philistealaiset Saulille tehneet olivat,
जब याबेश-गिलादका बासिन्दाहरूले पलिश्तीहरूले शाऊललाई गरेका कुरा सुने,
12 Nousivat kaikki sotaan kelpaavaiset miehet, kävivät kaiken sen yön ja ottivat Saulin ruumiin ja hänen poikainsa ruumiit alas Betsanin muurin päältä, veivät Jabekseen ja polttivat ne siellä,
तब सबै लडाकु मानिसहरू उठे र रातभरि यात्रा गरेर गए अनि शाऊल र तिनका छोराहरूको शरीर बेथ-शानको पर्खालबाट ल्याए । तिनीहरू याबेशमा गए र तिनीहरूलाई जलाए ।
13 Ja ottivat heidän luunsa ja hautasivat puun alle Jabekseen, ja paastosivat seitsemän päivää.
त्यसपछि तिनीहरूले उनीहरूका हड्डीहरू लिए र तिनलाई याबेशको झ्याउको रूखमुनि गाडे अनि तिनीहरू सात दिनसम्म उपवास बसे ।