< 1 Samuelin 13 >
1 Kuin Saul oli vuoden ollut kuninkaana, ja hallinnut Israelia kaksi ajastaikaa,
शाऊलले राज्य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए । तिनले इस्रालमाथि चालिस वर्ष राज्य गरेका थिए,
2 Valitsi hän itsellensä kolmetuhatta miestä Israelista: kaksituhatta olivat Saulin kanssa Mikmassa ja BetElin vuorella, mutta tuhannen Jonatanin kanssa BenJaminin Gibeassa, mutta muun joukon päästi hän menemään itsekunkin majoillensa.
तिनले इस्राएलका तिन हजार जना मानिसहरूलाई चुने । दुई हजार जना मानिसहरू तिनीसँगै मिकमाशमा र बेथेलको पहाडी देशमा थिए, जबकि एक हजार जना मानिसहरू बेन्यामीनको गिबामा जोनाथनसँग थिए । सिपाहीहरूमध्ये बाँकीलाई तिनले आ-आफ्नो घरमा पठाए ।
3 Ja Jonatan löi Philistealaisia heidän leirissänsä, joka oli Gibeassa; ja Philistealaiset saivat sen tietää. Ja Saul antoi soittaa basunalla kaikessa maakunnassa ja sanoa: antakaat Hebrealaisten sen kuulla.
जोनातनले गिबामा भएको पलिश्तीहरूका चौकीलाई पराजित गरे र पलिश्तीहरूले यो सुने । तब शाऊलले “हिब्रूहरूले सुनून्” भन्दै देशभरि तुरही फुके ।
4 Ja kaikki Israel kuuli sanottavan: Saul on lyönyt Philistealaisten leirin; ja Israel myös haisi Philistealaisten edessä, ja kansa kutsuttiin Saulin tykö kokoon Gilgaliin.
शऊलले पलिश्तीहरूका चौकीलाई हराए र अझै इस्राएल पलिश्तीहरूको निम्ति दुर्गन्ध बनेका थिए भन्ने सबै इस्राएलले सुने । तब गिलगालमा शऊलकहाँ आउन सबै सिपाहरूलाई बोलाइयो ।
5 Niin kokoontuivat Philistealaiset sotimaan Israelia vastaan, kolmekymmentä tuhatta vaunua, kuusituhatta ratsasmiestä ja paljo muuta kansaa, niinkuin santaa meren rannalla; ja he matkustivat ylöspäin ja asettivat leirinsä Mikmaan, itään päin BetAvenista.
पलिश्तीहरू तिन हजार रथहरू, छ हजार रथ हाँक्नेहरू र समुद्र किनारको बालुवा सरी असंख्या सेनाहरू लिएर इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ भेला भए । तिनीहरू माथि आए र बेथ-आवनको पूर्वमा मिकमाशमा छाउनी हाले ।
6 Kuin Israelin miehet näkivät heitänsä ahdistetuksi, sillä kansa oli sangen hämmästyksissä, lymyttivät he heitänsä luoliin, maan kuoppiin, mäen rotkoihin, linnoihin ja kaivoihin;
जब इस्राएलका मानिसहरूले आफूहरू कष्टमा परेको देखे, किनभने मानिसहरू व्याकुल थिए, मानिसहरू ओढारहरूतिर, झाडीहरूभित्र, चट्टानहरूमा, इनारहरूमा र खाल्डोहरूमा लुके ।
7 Ja Hebrealaiset vaelsivat Jordanin ylitse Gadin ja Gileadin maakuntaan; vaan Saul oli vielä Gilgalissa, ja kaikki kansa, jotka olivat hänen perässänsä, pelkäsivät.
केही हिब्रूहरू यर्दन पारि गाद र गिलादको भूभागतिर गए । तर शाऊल अझ पनि गिगालमा नै थिए र सबै मानिसहरू डरले काम्दै तिनको पछि लागे ।
8 Niin odotti hän seitsemän päivää, siihen aikaan asti, kun Samuel määrännyt oli. Vaan koska ei Samuel tullutkaan Gilgaliin, rupesi kansa hajoomaan häneltä.
तिनले शमूएलले तोकेका समय सात दिनसम्म पर्खे । तर शमूएल गिलगालमा आएनन् र मानिसहरू शाऊलदेखि तितरबितर भइरहेका थिए ।
9 Silloin sanoi Saul: tuokaat minulle polttouhria ja kiitosuhria; ja uhrasi polttouhria.
शाऊलले भने, “मलाई होमबलि र मेलबलि ल्याओ ।” अनि तिनले होमबलि चढाए ।
10 Kuin hän oli päättänyt polttouhrin, katso, Samuel tuli; niin Saul meni häntä vastaan siunaamaan häntä.
तिनले होमबलि चढाउन सिद्ध्याउने बित्तिकै शमूएल आइपुगे । शाऊल तिनलाई भेट्न र अभिवादन गर्न निस्के ।
11 Niin sanoi Samuel: mitäs olet tehnyt? Saul vastasi: minä näin kansan minultani hajoovan, et myös sinä tullut määrättyyn aikaan, ja Philistealaiset olivat Mikmassa koossa,
त्यसपछि शमूएलले भने, “तपाईंले यो के गर्नुभएको?” शाऊलले जवाफ दिए, “जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,
12 Niin minä sanoin: nyt tulevat Philistealaiset tänne minun tyköni Gilgaliin, ja en minä rukoillut Herran kasvoin edessä; niin minä rohkaisin itseni ja uhrasin polttouhrin.
मैले भने, 'अब पलिश्तीहरू गिलगालमा मेरो विरुद्धमा आउनेछन् र मैले परमप्रभुको निगाह खोजेको छैन ।' त्यसैले होमबलि चढाउन मैले आफैलाई दवाव दिएँ ।”
13 Samuel sanoi Saulille: sinä olet tyhmästi tehnyt, ja et pitänyt Herran sinun Jumalas käskyä, jonka hän käski sinulle; sillä hän oli vahvistanut sinun valtakuntas Israeliin ijankaikkisesti.
तब शमूएलले शाऊललाई भने, “तपाईंले मूर्खतापूर्वक काम गर्नुभएको छ । परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन । त्यसो गरेको भए परमप्रभुले इस्राएलमाथि तपाईंको शासन सदाको निम्ति स्थापित गर्नुहुनेथियो ।
14 Vaan sinun valtakuntas ei pidä enää oleman seisovainen: Herra on yhden miehen oman sydämensä jälkeen etsinyt, sen on Herra käskenyt olla kansansa päämiehen; sillä et sinä pitänyt sitä, mitä Herra sinulle käski.
तर अब तपाईंको शासनले निरन्तरता पाउनेछैन । परमप्रभुले आफ्नोजस्तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको छ र परमप्रभुले आफ्ना मानिसहरूका शासक हुन तिनलाई नियुक्त गर्नुभएको छ, किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन ।”
15 Niin Samuel nousi ja meni Gilgalista pois BenJaminin Gibeaan; niin Saul luki väen, joka hänen tykönänsä oli, liki kuusisataa miestä.
तब शमूएल उठे र गिलगालबाट बेन्यामीनको गिबातिर गए । तब शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे, तिनीहरू झण्डै छ सय जना मानिसहरू थिए ।
16 Ja Saul ja Jonatan hänen poikansa, ja se väki joka heidän tykönänsä oli, jäivät BenJaminin kukkulalle; vaan Philistealaiset asettivat leirinsä Mikmaan.
शाऊल, तिनको छोरा जोनाथन र तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गिबामा नै बसे । तर पलिश्तीहरूले मिकमाशमा छाउनी हाले ।
17 Philistealaisten leiristä läksi kolme joukkoa maata hävittämään: yksi käänsi itsensä Ophran tielle Sualin maalle,
पलिश्तीहरूका छाउनीबाट लुट्ने तिन समूह आए । एउटा समूह शूआलको भूमि ओप्रातिर लागे ।
18 Toinen käänsi itsensä BetHoronin tielle ja kolmas käänsi itsensä sille rajatielle, joka menee Seboimin laakson korpeen.
अर्को समूह बेथ-होरोनतिर गए र अर्को समूह उजाड-स्थानतिर सबोईंको बेंसी देखिने सिमानातिर लागे ।
19 Niin ei löydetty yhtään seppää kaikesta Israelin maakunnasta; sillä Philistealaiset ajattelivat, ettei Hebrealaiset tekisi miekkoja ja keihäitä.
इस्राएलभरि कुनै फलामको काम गर्ने मानिसहरू भेट्टाउन सकिंदैनथ्यौ, किनभने पलिश्तीहरूले भने, “नत्रता हिब्रूहरूले आफ्ना निम्ति भालाहरू र तरवारहरू बनाउँछन् ।”
20 Ja kaiken Israelin täytyi mennä Philistealaisten tykö teroittamaan vannastansa, rautalapioitansa, kirvestänsä ja vikahdintansa.
तर इस्राएलका सबै मानिसहरू आ-आफ्ना फाली, कोदालो, बन्चरो र हँसिया अर्जाप्न तल पलिश्तीहरूकहाँ जाने गर्थे ।
21 Mutta heillä oli teroitusrauta vikahtimille, lapioille, hangoille ja kirveille, niin myös ojettaa pistintä.
फाली र कोदालो अर्जाप्नको निम्ति दुई तिहाइ शेकेल अनि बन्चरो अर्जाप्नको र फाली अडाउने करुवा सोझ्याउन एक तीहाइ शेकेल ज्याला थियो ।
22 Kuin tappelupäivä joutui, niin ei löytynyt miekkaa eikä keihästä kaiken kansan kädessä, jotka Saulin ja Jonatanin kanssa olivat, vaan Saulilla ja hänen pojallansa oli.
त्यसैले युद्धको दिनमा शाऊल र जोनाथनसँग भएका सिपाहरूका हातमा कुनै तरवार वा बाला थिएन । शाऊल र तिनका छोरा जोनाथनसँग मात्र ती थिए ।
23 Ja Philistealaisten leiri läksi Mikman taipaleelle.
पलिश्तीहरूको फौज मिकमाशको घाटीमा गयो ।