< Psalmaro 75 >
1 Al la ĥorestro. Por Al-taŝĥet. Psalmo de Asaf. Kanto. Ni gloras Vin, ho Dio, ni gloras Vin; Proksima estas Via nomo; Oni rakontas Viajn miraklojn.
हे परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं । हामी धन्यवाद दिन्छौं, किनकि तपाईंले आफ्नो उपस्थिति प्रकट गर्नुहुन्छ । मानिसहरूले तपाईंका अचम्मका कामहरूका बारेमा बताउँछन् ।
2 Kiam Mi elektos tempon, Mi faros justan juĝon.
तोकिएको समयमा म न्यायोचित रूपमा फैसला गर्नेछु ।
3 Tremas la tero kaj ĉiuj ĝiaj loĝantoj; Mi fortikigis ĝiajn kolonojn. (Sela)
पृथ्वी र यसका सबै बासिन्दा डरले थरथर कामे पनि, पृथ्वीका खम्बाहरूलाई म दृढ बनाउछु । सेला
4 Mi diras al la fanfaronuloj: Ne fanfaronu; Kaj al la malvirtuloj: Ne levu kornon;
मैले अहङ्कारीलाई भनें, “अहङ्कारी नहो,” र दुष्टहरूलाई भनें, “सिङ् ठाडो नपार् ।
5 Ne levu supren vian kornon, Ne parolu kun nefleksebla kolo;
आफ्ना सिङहरूलाई माथि नउचाल् । हठपूर्ण घाँटी बनाएर नबोल् ।”
6 Ĉar ne de oriento kaj ne de okcidento Kaj ne de la dezerto venas alteco.
उचाल्ने कुरा पूर्वबाट वा, पश्चिमबाट होइन र त्यो उजाडस्थानबाट आउने होइन ।
7 Nur Dio estas juĝanto; Unu homon Li malaltigas, kaj alian Li altigas.
तर परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ । उहाँले तल झार्नुहुन्छ र उहाँले माथि उठाउनुहुन्छ ।
8 Ĉar la pokalo estas en la mano de la Eternulo, Kaj la vino ŝaŭmas, plena de aromaĵo, kaj Li verŝas el ĝi; Sed nur ĝian feĉon elsuĉos kaj trinkos ĉiuj malvirtuloj de la tero.
किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र यसलाई खन्याउनुहुन्छ । निश्चय नै पृथ्वीका सबै दुष्टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन् ।
9 Kaj mi eterne predikos, Mi kantos al la Dio de Jakob.
तर तपाईंले भन्नुभएको कुरा म निरन्तर रूपमा बताउनेछु । याकूबका परमेश्वरको स्तुति म गाउनेछु ।
10 Kaj ĉiujn kornojn de la malvirtuloj mi rompos; Altiĝos la kornoj de virtulo.
उहाँ भन्नुहुन्छ, “दुष्टहरूका सबै सिङलाई म काट्नेछु, तर धर्मीहरूका सिङहरू माथि उचालिनेछन् ।”