< Psalmaro 2 >
1 Kial tumultas popoloj, Kaj gentoj pripensas vanaĵon?
जातिहरूले किन कोलाहल मच्चाउँछन् र मानिसहरूले किन असफल हुने षड्यान्त्र रच्छन्?
2 Leviĝas reĝoj de la tero, Kaj eminentuloj konsiliĝas kune, Kontraŭ la Eternulo kaj kontraŭ Lia sanktoleito, dirante:
पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्छन्,
3 Ni disŝiru iliajn ligilojn, Kaj ni deĵetu de ni iliajn ŝnurojn!
“तिनीहरूले हामीलाई लगाएका हतकडीहरू हामी तोडौं र तिनीहरूका साङ्लाहरू फालौं ।”
4 La loĝanta en la ĉielo ridas, La Sinjoro mokas ilin.
स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ ।
5 Tiam Li parolos al ili en Sia kolero, Kaj per Sia furiozo Li ilin ektimigos, dirante:
तब उहाँ तिनीहरूसँग आफ्नो रिसमा बोल्नुहुन्छ र तिनीहरूलाई आफ्नो क्रोधमा यसो भनेर त्रसित पार्नुहुन्छ,
6 Mi starigis ja Mian reĝon Super Cion, Mia sankta monto.
“मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।”
7 Mi raportos pri la decido: La Eternulo diris al mi: Vi estas Mia filo, Hodiaŭ Mi vin naskis.
परमप्रभुको एउटा आदेश म घोषणा गर्नेछु । उहाँले मलाई भन्नुभयो, “तिमी मेरो पुत्र हौ! आजको दिन म तिम्रो पिता भएको छु ।
8 Petu Min, kaj Mi donos al vi popolojn por heredo, Kaj por posedo limojn de tero.
मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु ।
9 Vi disbatos ilin per fera sceptro, Kiel potan vazon vi ilin dispecigos.
तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ । कुमाले भाँडोझैं तिमीले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ ।”
10 Kaj nun, ho reĝoj, prudentiĝu; Instruiĝu, juĝistoj de la tero!
त्यसैले ए राजाहरू हो, सावधान होओ । ए पृथ्वीका शासकहरू हो, आफूलाई सच्याओ ।
11 Servu al la Eternulo kun timo, Kaj ĝoju kun tremo.
भयसाथ परमप्रभुको आराधना गर र कम्पनसाथ आनन्दित होओ ।
12 Kisu la filon, ke Li ne koleru, kaj vi ne pereu sur la vojo, Ĉar baldaŭ ekbrulos Lia kolero. Feliĉaj estas ĉiuj, kiuj fidas Lin.
पुत्रलाई चुम्बन गर नत्र तिमीहरूसँग उहाँ रिसाउनुहुनेछ र उहाँको क्रोध एक क्षणको निम्ति दन्किंदा तिमीहरू बाटैमा मर्नेछौ । उहाँमा शरण लिने सबै जना कति धन्य हुन् ।