< Sentencoj 5 >

1 Mia filo! atentu mian saĝon; Al mia prudento klinu vian orelon,
हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान लगा । मेरो समझशक्तिमा कान थाप ।
2 Por ke vi konservu prudenton Kaj via buŝo tenu scion.
यसरी तैँले विवेकको विषयमा सिक्‍ने छस्, र तेरो ओठले ज्ञानको रक्षा गर्न सक्‍ने छ ।
3 Ĉar la buŝo de malĉastulino elverŝas mielon, Kaj ŝia gorĝo estas pli glata ol oleo.
किनकि व्यभिचारी स्‍त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ ।
4 Sed ŝia sekvaĵo estas maldolĉa kiel absinto, Akra kiel ambaŭtranĉa glavo.
तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ ।
5 Ŝiaj piedoj iras malsupren al la morto; Ŝiaj paŝoj atingas Ŝeolon. (Sheol h7585)
त्यसको खुट्टा मृत्युतिर ओह्रालो लाग्छ । त्यसका कदमहरू पातालको मार्गमा जान्छन् । (Sheol h7585)
6 Ŝi ne iras rekte laŭ la vojo de vivo; Ŝiaj paŝoj ŝanceliĝas, sed tion ŝi ne scias.
त्यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्यसका चालहरू भौँतारिन्छन् । कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन ।
7 Kaj nun, infanoj, aŭskultu min, Kaj ne forkliniĝu de la vortoj de mia buŝo.
अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्‍नदेखि नतर्क ।
8 Malproksimigu de ŝi vian vojon, Kaj ne proksimiĝu al la pordo de ŝia domo,
तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ ।
9 Por ke vi ne fordonu al aliaj vian honoron Kaj viajn jarojn al la kruelulo,
यसरी तिमीहरूले आफ्नो इज्‍जत अरूलाई दिने छैनौ वा तिमीहरूको उमेर क्रुर व्यक्तिलाई दिने सुम्पने छैनौ ।
10 Por ke fremduloj ne satiĝu de via havo, Kaj viaj laboroj ne estu en fremda domo,
परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउने छैनन् । तिमीहरूले जेको लागि काम गरेका छौ, त्यो परदेशीहरूको घरमा जाने छैन ।
11 Ĝis vi ĝemos en la fino, Kiam konsumiĝos via karno kaj via korpo,
तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्त्यमा तिमीहरूले विलाप गर्ने छौ ।
12 Kaj vi diros: Ho, kiel mi malamis instruon, Kaj mia koro malŝatis moraligon!
तिमीहरूले भन्‍ने छौ, “हाय, मैले निर्देशनलाई कसरी घृणा गरेँ, र मेरो हृदयले सुधारलाई तुच्छ ठान्यो!
13 Kaj mi ne aŭskultis la voĉon de miaj instruantoj, Kaj mi ne klinis mian orelon al miaj lernigantoj.
मैले मेरा शिक्षकहरूको आज्ञा मानिनँ वा मेरा प्रशिक्षकहरूका कुरा सुन्‍न कान थापिनँ ।
14 Mi estis preskaŭ en ĉia malbono Meze de kunveno kaj societo.
सभाको बिचमा, मानिसहरूको जमघटमा म झण्डै पूर्ण रूपमा विनाश भएँ ।”
15 Trinku akvon el via cisterno, Kaj fluantan el via puto.
आफ्नै कुण्डको पानी पिउनू, र आफ्नै कुवाबाट बगेको पानी पिउनू ।
16 Viaj fontoj disfluu eksteren, Akvaj torentoj en la stratojn.
के तेरो कुवाको पानी जताततै र तेरो खोलाको पानी सार्वजनिक चोकहरूमा बग्‍न दिने?
17 Ili apartenu al vi sola, Sed ne al aliaj kun vi.
ती तेरा लागि मात्र होऊन्, र तँसित भएका परदेशीहरूका लागि नहोऊन् ।
18 Via fonto estu benata; Kaj havu ĝojon de la edzino de via juneco.
तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्‍नीसित तँ आनन्दित भएको होस् ।
19 Ŝi estas ĉarma kiel cervino, Kaj aminda kiel ibeksino; Ŝiaj karesoj ĝuigu vin en ĉiu tempo, Ŝia amo ĉiam donu al vi plezuron.
किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे । त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्‍ट पारून् । त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस् ।
20 Kaj kial, mia filo, vi volas serĉi al vi plezuron ĉe fremda virino Kaj enbrakigi ne apartenantan al vi?
हे मेरो छोरो, तँ किन व्यभिचारी स्‍त्रीद्वारा फसाइने? तैँले किन अनैतिक स्‍त्रीलाई अङ्गालो हाल्ने?
21 Ĉar antaŭ la okuloj de la Eternulo estas la vojoj de homo, Kaj ĉiujn liajn irojn Li pripensas.
मानिसले गर्ने हरेक कुरो परमप्रभुले देख्‍नुहुन्छ, र त्यसका सबै मार्गलाई उहाँले निगरानी गर्नुहुन्छ ।
22 Liaj propraj malbonfaroj enkaptos la malpiulon, Kaj la ŝnuroj de lia peko lin tenos.
दुष्‍ट व्यक्ति आफ्नै अधर्मद्वारा पासोमा पर्ने छ । त्यसको पापका डोरीहरूले त्यसलाई कसेर बाँध्‍ने छ ।
23 Li mortos pro manko de eduko; Kaj la multo de lia senprudenteco lin devojigos.
निर्देशनको कमीले त्यो मर्ने छ । त्यसको असीम मूर्खताद्वारा त्यसले बाटो बिराउँछ ।

< Sentencoj 5 >