< Ijob 38 >
1 La Eternulo el ventego ekparolis al Ijob, kaj diris:
तब परमप्रभुले अय्यूबलाई प्रचण्ड आँधीबाट बोलाउनुभयो र यसो भन्नुभयो,
2 Kiu estas tiu, kiu mallumigas la plej altan decidon Per vortoj sensencaj?
“ज्ञानविनाका शब्दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो?
3 Zonu kiel viro viajn lumbojn; Mi vin demandos, kaj vi sciigu al Mi.
अब एक जना मानिसले झैं आफ्नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्नेछु, र तैंले जवाफ दिनुपर्छ ।
4 Kie vi estis, kiam Mi fondis la teron? Diru, se vi havas scion.
मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् ।
5 Kiu starigis ĝiajn mezurojn, se vi tion scias? Aŭ kiu etendis super ĝi rektoŝnuron?
यसको नाप कसले निधो गर्यो? तँलाई थाहा भए मलाई भन् । यसमाथि कसले नाप्ने धागो टाँग्यो?
6 Sur kio estas enfortikigitaj ĝiaj bazoj, Aŭ kiu kuŝigis ĝian angulŝtonon,
के कुरा माथि यसका जगहरू बसालिए? यसको कुने-ढुङ्गो कसले बसाल्यो?
7 Dum komuna glorkantado de la matenaj steloj Kaj ĝojkriado de ĉiuj filoj de Dio?
कति बेला बिहानका ताराहरूले एकसाथ गाए, र परमेश्वरका सबै छोराहरूले आनन्दले चिच्च्याए ।
8 Kiu fermis la maron per pordoj, Kiam ĝi elpuŝiĝis kvazaŭ el la ventro de patrino;
गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्यसका ढोकाहरू बन्द गर्यो?
9 Kiam Mi faris la nubon ĝia vesto Kaj mallumon ĝiaj vindaĵoj,
कति बेला मैले त्यसलाई बादलको कपडाले ढाकें, अनि निस्पट्ट अन्धकारलाई त्यसको पटुका बनाएँ?
10 Kaj starigis al ĝi limon Kaj faris riglilojn kaj pordojn,
त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ,
11 Kaj diris: Ĝis ĉi tie aliru, sed ne plu, Kaj ĉi tie rompiĝados viaj majestaj ondoj?
अनि मैले त्यसलाई भनें, 'तँ यहाँसम्म आउन सक्छस्, तर यसभन्दा पर होइन । तेरा छालहरूको अहङ्कारको सिमा म यहाँ तोकिदिन्छु ।'
12 Ĉu vi en via vivo iam ordonis al la mateno, Montris al la matenruĝo ĝian lokon,
के तैंले बिहानीलाई आज्ञा दिएको, अथवा मिरमिरेलाई त्यसको ठाउँ चिनाएको छस्,
13 Ke ĝi kaptu la randojn de la tero, Kaj ke la malpiuloj deskuiĝu el ĝi;
जसको कारणले त्यसले पृथ्वीको छेउ समातोस्, अनि दुष्टहरूलाई त्यहाँबाट हटाउनलाई हल्लाओस्?
14 Ke ilia internaĵo renversiĝu kiel koto, Kaj ke ili tute konfuziĝu;
छाप मुनिको माटोको आकार बदलिएझैं स्वरूपमा पृथ्वी बद्लिन्छ । एउटा लुगा कच्चेको धारझैं त्यसमा भएका सबै कुरा प्रस्ट देखिन्छन् ।
15 Ke de la malpiuloj forpreniĝu ilia lumo, Kaj ilia malhumila brako estu rompita?
दुष्टहरूबाट तिनीहरूको 'ज्योति' लगिन्छ । तिनीहरूको उठाइएको पाखुरा भाँचिन्छ ।
16 Ĉu vi venis ĝis la fontoj de la maro? Kaj ĉu vi iradis sur la fundo de la abismo?
के तँ समुद्रको पानीको मूलमा गएको छस्? के तँ गहिरोभन्दा गहिरो ठाउँमा हिंडेको छस्?
17 Ĉu malfermiĝis antaŭ vi la pordego de la morto? Kaj ĉu vi vidis la pordegon de la mallumego?
के मृत्युका ढोकाहरू तँलाई देखाइएको छ? के तैंले मृत्युका छायाका ढोकाहरू देखेको छस्?
18 Ĉu vi pririgardis la larĝon de la tero? Diru, ĉu vi scias ĉion ĉi tion?
के पृथ्वीको विस्तृत फैलावटलाई तैंले बुझेको छस्? तँलाई यो सबै थाहा छ भने मलाई भन् ।
19 Kie estas la vojo al la loĝejo de la lumo, Kaj kie estas la loko de la mallumo,
ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्यसको ठाउँ कहाँ बस्छ?
20 Ke vi konduku ĝin al ĝia limo, Kaj ke vi rimarku la vojetojn al ĝia domo?
ज्योति र अन्धकारलाई तिनीहरूको काम गर्ने ठाउँमा तैंले लिएर जान सक्छस्? तिनीहरूका घरमा तिनीहरूलाई फर्काएर लाने बाटो तैंले चिन्न सक्छस्?
21 Ĉu vi sciis, kiam vi naskiĝos Kaj kiel granda estos la nombro de viaj tagoj?
त्यति बेला नै तेरो जन्म भएको भए निस्सन्देह, तँलाई थाहा हुन्छ । तेरो उमेर धेरै भइसकेको हुन्छ!
22 Ĉu vi venis al la devenejo de la neĝo, Kaj ĉu vi vidis la devenejon de la hajlo,
हिउँका भण्डारहरूभित्र तँ पसेको छस्? अथवा असिनाका भण्डारहरू तैंले देखेको छस्?
23 Kiujn Mi konservas por la tempo de suferado, Por la tago de batalo kaj milito?
यी कुराहरू मैले सङ्कष्टको समयको निम्ति, अनि संघर्ष र युद्धको दिनको लागि साँचेको छु ।
24 Kie estas la vojo, laŭ kiu dividiĝas la lumo, Diskuras la orienta vento super la teron?
बिजुली चम्केर जाने बाटो कुन हो, अथवा पूर्वीय बतास कहाँबाट पृथ्वीको चारैतिर जान्छ?
25 Kiu destinis direkton por la fluo Kaj vojon por la tondra fulmo,
झरीको बाडीको लागि कसले नहरहरू खनेको छ, अथवा गर्जनको लागि कसले बाटो बनाएको छ,
26 Por doni pluvon sur teron, kie neniu troviĝas, Sur dezerton senhoman,
कुनै व्यक्ति नरहने ठाउँ र कोही नभएको उजाड-स्थानमा पानी पार्नलाई,
27 Por nutri dezerton kaj stepon Kaj kreskigi verdan herbon?
सर्वनाश भएको र उजाड ठाउँहरूलाई हरियाली ल्याउनलाई, र भूमिबाट घाँस उमार्नलाई?
28 Ĉu la pluvo havas patron? Aŭ kiu naskigis la gutojn de roso?
के झरीको कुनै बुबा छ, अर्थात् शीतको थोपालाई जन्माउने को हो?
29 El kies ventro eliris la glacio? Kaj kiu naskis la prujnon sub la ĉielo?
कसको गर्भबाट बरफको जन्म भयो? आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो?
30 Simile al ŝtono malmoliĝas la akvo, Kaj la supraĵo de la abismo kunfirmiĝas.
पानीले आफैलाई लुकाउँछ र ढुङ्गाझैं बन्छ । महासागरको सतह जमेको हुन्छ ।
31 Ĉu vi povas ligi la ligilon de la Plejadoj? Aŭ ĉu vi povas malligi la ligon de Oriono?
के तैंले किरकिटी ताराहरूलाई साङ्लाले बाँध्न सक्छस्? अर्थात् मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस्?
32 Ĉu vi povas elirigi iliatempe la planedojn, Kaj konduki la Ursinon kun ĝiaj infanoj?
के तैंले तारामण्डलहरूलाई तिनीहरूको आफ्नो ऋतुमा प्रकट गराउन सक्छस्? के तैंले सप्तर्षि तारा र त्यसको दललाई डोर्याउन सक्छस्?
33 Ĉu vi konas la leĝojn de la ĉielo? Aŭ ĉu vi povas aranĝi ĝian regadon super la tero?
के तैंले आकाशको शासन गर्ने नियमहरूलाई जानेको छस्? के तैंले आकाशको नियमलाई पृथ्वीमाथि बसाउन सक्छस्?
34 Ĉu vi povas levi al la nubo vian voĉon, Ke abundo da akvo vin kovru?
के तैंले आफ्नो सोर बादलसम्म पुर्याउन सक्छस्, जसले गर्दा झरीको प्रसस्त भलले तँलाई ढाक्न सक्छ?
35 Ĉu vi povas sendi fulmojn, Ke ili iru kaj diru al vi: Jen ni estas?
के तैँल बिजुलीका चमकहरूलाई पठाउन सक्छस् जसले गर्दा ती बाहिर जान सकून्, तिनले तँलाई यसो भनून्, 'हामी यहाँ छौं?'
36 Kiu metis en la internon la saĝon? Kaj kiu donis al la koro la prudenton?
बादलमा कसले बुद्धि राखेको छ, अथवा तुवाँलोलाई समझशक्ति दिएको छ?
37 Kiu estas tiel saĝa, ke li povu kalkuli la nubojn? Kaj kiu elverŝas la felsakojn de la ĉielo,
कसले आफ्नो सिपद्वारा बादललाई गन्न सक्छ? कसले आकाशको पानीको भण्डारबाट खन्याउन सक्छ,
38 Kiam la polvo kunfandiĝas Kaj la terbuloj kungluiĝas?
जति बेला धुलो कडा डल्लो बन्छ, अनि माटोका डल्लाहरू एकसाथ टाँसिएर बस्छ?
39 Ĉu vi ĉasas kaptaĵon por la leonino, Kaj satigas la leonidojn,
के सिंहनीको निम्ति तैंले सिकार खोज्न सक्छस्, अर्थात् त्यसका डमरूहरूको भोकलाई तृप्त पार्न सक्छस्,
40 Kiam ili kuŝas en la nestegoj, Sidas embuske en la laŭbo?
जति बेला तिनीहरू आफ्नो खोरमा ढुकिबस्छन्, अनि गुप्तमा लुकेर पर्खिरहन्छन्?
41 Kiu pretigas al la korvo ĝian manĝaĵon, Kiam ĝiaj idoj krias al Dio, Vagflugas, ne havante, kion manĝi?
कागका बचेराहरूले परमेश्वरमा पुकारा गर्दा, र खानेकुराको अभावले भाउन्न हुँदा, कसले तिनलाई आहार जुटाइदिन्छ?