< Amos 1 >
1 Vortoj de Amos, paŝtisto el Tekoa, kiujn li laŭvizie eldiris pri Izrael en la tempo de Uzija, reĝo de Judujo, kaj en la tempo de Jerobeam, filo de Joaŝ, reĝo de Izrael, du jarojn antaŭ la tertremo.
तकोका गोठालामध्ये एक जना आमोसले इस्राएलका विषयमा प्रकाशमा पाएका कुराहरू यी नै हुन् । भुकम्प जानुभन्दा दुई वर्षअगाडि यहूदाका राजा उज्जियाहका दिनमा, र येहोआशका छोरा इस्राएलका राजा यारोबामका दिनमा पनि तिनले यी कुराहरू प्राप्त गरे ।
2 Li diris: La Eternulo ektondros el Cion kaj aŭdigos Sian voĉon el Jerusalem; kaj ekfunebros la paŝtejoj de la paŝtistoj, kaj sekiĝos la supro de Karmel.
तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुनेछ । उहाँले यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुनेछ । गोठालाहरूका खर्कहरू सुक्नेछन् । कार्मेलको टाकुरो ओइलाउनेछ ।”
3 Tiele diras la Eternulo: Pro tri krimoj de Damasko kaj pro kvar Mi ne indulgos ĝin, pro tio, ke ili draŝis Gileadon per fera draŝilo.
परमप्रभु यसो भन्नुहुन्छः “दमस्कसका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले गिलादलाई फलामका औजारहरूले नाश पारे ।
4 Mi sendos fajron sur la domon de Ĥazael, kaj ĝi ekstermos la palacojn de Ben-Hadad.
हजाएलको घरानामा म आगो पठाउनेछु, र त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ ।
5 Mi disrompos la riglilojn de Damasko, Mi ekstermos la loĝantojn de la valo Aven kaj la tenanton de sceptro el la domo Edena, kaj la popolo Siria estos forkondukita en Kiron, diras la Eternulo.
म दमस्कसका मूल ढोकाका गजबारहरू भाँच्नेछु र आवन उपत्यकामा राज्य गर्नेलाई, र बेथ-अदनमा राजदण्ड लिनेलाई समेत म टुक्राटुक्रा पार्नेछु । अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन्,” परमप्रभु भन्नुहुन्छ ।
6 Tiele diras la Eternulo: Pro tri krimoj de Gaza kaj pro kvar Mi ne indulgos ĝin, pro tio, ke ili tute forkondukis la kaptitojn, por transdoni ilin al Edom.
परमप्रभु यसो भन्नुहुन्छ, “गाजाका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले सम्पूर्ण मानिसलाई कैदी बनाएर, एदोमको हातमा सुम्पन लगे ।
7 Mi sendos fajron sur la muregon de Gaza, kaj ĝi ekstermos ĝiajn palacojn.
गाजाका पर्खालहरूमा म आगो पठाउनेछु र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ ।
8 Mi ekstermos la loĝantojn de Aŝdod kaj la tenanton de sceptro el Aŝkelon, Mi direktos Mian manon kontraŭ Ekronon, kaj pereos la restintoj de la Filiŝtoj, diras la Sinjoro, la Eternulo.
अश्दोदमा बस्ने मानिस, र अश्कलोनको राजदण्ड लिने मानिसलाई म टुक्राटुक्रा पार्नेछु । एक्रोनको विरुद्ध म आफ्ना हात उठाउनेछु, र बाँकी रहेका पलिश्तीहरू नाश हुनेछन्,” परमप्रभु परमेश्वर भन्नुहुन्छ ।
9 Tiele diras la Eternulo: Pro tri krimoj de Tiro kaj pro kvar Mi ne indulgos ĝin, pro tio, ke ili transdonis en plenan malliberecon al Edom kaj ne memoris la fratan interligon.
परमप्रभु यसो भन्नुहुन्छः “टुरोसका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले सम्पूर्ण मानिसलाई एदोममा सुम्पेका छन्, र आफ्नो भ्रातृत्व करार तिनीहरूले तोडेका छन् ।
10 Mi sendos fajron sur la muregon de Tiro, kaj ĝi ekstermos ĝiajn palacojn.
टुरोसका पर्खालहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्लाहरूलाई भस्म पार्नेछ ।”
11 Tiele diras la Eternulo: Pro tri krimoj de Edom kaj pro kvar Mi ne indulgos lin, pro tio, ke li persekutis kun glavo sian fraton, ke li sufokis en si la kompaton, ke li senĉese furiozas en sia kolero kaj konservas sian furiozon por ĉiam.
परमप्रभु यस्तो भन्नुहुन्छ, “एदोमका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने त्यसले आफ्नो भाइलाई तरवारले खेद्यो, र सबै दयालाई त्यागिदियो । त्यसको रिस निरन्तर बढ्यो, र त्यसको क्रोध सदाको निम्ति रह्यो ।
12 Mi sendos fajron sur Temanon, kaj ĝi ekstermos la palacojn de Bocra.
तेमानमा म आगो पठाउनेछु, र त्यसले बोज्राका दरबारहरूलाई भस्म पार्नेछ ।”
13 Tiele diras la Eternulo: Pro tri krimoj de la Amonidoj kaj pro kvar Mi ne indulgos ilin, pro tio, ke ili dishakis gravedulinojn en Gilead, por plivastigi siajn limojn.
परमप्रभु यसो भन्नुहुन्छ, “अम्मोनका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले आफ्नो सीमा बढाउन सकून् भनेर, गिलादका गर्भवती स्त्रीहरूका पेट चिरे ।
14 Mi ekbruligos fajron sur la murego de Raba, kaj ĝi ekstermos ĝiajn palacojn, kun bruo en la tago de batalo, kun ventego en la tago de malkvieteco.
रब्बाका पर्खालहरूमा म आगो बाल्नेछु, र युद्धको दिनको चिच्याहट, र हुरीबतासमा हुने आँधीको दिनको, आवाज निकालेर दरबारहरूलाई भस्म पार्नेछ ।
15 Kaj ilia reĝo iros en forkaptitecon, li, kaj kune ankaŭ liaj eminentuloj, diras la Eternulo.
तिनीहरूका राजा, त्योसँगै त्यसका अधिकारीहरू समेत कैदमा जानेछन्,” परमप्रभु भन्नुहुन्छ ।