< Psalms 56 >
1 To the Overseer. — 'On the Dumb Dove far off.' — A secret treasure of David, in the Philistines' taking hold of him in Gath. Favour me, O God, for man swallowed me up, All the day fighting he oppresseth me,
हे परमेश्वर, ममाथि दया गर्नुहोस्, किनकि मानिसहरूले मलाई आक्रमण गर्दैछन् । मसँग युद्ध गर्नेहरूले दिनभरि आफ्नो दबावमा राख्छन् ।
2 Mine enemies have swallowed up all the day, For many [are] fighting against me, O most High,
मेरा शत्रुहरूले मलाई दिनभरि कुल्चन्छन् । किन मेरो विरुद्धमा अहङ्कारपूर्ण किसिमले युद्ध गर्नेहरू धेरै जना छन् ।
3 The day I am afraid I am confident toward Thee.
जब म डराउँछु, तब म आफ्नो भरोसा तपाईंमा राख्छु ।
4 In God I praise His word, in God I have trusted, I fear not what flesh doth to me.
परमेश्वर, जसको वचनको प्रशंसा म गर्छु— परमेश्वरमा मैले आफ्नो भरोसा राखेको छु । म डराउनेछैन । मानिसले मलाई के गर्न सक्छ र?
5 All the day they wrest my words, Concerning me all their thoughts [are] for evil,
दिनभरि तिनीहरू मेरा कुराहरू बङ्ग्याउँछन् । तिनीहरूका सबै विचार खराबीको निम्ति मेरो विरद्धमा हुन्छन् ।
6 They assemble, they hide, they watch my heels, When they have expected my soul.
तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्यान लिन ढुकिबसेका छन् ।
7 By iniquity they escape, In anger the peoples put down, O God.
अधर्म गरेर तिनीहरूलाई उम्कन नदिनुहोस् । हे परमेश्वर, तपाईंको क्रोधमा मानिसहरूलाई तल झार्नुहोस् ।
8 My wandering Thou hast counted, Thou — place Thou my tear in Thy bottle, Are they not in Thy book?
मेरा भागेर हिंडेको हिसाब तपाईंले राख्नुहोस् र मेरा आँसुहरू तपाईंको बोतलमा राख्नुहोस् । के ती तपाईंका पुस्तकमा छैनन् र?
9 Then turn back do mine enemies in the day I call. This I have known, that God [is] for me.
तब मैले तपाईंलाई पुकारा गरेको दिनमा मेरा शत्रुहरू फर्केर जानेछन् । परमेश्वर मेरो पक्षमा हुनुहुन्छ भनी यसैबाट म जान्नेछु ।
10 In God I praise the word, In Jehovah I praise the word.
परमेश्वर, जसको वचनको प्रशंसा म गर्छु, परमप्रभु, जसको वचनको प्रशंसा म गर्छु,
11 In God I trusted, I fear not what man doth to me,
परमेश्वरमा म भरोसा गर्छु, म डराउनेछैन । कसले मलाई के गर्न सक्छ र?
12 On me, O God, [are] Thy vows, I repay thank-offerings to Thee.
हे परमेश्वर, तपाईंको निम्ति आफ्ना भाकलहरू पुरा गर्ने कर्तव्य ममा छ । तपाईंलाई धन्यवादका म बलिहरू चढाउनेछु ।
13 For Thou hast delivered my soul from death, Dost Thou not my feet from falling? To walk habitually before God in the light of the living!
किनकि तपाईंले मेरो जीवनलाई मृत्युबाट बचाउनुभएको छ । तपाईंले मेरा गोडाहरूलाई लड्नबाट जोगाउनुभएको छ, ताकि म जीवितहरूका अघि परमेश्वरको उपस्थितिमा हिंड्न सकूँ ।