< Numbers 29 >
1 Forsothe the firste dai of the seuenthe monethe schal be hooli, and worschipful to you; ye schulen not do ony seruyle werk ther ynne, for it is the day of sownyng, and of trumpis.
“सातौँ महिनाको पहिलो दिनमा परमप्रभुको सम्मानमा तिमीहरूले एउटा पवित्र सभा राख्नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन । यो तिमीहरूले तुरही फुक्ने दिन हुने छ ।
2 And ye schulen offre brent sacrifice, in to swettest odour to the Lord, o calf of the droue, o ram, and seuene lambren of o yeer, with out wem;
तिमीहरूले परमप्रभुको लागि सुगन्धित बास्नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा बलि चढाउनुपर्छ ।
3 and in the sacrificis of tho `ye schulen offre thre tenthe partis of flour spreynt togidere with oile, bi ech calfe, twey tenthe partis bi a ram,
तिमीहरूले तिनीहरूलाई तिनीहरूका अन्नबलिसँग साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, भेडाको निम्ति एक पाथी,
4 o tenthe part bi a lomb, whiche togidere ben seuen lambren.
र हरेक सातवटा थुमाको निम्ति आधा पाथी चढाउनुपर्छ ।
5 And `ye schulen offre a `buc of geet, which is offrid for synne, in to the clensyng of the puple,
तिमीहरूले आफ्नो प्रायश्चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका बलि चढाउनुपर्छ ।
6 with out the brent sacrifice of kalendis, with hise sacrifices, and without euerlastynge brent sacrifice, with customable fletynge offryngis; and bi the same cerymonyes ye schulen offre encense in to swettiste odour to the Lord.
यी बलिहरू तिमीहरूले हरेक महिनाको पहिलो दिनमा चढाउने बलिदानहरूका अतिरिक्त सातौँ महिनामा चढाउनूः विशेष होमबलि र यससँगै अन्नबलि चढाउनू । यिनीहरू नियमित होमबलि, यसको अन्नबलि र यसको अर्घबलिको अतिरिक्त हुनुपर्छ । तिमीहरूले यी बलिहरू चढाउँदा तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाइने सुगन्धित बास्नाको निम्ति आज्ञा गरेको कुरा पालन गर्ने छौ ।
7 Also the tenthe dai of this seuenthe monethe schal be hooli and worschipful to you, and ye schulen turmente youre soulis; ye schulen not do ony seruyle werk ther ynne.
सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले परमप्रभुको सम्मानमा एउटा पवित्र सभा राख्नुपर्छ ।
8 And ye schulen offre brent sacrifice to the Lord, in to swettiste odour; o calf of the droue, o ram, seuene lambren of o yeer with out wem.
तिमीहरूले कुनै काम नगरी आफैलाई नम्र तुल्याउनुपर्छ । तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ । तिनीहरू हरेक निष्खोट हुनुपर्छ ।
9 And in the sacrifices of tho `ye schulen offre thre tenthe partis of flour spreynt togidere with oyle, bi ech calf, twey tenthe partis bi a ram,
तिमीहरूले साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, एउटा भेडाको निम्ति एक पाथी,
10 the tenthe part of a dyme bi each lomb, that ben togidere seuene lambren.
र सातवटा थुमा हरेकको निम्ति आधा पाथी चढाउनुपर्छ ।
11 And ye schulen offre a `buc of geet for synne, with out these thingis that ben wont to be offrid for synne in to clensyng, and `ye schulen offre euerlastinge brent sacrifice in sacrifice, and fletinge offryngis of tho.
तिमीहरूले एउटा बोकालाई पापबलिको रूपमा बलि चढाउनुपर्छ । यो नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त हुने छ ।
12 Forsothe in the fiftenthe dai of this seuenthe monethe, that schal be hooli and worschipful to you, ye schulen not do ony seruyle werk, but ye schulen halewe solempnyte to the Lord in seuene daies; and ye schulen offre brent sacrifice,
सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले परमप्रभुको सम्मानमा एउटा पवित्र सभा राख्नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन, र तिमीहरूले उहाँको निम्ति सात दिनसम्म चाड मनाउनुपर्छ ।
13 in to swetiste odour to the Lord, threttene calues of the droue, twey rammes, fouretene lambren of o yeer, with out wem.
तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइएको बलिदान अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । तिमीहरूले
14 And in the moiste sacrifices of tho `ye schulen offre thre tenthe partis of flour spreynt to gidere with oile bi ech calf, that ben togidere threttene calues, and ye schulen offre twei tenthe partis to twei rammes togidere, that is, o tenthe part to o ram, and `ye schulen offre the tenthe part of `a
तिनीहरूसँगै हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, दुईवटा भेडाको निम्ति एक पाथी,
15 dyme to ech lomb, whiche ben to gidere fourteene lambren.
र चौधवटा हरेक थुमाको निम्ति आधा पाथी अन्नबलिको रूपमा चढाउनुपर्छ ।
16 And ye schulen offre a `buc of geet for synne, with out euerlastynge brent sacrifice, and `with out the sacrifice and moiste offryng therof.
तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
17 In the tother dai ye schulen offre twelue calues of the droue, twei rammes, fouretene lambren of o yeer without wem.
सभाको दोस्रो दिनमा तिमीहरूले बाह्रवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
18 And ye schulen halewe riytfuli sacrifices, and moiste offryngis of alle, bi calues, and rammes, and lambren.
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
19 And `ye schulen offre a `buc of geet for synne, with out euerlastynge brent sacrifice, and `with out the sacrifice and moist offryng therof.
तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
20 In the thridde dai ye schulen offre euleuen calues, twei rammes, fourtene lambren of o yeer, without wem.
सभाको तेस्रो दिनमा तिमीहरूले एघारवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
21 And ye schulen halewe riytfuli the sacrifices, and moiste offryngis of alle, bi the caluys, and rammes, and lambren.
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
22 And ye schulen offre a `buk of geet for synne, with out euerlastynge brent sacrifice, and with out the sacrifice and moiste offryng therof.
तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
23 In the fourthe day ye schulen offre ten calues, twey rammes, fourtene lambren of o yeer with oute wem.
सभाको चौथो दिनमा तिमीहरूले दसवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
24 And ye schulen halewe riytfuli the sacrifices, and moiste offryngis of alle, bi the calues, and rammes, and lambren.
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
25 And ye schulen offre a `buk of geet for synne, with out euerlastynge brent sacrifice, and `with out the sacrifice and moiste offryng therof.
तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
26 In the fyuethe dai ye schulen offre nyne calues, twei rammes, fourtene lambren of o yeer, with oute wem.
सभाको पाँचौ दिनमा तिमीहरूले नौवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
27 And ye schulen halewe riytfuli the sacrifices, and moiste offryngis `of alle, bi the calues, and rammes, and lambren.
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
28 And `ye schulen offre a `buc of geet for synne, with out euerlastynge brent sacrifice, and `with out the sacrifice and moiste offryng therof.
तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
29 In the sixte dai ye schulen offre eiyt calues, and twei rammes, fourtene lambren of o yeer with out wem.
सभाको छैठौँ दिनमा तिमीहरूले आठवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
30 And ye schulen halewe riytfuli the sacrifices, and moiste offryngis `of alle, bi the calues, and rammes, and lambren.
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
31 And ye schulen offre a `buk of geet for synne, with out euerlastynge brent sacrifice, and `with out the sacrifice and moiste offryng therof.
तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
32 In the seuenthe dai ye schulen offre seuene calues, twei rammes, fourtene lambren `of o yeer with out wem.
सभाको सातौँ दिनमा तिमीहरूले सातवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
33 And ye schulen halewe riytfuli the sacrifices, and moiste offryngis `of alle, bi the calues, and rammes, and lambren.
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
34 And `ye schulen offre a `buc of geet for synne, with out euerlastynge brent sacrifice, and `with out the sacrifice and moiste offryng therof.
तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
35 In the eiythe dai, which is moost solempne `ether hooli; ye schulen not do ony seruyle werk,
आठौँ दिनमा तिमीहरूले अर्को गम्भीर सभा राख्नुपर्छ । तिमीहरूले कुनै नियमित काम गर्नुहुँदैन ।
36 and ye schulen offre brent sacrifice in to swettest odour to the Lord, o calf, o ram, seuene lambren of o yeer with out wem.
तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र सातवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
37 And ye schulen halewe riytfuli the sacrifices and moiste offryngis `of alle, bi the calues, and rammes, and lambren.
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
38 `And ye schulen offre a `buc of geet for synne, with out euerlastynge brent sacrifice, and `with out the sacrifice, and moiste offryng therof.
तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । तिमीहरूका तोकिएको चाडहरूमा तिमीहरूले यी परमप्रभुलाई चढाउनुपर्छ ।
39 Ye schulen offre these thingis to the Lord, in youre solempnytees, with out avowis, and wilful offryngis, in brent sacrifice, in sacrifice, in moist offryng, and in peesible sacrifices.
यी तिमीहरूका भाकल र स्वेच्छा बलिहरूको अतिरिक्त हुनुपर्छ । तिमीहरूले यिनीहरूलाई तिमीहरूका होमबलि, अन्नबलि, अर्घबलि र मेलबलिको रूपमा चढाउनुपर्छ ।”
40 And Moises telde to the sones of Israel alle thingis whiche the Lord comaundide to hym.
परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा मोशाले इस्राएलका मानिसहरूलाई भने ।