< Deuteronomy 9 >
1 Here thou, Israel; thou schalt passe Jordan to dai, that thou welde mooste naciouns, and strengere than thou; grete citees, and wallid `til to heuene;
हे इस्राएल हो, सुन । तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू अनि आकाशै छुने पर्खाल लगाएका ठुला-ठुला सहरहरूमाथि अधिकार गर्न आज तिमीहरूले यर्दन पार गर्नै लागेका छौ ।
2 a greet puple, and hiy; the sones of Enachym, whiche thi silf `siest, and herdist, whiche no man may ayenstonde in the contrarie part.
तिनीहरू महान् र अग्ला छन् जो अनाकका छोराहरू हुन् जसको बारेमा तिमीहरूलाई थाहै छ र 'अनाकका छोराहरूको सामु को खडा हुन सक्छ?' भनी तिमीहरूले सुनेकै छौ ।
3 Therfor thou schalt wite to dai, that thi Lord God hym silf schal passe bifor thee; he is a fier deuourynge and wastynge, that schal al to breke hem, and schal do awei, and destrie bifor thi face swiftli, as he spak to thee.
त्यसकारण, आज यो जानिराख कि परमप्रभु तिमीहरूका परमेश्वर नै भस्म गर्ने आगोजस्तै तिमीहरूभन्दा अगिअगि जानुहुन्छ । उहाँले तिनीहरूलाई नष्ट पार्नुहुने छ, र तिमीहरूको अधीनमा ल्याउनुहुने छ । त्यसैले परमप्रभुले तिमीहरूलाई भन्नुभएझैँ तिमीहरूले तिनीहरूलाई धपाउने छौ, र तिनीहरूलाई चाँडै नै नष्ट पार्ने छौ ।
4 Seie thou not in thin herte, whanne thi Lord God hath do hem awey in thi siyt, For my riytfulnesse the Lord brouyte me yn, that Y schulde welde this lond; sithen these naciouns ben doon awey for her wickidnessis.
तिमीहरूकै सामु परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नुभएपछि आफ्नो ह्रदयमा यसो नभन, 'मेरो धार्मिकताको कारणले गर्दा परमप्रभुले मलाई यो देश अधिकार गर्न ल्याउनुभएको छ ।' बरु यी जातिहरूको दुष्टताको कारणले परमप्रभुले तिनीहरूलाई तिमीहरूकै सामु धपाउँदै हुनुहुन्छ ।
5 For not for thi riytfulnessis, and equyte of thin herte thou schalt entre that thou welde the lond `of hem; but for thei diden wickidli, thei weren doon awey, whanne thou entridist, and that the Lord schulde fille his word which he bihiyte vndur an ooth to thi fadris, to Abraham, Isaac, and Jacob.
तिमीहरूको धार्मिकता वा तिमीहरूको ह्रदयको सोझोपनको कारणले गर्दा तिमीहरूले तिनीहरूको देश अधिकार गर्न लागेका होइनौ, तर यी जातिहरूको दुष्टताको कारणले गर्दा तिमीहरूका परमेश्वरले तिमीहरूकै सामुन्ने तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ताकि उहाँले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित शपथ खानुभएको वचनलाई सत्य साबित गर्न सकून् ।
6 Therfor wite thou that not for thi riytfulnesses thi Lord God yaf to thee this beste lond in to possessioun, sithen thou art a puple of hardeste nol.
त्यसकारण यो जानिराख, कि तिमीहरूको धार्मिकताको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले यो असल देश तिमीहरूलाई अधिकारको लागि दिन लाग्नुभएको होइन किनकि तिमीहरू त हठी मानिसहरू हौ ।
7 Haue thou mynde, and foryete not, hou in the wildirnesse thou terridist thi Lord God to greet wraththe; fro that dai in which thou yedist out of Egipt `til to this place, thou striuedist euere ayens the Lord.
उजाड-स्थानमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई कसरी क्रोधित तुल्यायौ भनी याद राख । तिमीहरूले मिश्र देश छाडेदेखि तिमीहरू यस ठाउँमा नआउञ्जेलसम्म तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही बनेका छौ ।
8 For whi also in Oreb thou terridist hym, and he was wrooth, and wolde do thee awei, whanne Y stiede in to the hil,
साथै, हेब्रोनमा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ, र तिमीहरूलाई नाशै पार्ने गरी उहाँ क्रुद्ध हुनुभयो ।
9 that Y schulde take two tablis of stoon, the tablis of couenaunt which the Lord made with you, and Y continuede in the hil fourti daies and nyytis, and Y eet not breed, and Y drank not watir.
परमप्रभुले तिमीहरूसित बाँध्नुभएका करारका शिला-पाटीहरू लिन म पर्वतमा उक्लँदा म चालिस दिन चालिस रातसम्म पर्वतमा बसेँ । मैले न रोटी खाएँ, न पानी पिएँ ।
10 And the Lord yaf to me, twey tablis of stoon, euer either wrytun with Goddis fyngur, and conteynynge alle the wordis whiche he spak to you in the hil, fro the myddis of the fier, whanne the cumpany of puple was gaderid togidere.
परमप्रभुले मलाई आफ्नै औँलाले लेख्नुभएका दुईवटा शिला-पाटी दिनुभयो । सभाको दिनमा आगोको बिचबाट परमप्रभुले पर्वतमा बोल्नुभएका सबै वचन तिनमा लेखिएका थिए ।
11 And whanne fourti daies and so many nyytis hadden passid, the Lord yaf to me twei tablis of stoon, tablis of boond of pees;
ती चालिस दिन र चालिस रातको अन्त्यमा परमप्रभुले मलाई करारका दुईवटा शिला-पाटी दिनुभयो ।
12 and he seide to me, Rise thou, and go doun for hennys soone, for thi puple, which thou leddist out of Egipt, han forsake swiftli the weie which thou schewidist to hem, and thei han maad to hem a yotun calf.
परमप्रभुले मलाई भन्नुभयो, 'उठेर छिटो गरी यहाँबाट तल जा किनकि तैँले मिश्रबाट ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्ट पारेका छन् । मैले तिनीहरूलाई आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै तर्केर गएका छन् । तिनीहरूले आफ्नो निम्ति ढलौटे मूर्ति बनाएका छन् ।'
13 And eft the Lord seide to me, `Y se that this puple is of hard nol;
यसबाहेक, परमप्रभुले मलाई भन्नुभयो, 'मैले यी मानिसहरूलाई देखेको छु र तिनीहरू हठी छन् ।
14 suffre thou me, that I alto breke hym, and do awey the name `of hym fro vndur heuene; and Y schal ordeyne thee on a folk which is grettere and strongere than this folk.
मलाई एक्लै छोडिदे ताकि मैले तिनीहरूलाई नष्ट गर्नू सकूँ र स्वर्गमूनिबाट तिनीहरूको नाउँ मेटाइदिन सकूँ र तँबाट नै तिनीहरूभन्दा महान् र शक्तिशाली जाति बनाउन सकूँ ।'
15 And whanne Y cam doun fro the hil brennynge, and helde with euer either hond twei tablis of boond of pees, and Y seiy,
त्यसैले म फर्केर पर्वतबाट ओर्ली आएँ, अनि पर्वत जलिरहेको थियो । करारका दुईवटा शिला-पाटी मेरा हातमा थिए ।
16 that ye hadde synned to youre Lord God, and hadden maad to you a yotun calf, and hadden forsake swiftli the weie of God which he schewide to you,
मैले हेरेँ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा पाप गरेका थियौ । तिमीहरूले आफ्नो निम्ति बाछाको ढलौटे मूर्ति बनाएका थियौ । परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू चाँडै नै तर्केर गएका थियौ ।
17 Y castide doun the tablis fro myn hondis, and brak tho tablis in youre siyt.
मैले ती दुईवटा शिला-पाटीलाई लिएर मेरा हातबाट फालिदिएँ । मैले तिमीहरूकै सामु तिनलाई टुक्रा-टुक्रा पारिदिएँ ।
18 And Y felde doun bifor the Lord as `biforto, in fourti daies and fourti nyytis, and Y eet not breed, `and drank not watir, for alle youre synnes whiche ye diden ayens the Lord, and terriden hym to `greet wraththe;
फेरि, मैले न रोटी खाएँ न पानी पिएँ । परमप्रभुको दृष्टिमा दुष्ट काम गरेर उहाँलाई चिढ्याई तिमीहरूका सबै पापको कारणले गर्दा चालिस दिन र चालिस रातसम्म म परमप्रभुको सामु लम्पसार परेँ ।
19 for Y dredde the indignacioun and yre of hym, by which he was stirid ayens you, and wolde do you awey. And the Lord herde me also in this tyme.
किनकि तिमीहरूलाई नाशै पार्ने गरी तिमीहरूको विरुद्धमा भएको परमप्रभुको रिस र कडा बेखुसीको कारणले म भयभीत भएँ । तर त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्नुभयो ।
20 Also the Lord was wrooth greteli ayens Aaron, and wolde alto breke hym, and Y preiede in lijk maner for hym.
हारूनलाई नष्ट गर्ने गरी उहाँ तिनीसित ज्यादै रिसाउनुभयो । त्यस बेला मैले हारूनको लागि पनि प्रार्थना गरेँ ।
21 `Forsothe Y took youre synne which ye maden, that is, the calf, and brente it in fier, and Y alto brak in gobetis, and droof outerli in to dust, and castide forth in to the stronde, that cam doun fro the hil.
मैले तिमीहरूको पाप अर्थात् तिमीहरूले बनाएको बाछो लिएर त्यसलाई जलाइदिएँ अनि त्यसलाई चकनाचुर पारेर धूलोपिठो पारिदिएँ । मैले त्यस धूलोलाई पर्वतबाट आउने खोलामा फालिदिएँ ।
22 Also in the brennyng, and in the temptacioun at the watris of ayenseiyng, and in the Sepulcris of Coueytise, ye terriden the Lord;
तबेरा, मस्साह र किब्रोथ-हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ ।
23 and whanne Y sente you fro Cades Barne, and seide, `Stye ye, and welde the lond which Y yaf to you, and ye dispisiden the comaundement of youre Lord God, and ye bileueden not to him, nether ye wolden here his vois;
परमप्रभुले तिमीहरूलाई कादेश-बर्नेमा यसो भनी पठाउनुहुँदा, 'मैले तिमीहरूलाई दिएको देशमा गएर त्यसलाई अधिकार गर' तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञाको विरुद्धमा विद्रोह गर्यौ, अनि उहाँको कुरा मानेनौ वा सुनेनौ ।
24 but euere ye weren rebel, fro the day in which Y bigan to knowe you.
मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू परमप्रभुको विरुद्धमा बागी भएका छौ ।
25 And Y lay byfore the Lord fourti daies and fourti nyytis, in whiche Y bisouyte hym mekeli, that he schulde not `do awey you, as he manaasside.
परमप्रभुले तिमीहरूलाई नष्ट गर्नुहुनेथियो भनी उहाँले भन्नुभएकोले म चालिस दिन चालिस रातसम्म उहाँको सामु लम्पसार परेँ ।
26 And Y preiede, and seide, Lord God, distrye not thi puple, and thin eritage, which thou `ayen bouytist in thi greetnesse, which thou leddist out of Egipt in strong hond.
मैले परमप्रभुलाई यसो भनी प्रार्थना चढाएँ, 'हे परमप्रभु परमेश्वर, तपाईंले आफ्ना मानिसहरू अर्थात् तपाईंको सम्पत्तिलाई नष्ट नगर्नुहोस् जसलाई तपाईंले आफ्नो महान्ताद्वारा छुटकारा दिनुभएको छ र आफ्नो शक्तिशाली हातले मिश्रबाट ल्याउनुभएको छ ।
27 Haue thou mynde of thi seruauntis, of Abraham, Isaac, and Jacob; biholde thou not the hardnesse of this puple, and the wickidnesse, and the synne therof,
तपाईंका दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्झनुहोस् । यो जातिको हठलाई नहेर्नुहोस् न त तिनीहरूका दुष्टता र पापलाई नै हेर्नुहोस् ।
28 lest perauenture the dwelleris of the lond, out of which thou leddist vs, seien, The Lord myyte not bryng hem in to the lond which he bihiyte to hem, and he hatide hem; therfor he ledde hem out that he schulde sle hem in wildirnesse;
नत्रता तपाईंले हामीलाई जुन देशबाट ल्याउनुभयो त्यसले भन्ला, 'परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिनीहरूलाई लैजान नसक्नुभएकोले र उहाँले तिनीहरूलाई घृणा गर्नुभएकोले तिनीहरूलाई उजाड-स्थानमा मार्न उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभएको छ ।'
29 and thei ben thi puple and thin eritage, which thou leddist out in thi greet strengthe, and in thin arm holdun forth.
तथापि तिनीहरू तपाईंका मानिसहरू र तपाईंको सम्पत्ति हुन् जसलाई तपाईंले आफ्नो महाशक्ति र तपाईंको शक्तिको प्रदर्शनीद्वारा बाहिर ल्याउनुभयो ।'