< 2 Peter 1 >
1 Simount Petre, seruaunt and apostle of `Jhesu Crist, to hem that han take with vs the euene feith, in the riytwisnesse of oure God and sauyour Jhesu Crist,
येशू ख्रीष्टका दास र प्रेरित सिमोन पत्रुसबाट, हाम्रा परमेश्वरको धार्मिकता र मुक्तिदाता येशू ख्रीष्टमा हाम्रो जस्तै मूल्यवान् विश्वास प्राप्त गरेकाहरूलाई ।
2 grace and pees be fillid to you, bi the knowing of oure Lord Jhesu Crist.
तिमीहरूलाई अनुग्रह होस्; हाम्रा परमेश्वर र येशू ख्रीष्टको ज्ञानद्वारा तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस् ।
3 Hou alle thingis of his godlich vertu, that ben to lijf and pitee, ben youun to vs, bi the knowyng of hym, that clepide vs for his owne glorie and vertu.
आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्वरको ज्ञानद्वारा हामीलाई ईश्वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।
4 Bi whom he yaf to vs moost preciouse biheestis; that bi these thingis ye schulen be maad felows of Goddis kynde, and fle the corrupcioun of that coueytise, that is in the world.
यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य र महान् प्रतिज्ञाहरू दिनुभएको छ । तिमीहरू संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर ईश्वरीय स्वभावमा सहभागी हुन सक भनेर उहाँले यस्तो गर्नुभयो ।
5 And bringe ye in alle bisynesse, and mynystre ye in youre feith vertu, and `in vertu kunnyng;
यसैकारण, तिमीहरूको विश्वासद्वारा सद्गुण, सद्गुणद्वारा ज्ञान थप्न सक्दो प्रयत्न गर ।
6 in kunnyng abstinence, in abstynence pacience, in pacience pitee;
तिमीहरूको ज्ञानद्वारा आत्मसंयम र आत्मसंयमद्वारा सहनशीलता अनि सहनशीलताद्वारा ईश्वरभक्ति ।
7 in pitee, love of britherhod, and in loue of britherhod charite.
तिमीहरूको ईश्वरभक्तिद्वारा भातृ-स्नेह, र भातृ-स्नेहद्वारा प्रेम ।
8 For if these ben with you, and ouercomen, thei schulen not make you voide, nethir with out fruyt, in the knowyng of oure Lord Jhesu Crist.
यदि यी कुरा तिमीहरूमा छन्, र तिमीहरूमा प्रशस्त हुँदै जान्छन् भने प्रभु येशू ख्रीष्टको ज्ञानमा तिमीहरू बाँझो वा निष्फल हुनेछैनौ ।
9 But to whom these ben not redi, he is blynd, and gropith with his hoond, and foryetith the purgyng of his elde trespassis.
तर जोसँग यी कुराको घटी छ र नजिकको वस्तु मात्र देख्छ भने, ऊ अन्धो हो । उसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्छ ।
10 Wherfor, britheren, be ye more bisi, that by goode werkis ye make youre clepyng and chesyng certeyn; for ye doynge these thingis schulen not do synne ony tyme.
त्यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ निश्चित गर्नको लागि सक्दो प्रयास गर । तिमीहरूले त्यो गर्यौ भने, तिमीहरू लोट्नेछैनौ ।
11 For thus the entryng in to euerlastynge kyngdom of oure Lord and sauyour Jhesu Crist, schal be mynystrid to you plenteuousli. (aiōnios )
त्यसकारण, हाम्रा प्रभु येशू ख्रीष्टको अनन्त राज्यमा प्रवेशको निम्ति तिमीहरूले प्रशस्त अनुमति पाउनेछौ । (aiōnios )
12 For which thing Y schal bigynne to moneste you euere more of these thingis; and Y wole that ye be kunnynge, and confermyd in this present treuthe.
यसैले, तिमीहरूलाई यी कुराहरू थाहा भएर अहिले तिमीहरू यो सत्यतामा बलियो भए तापनि म तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैँ तयार छु ।
13 Forsothe Y deme iustli, as long as Y am in this tabernacle, to reise you in monesting; and Y am certeyn,
जबसम्म म यो शरीररूपी पालमा छु तिमीहरूलाई जागा राख्नु र यी कुराहरूको बारेमा तिमीहरूलाई सम्झाउनु मेरो निम्ति असल हुन्छ भन्ने मलाई लाग्छ ।
14 that the putting awei of my tabernacle is swift, bi this that oure Lord Jhesu Crist hath schewid to me.
किनकि मैले यो पाललाई चाँडै त्याग्दै छु भन्ने मलाई थाहा छ जुन कुरा हाम्रा प्रभु येशू ख्रीष्टले यो मलाई देखाउनुभएको छ ।
15 But Y schal yyue bisynesse, and ofte after my deth ye haue mynde of these thingis.
मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैँ सम्झन सक भनेर म सक्दो प्रयास गर्नेछु ।
16 For we not suynge vnwise talis, han maad knowun to you the vertu and the biforknowyng of oure Lord Jhesu Crist; but we weren maad biholderis of his greetnesse.
किनकि हामीले येशू ख्रीष्टको शक्ति र आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्याएनौँ, तर हामी उहाँको वैभवको प्रत्यक्ष साक्षी थियौँ ।
17 For he took of God the fadir onour and glorie, bi siche maner vois slidun doun to hym fro the greet glorie, This is my loued sone, in whom Y haue plesid to me; here ye hym.
उहाँले परमेश्वर पिताबाट आदर र महिमा प्राप्त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।”
18 And we herden this vois brouyt from heuene, whanne we weren with hym in the hooli hil.
हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौँ ।
19 And we han a saddere word of prophecie, to which ye yyuynge tent don wel, as to a lanterne that yyueth liyt in a derk place, til the dai bigynne to yyue liyt, and the dai sterre sprenge in youre hertis.
हामीसँग भएको अगमवाणीको वचन अझ निश्चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्यालो नहुञ्जेल र तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्जेल अन्धकारमा चम्कने बत्तीजस्तै छ ।
20 And firste vndurstonde ye this thing, that ech prophesie of scripture is not maad bi propre interpretacioun;
तिमीहरूले पहिले यो जान कि लेखिएको भविष्यवाणी अगमवक्ताको आफ्नै तर्कबाट आउँदैन ।
21 for prophesie was not brouyt ony tyme bi mannus wille, but the hooli men of God inspirid with the Hooli Goost spaken.
किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन, तर परमेश्वरको तर्फबाट बोल्ने पवित्र आत्माद्वारा डोर्याइएका मानिसहरूबाट आयो ।