< Titus 3 >
1 Remind them to be in subjection to rulers and to authorities, to be obedient, to be ready for every good work,
शासकहरू र अधिकारीहरूका अधिनमा रहन, तिनीहरूका आज्ञा मान्न र हरेक असल कामका लागि तयार बस्न,
2 to speak evil of no one, not to be contentious, to be gentle, showing all humility toward all men.
कसैको निन्दा गर्न, तर्कवितर्कबाट अलग रहन, अरू मानिसहरूलाई आ-आफ्ना मार्गमा चल्न दिन र सबै मानिसहरूप्रति नम्रता देखाउन याद दिलाऊ ।
3 For we were also once foolish, disobedient, deceived, serving various lusts and pleasures, living in malice and envy, hateful, and hating one another.
किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ ।
4 But when the kindness of God our Savior and his love toward mankind appeared,
तर जब परमेश्वर हाम्रा उद्धारकको दया र मानवजातिप्रति उहाँको प्रेम देखा पर्यो,
5 not by works of righteousness which we did ourselves, but according to his mercy, he saved us through the mikveh of rebirth and renewing by the Holy Spirit,
हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो ।
6 whom he poured out on us richly through Yeshua the Messiah our Savior;
परमेश्वरले हाम्रा उद्धारक येशू ख्रीष्टद्वारा हामीमाथि पवित्र आत्मा प्रशस्त मात्रामा खन्याउनुभयो ।
7 that being justified by his grace, we might be made heirs according to the hope of eternal life. (aiōnios )
ताकि उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर हामी अनन्त जीवनको पक्का उत्तराधिकारीहरू भयौँ । (aiōnios )
8 This saying is faithful, and concerning these things I desire that you insist confidently, so that those who have believed God may be careful to maintain good works. These things are good and profitable to men;
यी वचनहरू विश्वासयोग्य छन् । तिमी यी कुराहरूबारे दृढतासाथ बलेको म चाहन्छु, ताकि परमेश्वरमा भरोसा गर्नेहरूले उहाँले तिनीहरूका सामु राख्नुभएको असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् ।
9 but shun foolish questionings, genealogies, strife, and disputes about the law; for they are unprofitable and vain.
तर व्यवस्थाबारेको मूर्खतापूर्ण वादविवादहरू, वंशावलीहरू, झगडा र द्वन्दबाट अलग रहनू । ती कुराहरू मूल्यहीन र बेफाइदाका छन् ।
10 Avoid a factious man after a first and second warning,
एक या दुई पटकको चेतावनी पश्चात तिमीहरूका बिचमा विभाजन गराउने जो-कोहीलाई इन्कार गर,
11 knowing that such a one is perverted and sinful, being self-condemned.
र जान, कि यस्तो मनिस सही मार्गबाट भड्केको छ, पाप गर्दै छ र आफैँलाई दोष्याउँछ ।
12 When I send Artemas to you, or Tychicus, be diligent to come to me to Nicopolis, for I have determined to winter there.
जब म अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, चाँडो गर, र निकोपोलिसमा आऊ, जहाँ मैले हिउँद बिताउने निर्णय गरेको छु ।
13 Send Zenas the Torah scholar and Apollos on their journey speedily, that nothing may be lacking for them.
चाँडो गर, र कानुनका ज्ञाता जेनास र अपोल्लोसलाई तिनीहरूलाई चाहिने सबै थोक दिएर पठाऊ ।
14 Let our people also learn to maintain good works to meet necessary needs, that they may not be unfruitful.
हाम्रा मानिसहरू अत्यावश्यक खाँचाहरू पुरा गर्ने असल कामहरूमा आफैँ लाग्न सिक्नुपर्छ, ताकि तिनीहरू निष्फल नहोऊन् ।
15 All who are with me greet you. Greet those who love us in faith. Grace be with you all. Amen.
मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन् । विश्वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन भनिदेऊ । तिमीहरू सबैसँग अनुग्रह रहोस् । आमेन् ।