< 1 Timothy 6 >

1 Let all who are under the yoke of slavery hold their own masters to be deserving of honour, so that the name of God and the Christian teaching may not be spoken against.
दासत्वको जुवामूनि भएका सबैले आफ्‍ना मालिकहरूलाई पुरा सम्मानको योग्य सम्‍झून् । तिमीहरूले त्‍यसो गर्नुपर्छ ताकिे परमेश्‍वरको नाउँ र शिक्षा निन्‍दित नहोस् ।
2 And those who have believing masters should not be wanting in respect towards them because they are their brethren, but should serve them all the more willingly because those who profit by the faithful service rendered are believers and are friends.
विश्‍वास गर्ने मालिक भएको नोकरले तिनीहरू दाजुभाइ हुन् भन्‍दैमा अवहेलना गर्नु हुँदैन । बरू तिनीहरूले अझ बढी सेवा गर्नुपर्छ ।
3 So teach and exhort. If any one is a teacher of any other kind of doctrine, and refuses assent to wholesome instructions--those of our Lord Jesus Christ--and the teaching that harmonizes with true godliness,
मानौँ की कसैले फरक तरिकाले शिक्षा दिन्‍छ र वचन हाम्रो विश्‍वासयोग्य शिक्षा, अर्थात हाम्रो प्रभु येशू ख्रीष्‍टको वचनलाई स्‍वीकार गर्दैन । मानौँ कि तिमीलेहरूले भक्तितर्फ डोर्‍याउने शिक्षालाई स्‍वीकार गर्दैनन् ।
4 he is puffed up with pride and has no true knowledge, but is crazy over discussions and controversies about words which give rise to envy, quarrelling, revilings, ill-natured suspicions,
त्‍यो व्‍याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ, जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र,
5 and persistent wranglings on the part of people whose intellects are disordered and they themselves blinded to all knowledge of the truth; who imagine that godliness means gain.
भ्रष्‍ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद उत्‍पन्‍न गराउँछन् । तिनीहरू सत्यताबाट टाढा जान्‍छन् । तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्‍झन्‍छन ।
6 And godliness is gain, when associated with contentment;
अब सन्तुष्‍टि सहितको भक्ति ठूलो लाभ हो ।
7 for we brought nothing into the world, nor can we carry anything out of it;
किनभने हामीले संसारमा केही ल्‍याउनौँ । न त केही लान नै सक्‍ने छौँ ।
8 and if we have food and clothing, with these we will be satisfied.
बरू हामीसँग भएको खानेकुरा र कपडाहरूमा सन्तुष्‍ट होऔँ ।
9 But people who are determined to be rich fall into temptation and a snare, and into many unwise and pernicious ways which sink mankind in destruction and ruin.
अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्‍छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् ।
10 For from love of money all sorts of evils arise; and some have so hankered after money as to be led astray from the faith and be pierced through with countless sorrows.
रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन् ।
11 But you, O man of God, must flee from these things; and strive for uprightness, godliness, good faith, love, fortitude, and a forgiving temper.
तर तिमी, परमेश्‍वरका जन, यी कुराहरूबाट भाग । धार्मिकता, भक्ति, विश्‍वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग ।
12 Exert all your strength in the honourable struggle for the faith; lay hold of the Life of the Ages, to which you were called, when you made your noble profession of faith before many witnesses. (aiōnios g166)
विश्‍वासको उत्तम लडाई लड । अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ । यो धेरै गवाहाहरूको सामु जे असल छ त्‍यसको बारेमा तिमीले गवाहीको बारेमा थियो । (aiōnios g166)
13 I charge you--as in the presence of God who gives life to all creatures, and of Christ Jesus who at the bar of Pontius Pilate made a noble profession of faith--
सबै कुराहरूलाई अस्‍तित्वमा ल्‍याउनु हुने परमेश्‍वर र पन्‍तियस पिलातसको अघि सत्‍य कुरा बोल्‍नुहुने ख्रीष्‍ट येशूको अगाडि म तिमिलाई यो आज्ञा गर्दछु ।
14 that you keep God's commandments stainlessly and without reproach till the Appearing of our Lord Jesus Christ.
यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्‍ट देखा नपरुन्जेल सिद्ध र दोषरहित राख ।
15 For, as its appointed time, this will be brought about by the blessed and only Sovereign, the King of kings and Lord of lords,
अनि धन्य सर्वशक्‍तिमान, राज्‍य गर्ने राजा, शासन गर्ने परमप्रभु परमेश्‍वार उपयुक्त समयमा उहाँको आगमनलाई प्रकट गर्नु हुनेछ ।
16 who alone possesses immortality, dwelling in unapproachable light, and whom no man has seen or can see. To Him be eternal honour and power! Amen. (aiōnios g166)
केवल उहाँ मात्र अमर हुनुहुन्छ र कोही पनि जान नसक्‍ने ज्योतिमा वास गर्नुहुन्छ । नत उहाँलाई कसैले देखेको छ नत देख्‍न सक्दछ । उहाँलाई नै आदर र अनन्त शक्‍ति होस् । आमिन । (aiōnios g166)
17 Impress on those who are rich in the present age that they must not be haughty nor set their hopes on riches--that unstable foundation--but on God who provides us richly with all things for our enjoyment. (aiōn g165)
यस संसारका धनीहरूलाई भन, यस संसारका धनमा गर्व नगर्न भन, र अनिश्‍चित सम्पत्तिमा आशा नगर्न भन । बरु तिनीहरूले परमेश्‍वरमा आशा राखून् । उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू हाम्रा आनन्दका लागि दिनुहुन्छ । (aiōn g165)
18 They must be beneficent, rich in noble deeds, open-handed and liberal;
तिनीहरूलाई असल काम गर्न, तिनीहरू असल काममा धनी हुन, उदार हुन र बाडचुड गर्ने इच्छा गर्न भन ।
19 storing up for themselves that which shall be a solid foundation for the future, that they may lay hold of the Life which is life indeed.
यसरी तिनीहरूले आउने कुराको लागि असल जग भण्‍डार गर्नेछन्, यसैले तिनीहरूले साँचो जीवनलाई पक्रनेछन् ।
20 O Timothy, guard the truths entrusted to you, shunning irreligious and frivolous talk, and controversy with what is falsely called 'knowledge';
तिमोथी, तिमीलाई दिइएको कुरा सुरक्षित राख । मूर्खतापूर्ण वातचित र विरोधाभाषपूर्ण वादविवाद जुन झुटो ज्ञान हो, तीबाट अलग बस ।
21 of which some have spoken boastfully in connexion with the true faith, and have erred. Grace be with you all.
कोही मानिसहरू यी कुराहरूको घोषणा गर्छन् र यसरी तिनीहरू विश्‍वासबाट चुकेका छन् । तिमीसँग अनुग्रह रहिरहोस् ।

< 1 Timothy 6 >