< Ruth 4 >
1 Then Boaz went up to the gate, and sat down there: and behold, the kinsman of whom Boaz spoke came by; to whom he said, Ho, such a one! turn aside, sit down here. And he turned aside, and sat down.
बोअज माथि प्रवेशद्धारमा गए र त्यहाँ बसे । चाँडै नै बोअजले भनेका, नजिकका कुटुम्ब आए । बोअजले तिनलाई भने, “हे मेरा मित्र, यहाँ आउनुहोस् र बस्नुहोस् ।” त्यो मानिस आए र बसे ।
2 And he took ten men of the elders of the city, and said, Sit ye down here. And they sat down.
अनि बोअजले त्यस शहरका दश जना धर्मगुरुहरूलाई लिए र भने, “यहाँ बस्नुहोस् ।” त्यसैले तिनीहरू बसे ।
3 And he said to the kinsman, Naomi, that has come again out of the country of Moab, selleth a parcel of land, which [was] our brother Elimelech's:
बोअजले नजिकका कुटुम्बलाई भने, “मोआब देशबाट फर्केर आएकी नाओमीले हाम्रो दाज्यू एलीमेलेकको जग्गाको टुक्रा बेच्दैछिन् ।
4 And I thought to advertise thee, saying, Buy [it] before the inhabitants, and before the elders of my people. If thou wilt redeem [it], redeem [it]: but if thou wilt not redeem [it], [then] tell me, that I may know: for [there is] none to redeem [it] besides thee; and I [am] after thee. And he said, I will redeem [it].
'यहाँ बसिरहेकाहरूको उपस्थितिमा र मेरा मानिसहरूको धर्मगुरुहरूको उपस्थितिमा यसलाई किन्नुहोस्' भनी तपाईंलाई जानकारी दिने मैले विचार गरेँ । यदि तपाईंले यसलाई छुट्टाउन चाहनुहुन्छ भने, छुट्टाउनु होस्, ताकी मैले जान्न सकुँ, किनभने तपाईं र तपाईंपछि मबाहेक यसलाई छुट्टाउने कोही छैन ।” अर्को मानिसले भने, “म यसलाई छुट्टाउँछु ।”
5 Then said Boaz, What day thou buyest the field of the hand of Naomi, thou must buy [it] also of Ruth the Moabitess, the wife of the dead, to raise up the name of the dead upon his inheritance.
त्यसपछि बोअजले भने, “तपाईंले नाओमीबाट जग्गा किनेको दिनमा नै मृतकको उत्तराधिकारको नाउँलाई उठाउनको निम्ति मृत मानिसको विधवा मोआबी रूथलाई पनि लानुपर्छ ।”
6 And the kinsman said, I cannot redeem [it] for myself, lest I mar my own inheritance: redeem thou my right to thyself; for I cannot redeem [it].
अनि नजिकका कुटम्बले भने, “आफ्नो उत्तराधिकारलाई हानि नगरी मैले यो आफ्नो निम्ति छुट्टाउन सक्दिनँ । तपाईंले नै मेरो छुटकाराको अधिकार लिनुहोस्, किनभने मैले छुट्टाउन सक्दिनँ ।”
7 Now this [was the manner] in former time in Israel concerning redeeming and concerning changing, for confirming all things; a man plucked off his shoe, and gave [it] to his neighbor: and this [was] a testimony in Israel.
छुट्कारा र मालसामानको सट्टापट्टा सम्बन्धि इस्राएलको पहिलेको समयमा यस्तो चलन थियो । यी सबै कुराहरूको पुष्टि गर्न एक जनाले आफ्नो जुत्ता फुकाल्थ्यो र त्यो आफ्नो छिमेकीलाई दिन्थ्यो; यो नै इस्राएलमा वैधानिक सम्झौता गर्ने शैली थियो ।
8 Therefore the kinsman said to Boaz, Buy [it] for thyself. So he drew off his shoe.
त्यसैले नजिकको कुटुम्बले बोअजलाई भने, “यो तपाईं आफैले किन्नुहोस्,” र तिनले आफ्नो जुत्ता फुकाले ।
9 And Boaz said to the elders, and [to] all the people, Ye [are] witnesses this day, that I have bought all that [was] Elimelech's, and all that [was] Chilion's and Mahlon's, of the hand of Naomi.
त्यसपछि बोअजले धर्मगुरुहरू र सबै मानिसहरूलाई भने, “मैले एलीमेलेकको, किल्योन र महलोनको सबै थोक मैले आज किनेँ भन्ने कुराको साक्षी तपाईंहरू हुनुहुन्छ ।”
10 Moreover, Ruth the Moabitess, the wife of Mahlon, have I purchased to be my wife, to raise up the name of the dead upon his inheritance, that the name of the dead be not cut off from among his brethren, and from the gate of his place: ye [are] witnesses this day.
साथै त्यसको उत्तराधिकारमा मृत मानिसको नाउँलाई मैले उठाउन सकूँ भनी महलोनकी पत्नी मोआबी महिला रूथलाई मैले मेरी पत्नीको रूपमा प्राप्त गरेको छु, ताकि त्यसको नाउँ आफ्ना दाज्यूभाइहरु माझबाट र त्यसको ठाउँको प्रवेशद्धारबाट नहराओस् । आज तपाईंहरू साक्षी हुनुहुन्छ ।”
11 And all the people that [were] in the gate, and the elders said, [We are] witnesses. The LORD make the woman that hath come into thy house like Rachel and like Leah, which two did build the house of Israel: and do thou worthily in Ephratah, and be famous in Beth-lehem:
प्रवेशद्धारमा भएका सबै मानिसहरू र धर्मगुरुहरूले भने, “हामी साक्षीहरू छौँ । परमप्रभुले तपाईंको घरमा आउने महिलालाई इस्राएलको घराना निर्माण गर्ने दुई जना राहेल र लेआजस्तै तुल्याउनुभएको होस्; र तपाईं एप्रातामा फलिफाप हुनुहोस् र बेथलेहेममा प्रसिद्ध हुनुहोस् ।
12 And let thy house be like the house of Pharez, whom Tamar bore to Judah, of the seed which the LORD shall give thee of this young woman.
परमप्रभुले तपाईंलाई दिनुहुने यो महिलाद्धारा तपाईंको घर फारेसको घरानाजस्तै होस्, जसलाई यहूदाको निम्ति तामारले जन्माएकी थिइन् ।
13 So Boaz took Ruth, and she was his wife: and when he went in to her, the LORD gave her conception, and she bore a son.
त्यसैले बोअजले रूथलाई लगे र तिनी तिनकी पत्नी भइन् । तिनले तिनीसँग सहवास गरे र परमप्रभुले तिनलाई गर्भवती हुन दिनुभयो र तिनले एउटा छोरा जन्माइन् ।
14 And the women said to Naomi, Blessed [be] the LORD, who hath not left thee this day without a kinsman, that his name may be famous in Israel.
महिलाहरूले नाओमीलाई भने, “परमप्रभुको प्रशंसा होस् जसले तपाईंलाई नजिकको कुटुम्बविहीन अर्थात् यो बालकविहीन छोड्नुभएन । उहाँको त्यसको नाउँ इस्राएलमा प्रसिद्ध होस् ।
15 And he shall be to thee a restorer of [thy] life, and a nourisher of thy old age: for thy daughter-in-law, who loveth thee, who is better to thee than seven sons, hath borne him.
त्यो तपाईंलाई नयाँ जीवन दिने र र तपाईंको पालनपोषण गर्ने हुन सकोस्, किनकि तपाईंकी बुहारी जसलाई तपाईंले प्रेम गर्नुहुन्छ, तिनी सात जना छोराहरूभन्दा पनि असल छिन्, तिनले यिनलाई जन्म दिएकी छिन् ।
16 And Naomi took the child, and laid it in her bosom, and became its nurse.
नाओमीले बालकलाई लिइन्, आफ्नो काखमा राखिन् र तिनको हेरचाह गरिन् ।
17 And the women, her neighbors, gave it a name, saying, There is a son born to Naomi; and they called his name Obed: he [is] the father of Jesse, the father of David.
छिमेकका महिलाहरूले तिनलाई यसो भने, “नाओमीको एउटा छोरा भयो । तिनहरूले त्यसको नाउँ ओबेद राखे । तिनी यिशैको बुबा भए, जो दाऊदको बुबा भए ।
18 Now these [are] the generations of Pharez: Pharez begat Hezron,
फारेसका सन्तानहरू यिनै हुन्ः फारेस हेस्रोनका बुबा बने,
19 And Hezron begat Ram, and Ram begat Amminadab,
हेस्रोन आरामका बुबा बने, आराम अम्मीनादाबको बुबा बने,
20 And Amminadab begat Nahshon, and Nahshon begat Salmon,
अम्मीनादाब नहशोनका बुबा बने, नहशोन सल्मोनको बुबा बने,
21 And Salmon begat Boaz, and Boaz begat Obed,
सल्मोन बोअजका बुबा बने, बोअज ओबेदको बुबा बने,
22 And Obed begat Jesse, and Jesse begat David.
ओबेद यिशैका बुबा बने र यिशै दाऊदको बुबा बने ।