< Psalms 79 >
1 A Psalm of Asaph. O God, the heathen have come into thy inheritance; thy holy temple have they defiled; they have laid Jerusalem on heaps.
हे परमेश्वर, विदेशी जातिहरू तपाईंको उत्तराधिकारमा आएका छन् । तिनीहरूले तपाईंको पवित्र मन्दिरलाई अपवित्र तुल्याएका छन् । तिनीहरूले यरूशलेमलाई भग्नावशेषको थुप्रो बनाएका छन् ।
2 The dead bodies of thy servants have they given [to be] food to the fowls of the heaven, the flesh of thy saints, to the beasts of the earth.
तपाईंका सेवकहरूका लासहरू तिनीहरूले आकाशका चराहरूका खानाको रूपमा, तपाईंका विश्वासयोग्य मानिसहरूका शरीरहरूलाई पृथ्वीका जङ्गली पशुहरूलाई दिएका छन् ।
3 Their blood have they shed like water around Jerusalem; and [there was] none to bury [them].
तिनीहरूले यरूशलेमको चारैतिर उनीहरूका रगत पानीझैं बगाएका छन् र तिनीहरूको दफन गर्ने त्यहाँ कोही भएन ।
4 We have become a reproach to our neighbors, a scorn and derision to them that are around us.
हाम्रा छिमेकीको निम्ति निन्दा र हाम्रा वरिपरि भएकाहरूका निम्ति खिसी र उपहास हामी बनेका छौं ।
5 How long, LORD? wilt thou be angry for ever? shall thy jealousy burn like fire?
हे परमप्रभु कहिलेसम्म? के तपाईं सदासर्वदा रिसाउनुहुनेछ? कहिलेसम्म तपाईंको डाही रिस आगोझैं जलिरहनेछ?
6 Pour out thy wrath upon the heathen that have not known thee, and upon the kingdoms that have not called upon thy name.
तपाईंलाई नचिन्ने जातिहरूमाथि र तपाईंको नाउँ पुकारा नगर्ने राज्यहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस् ।
7 For they have devoured Jacob, and laid waste his dwelling-place.
किनकि तिनीहरूले याकूबलाई निलेका र त्यसका गाउँहरूलाई नाश पारेका छन् ।
8 O remember not against us former iniquities: let thy tender mercies speedily succor us: for we are brought very low.
हाम्रा पुर्खाहरूका पापहरू हाम्रा विरुद्धमा नलिनुहोस् । तपाईंका कृपापूर्ण कामहरू हामीकहाँ आऊन्, किनकि हामी धेरै निम्न छौं ।
9 Help us, O God of our salvation, for the glory of thy name: and deliver us, and purge away our sins, for thy name's sake.
हे हाम्रा उद्धारका परमेश्वर, तपाईंको नाउँको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस् । तपाईंको नाउँको खातिर हामीलाई बचाउनुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस् ।
10 Why should the heathen say, Where [is] their God? let him be known among the heathen in our sight [by] avenging the blood of thy servants [which is] shed.
जातिहरूले किन यसो भन्ने “तिनीहरूका परमेश्वर खोइ कहाँ छ?” तपाईंका सेवकहरूका रगत बगाइएको बदला जातिहरूमाथि हाम्रै सामु लिनुहोस् ।
11 Let the sighing of the prisoner come before thee; according to the greatness of thy power preserve thou those that are appointed to die;
कैदीहरूका सुस्केरा तपाईंको सामु आओस् । तपाईंको शक्तिको महान्ताले मृत्युका सन्तानहरूलाई जीवित राख्नुहोस् ।
12 And render to our neighbors seven-fold into their bosom their reproach, with which they have reproached thee, O LORD.
हे परमप्रभु, छिमेकी देशहरूले तपाईंलाई जति अपमान गरेका छन् त्यसको सात गुणा बढी बदला तिनीहरूसँग लिनुहोस् ।
13 So we thy people and sheep of thy pasture will give thee thanks for ever: we will show forth thy praise to all generations.
यसरी हामी तपाईंका मानिसहरू र तपाईंका खर्कका भेडाहरूले तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछौं । तपाईंको प्रशंसा सबै पुस्तालाई हामी बताउनेछौं ।