< Psalms 114 >
1 When Israel went out of Egypt, the house of Jacob from a people of a foreign language;
जब इस्राएलले मिश्रदेश छोड्यो, याकूबका घराना विदेशी भाषा बोल्ने मानिसहरूबाट आयो,
2 Judah was his sanctuary, and Israel his dominion.
तब यहूदा उहाँको पवित्रस्थान र इस्राएल उहाँको राज्य बन्यो ।
3 The sea saw it, and fled: Jordan was driven back.
समुद्रले हेर्यो र भाग्यो । यर्दन पछि फर्कियो ।
4 The mountains skipped like rams, and the little hills like lambs.
पहाडहरू पाठाहरूझैं उफ्रे, डाँडहरू थुमाहरूझैं उफ्रे ।
5 What ailed thee, O thou sea, that thou fleddest? thou Jordan, that thou wast driven back?
ए समुद्र, तँ किन भागिस्? ए यर्दन, तँ किन पछि फर्किस्?
6 Ye mountains, that ye skipped like rams; and ye little hills, like lambs?
ए पहाड, तँ किन पाठाहरूझैं उफ्रिस्? ए साना डाँडाहरू, तिमीहरू किन थुमाहरूझैं उफ्र्यौ?
7 Tremble, thou earth, at the presence of the Lord, at the presence of the God of Jacob;
ए पृथ्वी, परमप्रभुको याकूबका परमेश्वरको उपस्थितिमा सामु थरथर हो ।
8 Who turned the rock into a standing water, the flint into a fountain of waters.
उहाँले चट्टानलाई पानीको तलाउमा र कडा चट्टानलाई पानीको मूलमा बद्लिनुभयो ।