< Zechariah 6 >

1 Then I turned and lifted my eyes and I saw four chariots coming out from between two mountains; and the two mountains were made of bronze.
अनि मैले फर्केर आफ्नो नजर उठाएँ र दुइओटा पर्वतका बिचबाट चारओटा रथ बाहिर आउँदै गरेको देखें; र ती पर्वतहरू काँसाका थिए ।
2 The first chariot had red horses, the second chariot had black horses,
पहिलो रथमा रातो रङ्गका घोडाहरू, दोस्रोमा कालो रङ्गका घोडाहरू,
3 the third chariot had white horses, and the fourth chariot had spotted gray horses.
तेस्रो रथमा सेतो रङ्गका घोडाहरू, र चौथो रथमा पाटे खरानी रङ्गका घोडाहरू थिए ।
4 So I answered and said to the angel who talked with me, “What are these, my master?”
यसैकारण मसँग बोलिरहेका स्वर्गदूतलाई मैले जवाफ दिएँ, “यी के हुन्, मेरा मालिक?”
5 The angel answered and said to me, “These are the four winds of heaven that go out from the place where they were standing before the Lord of all the earth.
ती स्वर्गदूतले मलाई जवाफमा भने, “यी आकाशका चारओटा बतास हुन् र ती सारा पृथ्वीका परमप्रभुको अगि खडाभएर त्यहाँबाट बाहिर निस्कनेछन् ।
6 The one with the black horses is going out to the north country; the white horses are going out to the west country; and the spotted gray horses are going out to the south country.”
कालो रङ्गका घोडाहरू भएको रथचाहिँ उत्तरको देशमा जानेछ, सेतो रङ्गका घोडाहरू भएको रथचाहिँ पश्‍चिमको देशमा, र पाटे खरानी रङ्गका घोडाहरू भएको रथ चाहिँ दक्षिणको देशमा जानेछ ।”
7 These strong horses went out and sought to go and roam over the earth, so the angel said, “Go and roam over the earth!” and they left for all the earth.
यी बलिया घोडाहरू बाहिर निस्के र पृथ्वीमाथि परिवहन गर्न थाले, यसैले स्वर्गदूतले भने, “जाओ र पृथ्वीमाथि घुम!” र तिनीहरू सबै पृथ्वीतिर गए ।
8 Then he called out to me and spoke to me and said, “Look at the ones that are going out to the north country; they will appease my spirit concerning the north country.”
त्यसपछि तिनले मलाई बोलाएर भने, “उत्तरको देशमा गइरहेकालाई हेर, तिनीहरूले त्यहाँ मेरो आत्मालाई प्रसन्‍न बनाएका छन् ।”
9 So the word of Yahweh came to me, saying,
यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो,
10 “Take an offering from the exiles—from Heldai, Tobijah, and Jedaiah—and go this same day and take it into the house of Josiah son of Zephaniah, who has come from Babylon.
“निर्वासनमा गएकाहरू हेल्दै, तोबियाह र यदायाहबाट एउटा भेटी लिएर सोही दिन बेबिलोनबाट आएका सपन्याहको छोरो योशियाहको घरमा लैजा ।
11 Then take the silver and gold, make a crown and set it upon the head of Joshua son of Jehozadak, the high priest.
अनि चाँदी र सुन लिएर एउटा मुकुट बना, र प्रधान पुजारी यहोसादाकको छोरो यहोशूको शिरमा लगाइदे ।
12 Speak to him and say, 'Yahweh of hosts says this: This man, his name is Branch! He will grow up where he is and will then build the temple of Yahweh!
त्यसलाई यस्तो भन्‍नू, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: यो मानिसको नाउँ हाँगा हो! यो त्यसको आफ्नै ठाउँमा बढ्नेछ र त्यसले परमप्रभुको मन्दिर बनाउनेछ!
13 It is he who builds the temple of Yahweh, and he will be clothed with royal splendor, and will sit and rule on his throne. He will be a priest on his throne, and he will bear a counsel of peace between the two.
त्यो त्यही हो जसले परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो राजकीय वैभवले पहिराइनेछ, त्यो आफ्नो सिंहासनमा विराजमान भएर शासन गर्नेछ । त्यो आफ्नो सिंहासनमा एउटा पुजारी हुनेछ, र दुईको बिचमा मिलाप गराउनेछ ।
14 The crown will given to Heldai, Tobijah, Jedaiah, and for Hen son of Zephaniah as a memorial in the temple of Yahweh.
मुटुकचाहिँ हेल्दै, तोबियाह, यदायाह, र सपन्याहको छोरो हेनलाई परमप्रभुको मन्दिरमा सम्झनाको निम्ति दिइनेछ ।
15 Then those who are far off will come and build the temple of Yahweh, so you will know that Yahweh of hosts has sent me to you; for this will happen if you truly listen to the voice of Yahweh your God!'”
टाढा-टाढा भएकाहरू आएर परमप्रभुको मन्दिर बनाउनेछन्, अनि सेनाहरूहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनेछ । किनकि तिमीहरूले साँचो रूपमा परमप्रभु आफ्ना परमेश्‍वरको आवाज सुन्यौ भने, यो हुनेछ ।’”

< Zechariah 6 >