< Psalms 76 >
1 For the chief musician, on stringed instruments. A psalm of Asaph, a song. God has made himself known in Judah; his name is great in Israel.
परमेश्वरले आफैलाई यहूदामा प्रकट गर्नुभएको छ । इस्राएलमा उहाँको नाउँ महान् छ ।
2 His tent is in Salem; his dwelling place is in Zion.
उहाँको पाल शालेममा छ । उहाँको बासस्थान सियोनमा छ ।
3 There he broke the arrows of the bow, the shield, the sword, and the other weapons of war. (Selah)
त्यहाँ उहाँले धनुको काँड, तरवार, ढाल र युद्धका अन्य हतियारहरू नष्ट गर्नुभयो । सेला
4 You shine brightly and reveal your glory, as you descend from the mountains, where you killed your victims.
पर्वतहरूमाथि तपाईंले आफ्ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्किनुहुन्छ र आफ्नो माहिमा प्रकट गर्नुहुन्छ ।
5 The bravehearted were plundered; they fell asleep. All the warriors were helpless.
साहसी हृदय भएकाहरू लुटिएका थिए । तिनीहरू मस्त निद्रमा परे । सबै योद्धाहरू असहाय थिए ।
6 At your rebuke, God of Jacob, both rider and horse fell asleep.
हे याकूबको परमेश्वर, तपाईंले हप्काउनुहुँदा घोडाचढी र घोडा दुवै मस्त निद्रामा परे ।
7 You, yes you, are to be feared; who can stand in your sight when you are angry?
तपाईंको, हो तपाईंकै भय मानिन्छ । तपाईं रिसाउनुहुँदा तपाईंको सामु को खडा हुन सक्छ र?
8 From heaven you made your judgment heard; the earth was afraid and silent
स्वर्गबाट तपाईंले आफ्नो न्याय सुनाउनुभयो । पृथ्वी भयभीत र चूपचाप थियो ।
9 when you, God, arose to execute judgment and to save all the oppressed of the earth. (Selah)
हे परमेश्वर, जति बेला तपाईं न्याय गर्न र पृथ्वीका सबै थिचोमिचोमा परेकाहरूलाई बचाउन उठ्नुभयो । सेला
10 Surely your angry judgment against humanity will bring you praise; you gird yourself with what is left of your anger.
निश्चय नै, मानवजातिको विरुद्धमा तपाईंको क्रोधपूर्ण न्यायले तपाईंलाई प्रशंसा ल्याउनेछ । तपाईंको क्रोधबाट बाँकी रहेकाहरूले तपाईंले आफूलाई घेर्नुहोस् ।
11 Make vows to Yahweh your God and keep them. May all who surround him bring gifts to him who is to be feared.
परमप्रभु आफ्ना परमेश्वरसँग भाकल गर र ती पुरा गर । उहाँको वरिपरि भएका सबै जनाले उहाँलाई उपहारहरू ल्याऊन् जसको भय मान्नुपर्छ ।
12 He cuts off the spirit of the princes; he is feared by the kings of the earth.
उहाँले शासकहरूका आत्मा नाश पार्नुहुन्छ । पृथ्वीका राजाहरूले उहाँको भय मान्छन् ।