< Proverbs 16 >

1 The plans of the heart belong to a person, but from Yahweh comes the answer from his tongue.
हृदयका योजनाहरू मानिसका हुन्, तर जिब्रोको जवाफ परमप्रभुबाट नै आउँछ ।
2 All of a person's ways are pure in his own eyes, but Yahweh weighs the spirits.
मानिसका सबै मार्ग उसको आफ्नै दृष्‍टिमा शुद्ध छन्, तर परमप्रभुले अभिप्रायहरू जोख्‍नुहुन्छ ।
3 Commit your works to Yahweh and your plans will succeed.
आफ्ना कामहरू परमप्रभुमा सुम्प, र तिम्रा योजनाहरू सफल हुने छन् ।
4 Yahweh has made everything for its purpose, even the wicked for the day of trouble.
परमप्रभुले हरेक थोक यसको आफ्नो उद्धेश्यको लागि बनाउनुभएको छ । उहाँले दुष्‍टहरूलाई समेत विनाशको दिनको लागि राख्‍नुभएको छ ।
5 Yahweh hates everyone who has an arrogant heart, but be sure of this, they will not go unpunished.
अहङ्कारी हृदय भएको हरेकलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर यो निश्‍चित छ, कि तिनीहरू दण्डविना उम्कने छैनन् ।
6 By covenant faithfulness and trustworthiness iniquity is atoned for and by the fear of Yahweh people turn away from evil.
करारको विश्‍वसनियता र भरोसाद्वारा अधर्मको प्रायश्‍चित्त हुन्छ, र परमप्रभुको भयद्वारा मानिसहरू खराबीबाट तर्कने छन् ।
7 When a person's ways are pleasing to Yahweh, he makes even that person's enemies to be at peace with him.
जब मानिसका मार्गहरूले परमप्रभुलाई खुसी पार्छन्, तब उहाँले त्यसका शत्रुहरूलाई पनि त्यससित मिलापमा राख्‍नुहुने छ ।
8 Better is a little with what is right, than a large income with injustice.
अन्यायसित कमाएको धेरै धन-सम्पत्तिभन्दा बरु ठिकसित कमाएको थोरै नै उत्तम हुन्छ ।
9 In his heart a person plans out his way, but Yahweh directs his steps.
मानिसले आफ्नो हृदयमा योजना बुन्छ, तर परमप्रभुले नै त्यसका कदमहरू निर्धारण गर्नुहुन्छ ।
10 Insightful decisions are on the lips of a king, his mouth should not betray justice.
राजाको ओठमा अन्तर्ज्ञानयुक्त निर्णयहरू हुन्छन् । तिनको मुखले न्यायलाई धोका दिनुहुँदैन ।
11 Honest scales come from Yahweh; all the weights in the bag are his work.
इमानदार तराजु परमप्रभुबाट आउँछ । थैलीमा भएका सबै ढक उहाँका काम हुन् ।
12 When kings do wicked things, that is something to be despised, for a throne is established by doing what is right.
राजाले दुष्‍ट कामहरू गर्दा त्यसलाई तुच्छ ठानिनुपर्छ, किनकि ठिक गरेर नै सिंहासन स्थापित हुन्छ ।
13 A king delights in lips that say what is right and he loves the one who speaks directly.
ठिक बोल्ने ओठमा राजा आनन्दित हुन्छ, र सत्य बोल्ने व्यक्तिलाई तिनी प्रेम गर्छन् ।
14 A king's wrath is a messenger of death but a wise man will try to calm his anger.
राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले तिनको रिसलाई शान्त पार्ने कोसिस गर्छ ।
15 In the light of a king's face is life and his favor is like a cloud that brings a spring rain.
राजाको मुहारको ज्योतिमा जीवन हुन्छ, र तिनको निगाह वसन्त ऋतुमा झरी ल्याउने बादलजस्तै हो ।
16 How much better it is to get wisdom than gold. To get understanding should be chosen more than silver.
सुनभन्दा बुद्धि प्राप्‍त गर्नु र चाँदीभन्दा समझशक्ति प्राप्‍त गर्नु उत्तम हुन्छ ।
17 The highway of upright people turns away from evil; the one who protects his life guards his way.
धर्मी मानिसहरूको लोकमार्ग खराबीबाट अलग रहन्छ । आफ्नो जीवनको रक्षा गर्नेले आफ्नो मार्गको रखवाली गर्छ ।
18 Pride comes before destruction and a haughty spirit before a downfall.
विनाशअगि घमण्ड आउँछ, र पतनअगि हठी आत्मा आउँछ ।
19 It is better to be humble among poor people than to divide the spoil with proud people.
घमण्डी मानिसहरूलाई लुटको माल बाँड्नुभन्दा बरु गरिब मानिसहरूका बिचमा विनम्र हुनु उत्तम हुन्छ ।
20 Whoever contemplates what they are taught will find what is good, and those who trust in Yahweh will be blessed.
सिकाइएको शिक्षामा मनन गर्नेले असल कुरो पाउने छ, र परमप्रभुमाथि भरोसा गर्नेहरू आशिषित् हुने छन् ।
21 The one who is wise in heart is called discerning and sweetness of speech improves the ability to teach.
हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्छ, र मिठा बोलीवचनले सिकाउने क्षमताको विकास गर्छ ।
22 Understanding is a fountain of life to the one who has it, but the instruction of fools is their foolishness.
समझशक्ति भएको व्यक्तिको लागि त्यो जीवनको फुहारा हो, तर मूर्खहरूको अर्ती नै तिनीहरूको मूर्खता हो ।
23 The heart of a wise person gives insight to his mouth and adds persuasiveness to his lips.
बुद्धिमान् व्यक्तिको हृदयले उसको मुखलाई अन्तर्दृष्‍टि प्रदान गर्छ, र उसको ओठमा विश्‍वसनीयता थप्छ ।
24 Pleasant words are a honeycomb— sweet to the soul and healing to the bones.
मिठा वचनहरू महका चाकाजस्ता हुन्, जुन प्राणको लागि मिठो हुन्छ, र हड्‍डीहरूका लागि चङ्गाइ हुन्छ ।
25 There is a way that seems right to a man, but its end is the way to death.
कुनै बाटो मानिसलाई सिधाजस्तो लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ ।
26 The laborer's appetite works for him; his hunger urges him on.
परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लगाउँछ । त्यसको भोकले त्यसलाई अभिप्रेरित गर्छ ।
27 A worthless person digs up mischief and his speech is like a scorching fire.
बेकम्मा मानिसले खराबीको खाल्डो खन्छ, र त्यसको बोलीवचन पोल्ने आगोझैँ हुन्छ ।
28 A perverse person stirs up conflict and a gossip separates close friends.
टेडो मानिसले द्वन्द्व निम्त्याउँछ, र कुरा काट्नाले घनिष्‍ठ मित्रहरूमा पनि फाटो आउँछ ।
29 A man of violence lies to his neighbor and leads him down a path that is not good.
हिंसा गर्ने मानिसले आफ्नो छिमेकीलाई झुट बोल्छ, र त्यसलाई बेठिक मार्गमा लैजान्छ ।
30 The one who winks the eye is plotting perverse things; those who purse the lips will bring evil to pass.
द्वेषपूर्ण आँखा झिम्क्याउनेले टेडो षड्यन्त्र रचिरहेको हुन्छ । आफ्नो ओठ लेब्‍र्‍याउनेले खराबी ल्याउँछ ।
31 Gray hair is a crown of glory; it is gained by living the right way.
फुलेको कपाल शोभाको मुकुट हो । ठिक तरिकाले जिएर यसलाई प्राप्‍त गर्न सकिन्छ ।
32 It is better to be slow to anger than to be a warrior and one who rules his spirit is stronger than one who conquers a city.
योद्धा हुनुभन्दा बरु रिसाउनमा धिमा हुनु उत्तम हुन्छ, र आफ्नो आत्मालाई नियन्त्रण गर्नेचाहिँ सहरमाथि विजयी हासिल गर्नेभन्दा बलियो हुन्छ ।
33 The lots are cast into the lap, but the decision is from Yahweh.
सप्कोमा चिट्ठा त हालिन्छ, तर निर्णयचाहिँ परमप्रभुबाट नै आउँछ ।

< Proverbs 16 >