< 1 Kings 17 >
1 Elijah the Tishbite, from Tishbe in Gilead, said to Ahab, “As Yahweh, the God of Israel lives, before whom I stand, there will not be dew or rain these years unless I say so.”
गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “इस्राएलका परमेश्वर परमप्रभु जसको सामु म खडा छु, उहाँको नाउँमा म भन्दछु कि मैले नभनेसम्म पानी पर्ने छैन वा शीत पर्ने छैन ।”
2 The word of Yahweh came to Elijah, saying,
परमप्रभुको वचन एलियाकहाँ आयो,
3 “Leave from here and go eastward; hide yourself by the brook Kerith, east of the Jordan.
“यस ठाउँलाई छाडेर पूर्वतिर जा । यर्दनको पूर्वमा पर्ने करीत खोलामा लुकेर बस् ।
4 It will happen that you will drink from the brook, and I have commanded the ravens to feed you there.”
तैँले त्यही खोलाबाट पानी पिउने छस्, र मैले तँलाई खुवाउन कागहरूलाइ आज्ञा गरेको छु ।”
5 So Elijah went and did as the word of Yahweh commanded. He went to live by the brook Kerith, east of the Jordan.
एलिया गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले गरे । तिनी यर्दनको पूर्वमा पर्ने केरीत खोलानेर बस्न गए ।
6 The ravens brought him bread and meat in the morning and bread and meat in the evening, and he drank from the brook.
कागहरूले तिनलाई बिहान र बेलुका रोटी र मासु ल्याए, अनि तिनले खोलाबाट पानी पिए ।
7 But after a while the brook dried up because there was no rain in the land.
तर देशमा पानी नपरेकोले केही समय बितेपछि खोला सुक्यो ।
8 The word of Yahweh came to him, saying,
परमप्रभुको वचन तिनीकहाँ आयो,
9 “Arise, go to Zarephath, which belongs to Sidon, and live there. Look, I have commanded a widow there to provide for you.”
“उठेर सीदोनको सारपातमा जा, र त्यही बस् । हेर्, तेरो खानाको बन्दोवस्त मिलाउन मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु ।”
10 So he arose and went to Zarephath, and when he came to the gate of the city a widow was there gathering sticks. So he called to her and said, “Please bring me a little water in a jar so that I may drink.”
त्यसैले तिनी उठेर सारपातमा गए । तिनी सहरको मुल ढोकामा आइपुग्दा एउटी विधवाले दाउरा बटुल्दै थिइन् । तिनले उनलाई डाकेर भने, “मलाई पिउनलाई यो भाँडोमा थोरै पानी ल्याइदिनुहुन्छ कि?”
11 As she was going to get water he called to her, and said, “Please bring me a piece of bread in your hand.”
उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस् ।”
12 She replied, “As Yahweh your God lives, I do not have any bread, but only a handful of meal in a jar and a little oil in a jug. See, I am gathering two sticks so I may go in and cook it for me and my son, that we may eat it, and die.”
उनले भनिन्, “परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि मसित कुनै रोटी छैन, तर भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलकति तेल छ । हेर्नुहोस्, म र मेरो छोरोको लागि खाना बनाई खाएर हामी नमरूँ भनी मैले दुईचार टुक्रा दाउरा बटुल्दै छु ।”
13 Elijah said to her, “Do not fear. Go and do as you have said, but make me a little bread first and bring it out to me. Then afterward make some for you and for your son.
एलियाले उनलाई भने, “नडराऊ । गएर मैले भनेझैँ गर, तर पहिले मेरो निम्ति सानो रोटी बनाएर ल्याऊ । त्यसपछि तिमी र तिम्रो छोरोको निम्ती केही रोटी बनाऊ ।
14 For Yahweh, the God of Israel, says, 'The jar of meal will not empty, neither will the jug of oil stop flowing, until the day that Yahweh sends rain on the earth.”
किनकि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'परमप्रभुले पृथ्वीमा वृष्टि नपठाउञ्जेलसम्म पिठोको भाँडो रित्तो हुने छैन, न त ढुङ्ग्रोबाट तेल आउन रोकिने छ ।”
15 So she did as Elijah had told her. She and Elijah, along with her household, ate for many days.
त्यसैले उनले एलियाले भनेझैँ गरिन् । उनी र एलियालगायत उनको घरानाले धेरै दिनसम्म खाए ।
16 The jar of meal did not empty, neither did the jug of oil stop flowing, just as the word of Yahweh had said, as he had spoken by Elijah.
परमप्रभुले एलियाद्वारा बोल्नुभएको वचनले भनेझैँ पिठोको भाँडो रित्तो भएन, न त ढुङ्ग्रोबाट तेल आउन रोकियो ।
17 After these things the woman's son, the woman who owned the house, fell sick. His sickness was so severe that there was no more breath left in him.
यी कुरापछि ती स्त्री अर्थात् त्यस घरको मालिक्नीको छोरो बिरामी पर्यो । त्यसको रोग यति गम्भीर थियो कि त्यसले सास फेर्नै छोड्यो ।
18 So his mother said to Elijah, “What do you have against me, man of God? Have you come to me to remind me of my sin and to kill my son?”
त्यसैले त्यसकी आमाले एलियालाई भनिन्, “हे परमेश्वरका जन, मेरो विरुद्धमा तपाईंसित के छ? के तपाईं मेरो पापलाई स्मरण गराई मेरो छोरोलाई मार्न आउनुभएको हो?”
19 Then Elijah replied to her, “Give me your son.” He took the boy from her arms and carried him up into the room where he was staying, and he laid the boy on his own bed.
तब एलियाले उनलाई जवाफ दिए, “तपाईंको छोरो मलाई दिनुहोस् ।” तिनले उनका पाखुराबाट शरीरलाई लिई आफू बसेको कोठामा लगे, र आफ्नै ओछ्यानमा सुताए ।
20 He cried to Yahweh and said, “Yahweh my God, have you also brought disaster on the widow with whom I am staying, by killing her son?”
तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, के तपाईंले म जुन विधवासित बसिरहेको छु, उनको छोरोलाई मारेर उनीमाथि विपत्ति ल्याउनुभएको हो?”
21 Then Elijah stretched himself on the child three times; he cried out to Yahweh and said, “Yahweh my God, I beg you, please let this child's life return to him.”
त्यसपछि एलिया त्यस बालकमाथि तिन पटक लम्पसार परेर सुते । तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, यो बालकको जीवन फर्कोस् भनी म तपाईंलाई बिन्ती गर्दछु ।”
22 Yahweh listened to the voice of Elijah; the life of the child returned to him, and he revived.
परमप्रभुले एलियाको कुरा सुन्नुभयो । बालकको जीवन फर्केर आयो र त्यो जीवित भयो ।
23 Elijah took the child and brought him out of his room down into the house; he handed the boy to his mother and said, “See, your son is alive.”
एलियाले बालकलाई लिई कोठाबाट बाहिर ल्याए । बालकलाई त्यसकी आमाको जिम्मा लगाएर तिनले भने, “हेर, तिम्रो छोरो बाँचेको छ ।”
24 The woman said to Elijah, “Now I know that you are a man of God, and that the word of Yahweh in your mouth is true.”
ती स्त्रीले एलियालाई भनिन्, “अब मलाई थाहा भयो, कि तपाईं परमेश्वरका जन हुनुहुँदोरहेछ र तपाईंको बोलीमा भएको परमप्रभुको वचन तपाईंको मुखमा साँचो रहेछ ।”