< Lamentations 4 >
1 [Previously our people were like] [MET] pure gold, but now they are worthless. [Like] [MET] the sacred stones in the temple have been scattered, [our young men have been scattered].
सुनको चमक हराएको छ । कसरी निखुर सुन बद्लेको छ! पवित्र पत्थरहरू हरेक सडकको कुनामा छरपष्ट छन् ।
2 The young men of Jerusalem were as valuable as [MET] large amounts of gold, but now people consider that they are as worthless as [ordinary] clay pots.
सियोनका मूल्यवान् छोराहरू निखुर सुनका तौलजत्तिकै योग्य थिए, तर अहिले तिनीहरू कुमालेको हातका काम अर्थात् माटोको भाँडाजत्तिकै पनि गनिएका छैनन्।
3 Even the [female] jackals/wolves feed their pups, but my people act cruelly [toward their children]; they are like [SIM] ostriches in the desert [that abandon their eggs].
स्यालका माउहरूले पनि आफ्ना बच्चाहरूलाई थुन चुस्न दिन्छन्, तर मेरो जातिकी छोरी मरुभूमिका अस्ट्रिचहरूझैँ क्रुर भएकी छे ।
4 [My people’s] infants’ tongues cling to the roofs/tops of their mouths because they are [extremely] thirsty; the children plead for some food, but no one gives them [any].
दूध चुस्ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्छ । बालबालिकाहरूले खानेकुरा माग्छन्, तर तिनीहरूका लागि केही छैन ।
5 People who [previously] ate fine food are [now] starving in the streets; those who previously lived luxuriously [MTY] [now] paw/dig through rubbish heaps [to find some food].
मिठा-मिठा खानेकुरा खाएर भोज गर्नेहरू सडकहरूमा भोकले मर्छन् । वैजनी वस्त्र लगाएर हुर्काइएकाहरू अहिले खरानीको थुप्रोमा बस्छन् ।
6 [The people of] Sodom were struck with a disaster very suddenly, and there was no one to rescue them; but my people have been punished more severely than [the people of] Sodom were punished.
मेरो जातिकी छोरीको दण्ड सदोमको भन्दा ठुलो छ, जसलाई एकै क्षणमा फ्याँकिएको थियो, र कसैको हातले त्यसलाई सहायता गरेको थिएन ।
7 Our leaders’ [behavior] was [previously] very pure, whiter [and brighter] than snow and milk; their bodies were redder than [red] coral/stones; they were very strong and healthy [MET].
त्यसका अगुवाहरू हिउँभन्दा शुद्ध, दूधभन्दा सेता थिए । तिनीहरूका शरीर मानिकभन्दा राता थिए; तिनीहरूका रूप नीरजस्तै थिए ।
8 But now their faces are blacker than soot, and no one recognizes them in the streets. Their skin has shriveled on their bones, and it has become as dry as [SIM] a wooden [stick].
अहिले तिनीहरू मुहार मोसोभन्दा कालो छ । तिनीहरू सडकहरूमा चिनिँदैनन् । तिनीहरूको छाला हड्डीहरूमा टाँसिएको छ । यो काठ जत्तिकै सुक्खा भएको छ ।
9 It is better to die in a battle [MTY] than to die of hunger. There was no food to harvest in the fields, so the people slowly starved until they died.
तरवारले मारिएकाहरू भोकले मरेकाहरूभन्दा खुसी थिए । जमिनको फसलको कमीको कारणले तिनीहरू भोकाएर सुक्दै जान्छन्।
10 Women who [usually/previously] were very kind have [killed and] cooked their own children; they ate them [when there was no other food], when Jerusalem was surrounded [by enemy soldiers].
दयालु स्त्रीहरूका हातले तिनीहरूका आफ्नै बालबच्चा पकाएका छन् । मेरो जातिकी छोरीलाई नष्ट पारिँदा ती बालबच्चा तिनीहरूको खानेकुरा बने ।
11 Yahweh has shown that he was extremely angry; [it is as though] he started/ignited a fire in Jerusalem that burned everything to ashes.
परमप्रभुले आफ्ना सबै क्रोध देखाउनुभयो । उहाँले आफ्नो भयङ्कर रिस खन्याउनुभयो । उहाँले सियोनमा आगो सल्काउनुभयो जसले त्यसका जगहरूलाई भस्म पार्यो ।
12 None of the kings on the earth or anyone else believed that any of our enemies could enter the gates of Jerusalem.
शत्रुहरू वा विरोधीहरू यरूशलेमका मूल ढोकाहरूभित्र प्रवेश गर्न सक्नेथिए भनी पृथ्वीका राजाहरूले विश्वास गरेनन्, न त संसारको कुनै बासिन्दाले विश्वास गर्यो ।
13 [But that is what happened]; it happened because the prophets sinned; and the priests [also] sinned by causing innocent people to be executed [MTY].
त्यसका अगमवक्ताहरू र त्यसका पुजारीहरूका अधर्मको कारणले यसो भएको थियो, जसले त्यसकै बिचमा धर्मीहरूको रगत बगाएका थिए ।
14 The prophets and priests wandered through the streets [as though they were] blind. No one would touch them because their clothes were stained with the blood [of people who had been killed].
अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन् । त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए, कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन ।
15 The people [who were alive] shouted, “Stay away [from us] [DOU]! You are defiled/untouchable! Do not touch us!” So the prophets and priests fled [from Israel], and they wandered around from one country to another, because people [in each country] kept saying to them, “You cannot stay here!”
तिनीहरूलाई देखेर मानिसहरू चिच्च्याउँछन्, “भाग, हे अशुद्धहरू हो! भाग! भाग! नछोओ!” त्यसैले तिनीहरू यताउता भौँतारिए । मानिसहरूले जाति-जातिहरूका बिचमा भने, “अबदेखि उसो तिनीहरू यहाँ बस्न सक्दैनन् ।”
16 It is Yahweh himself who has scattered them; he no longer is concerned about them. People do not respect [our] priests or leaders.
परमप्रभु आफैले तिनीहरूलाई तितरबितर पारिदिनुभयो । उहाँले फेरि तिनीहरूको वास्ता गर्नुहुन्न । तिनीहरूले पुजारीहरूको आदर गर्दैनन्, र तिनीहरूले धर्म-गुरुहरूलाई निगाह गरेनन् ।
17 We [SYN] continued to look for someone to help [us], but it was useless. We continued to watch to see if one of our allies would save us, but none of the nations that we were waiting for could help [us].
सहायताको लागि प्रतीक्षा गर्दा-गर्दा हाम्रा आँखा व्यर्थमा टट्टाइसके । हाम्रा धरहराहरूबाट हामीले एउटा जातिको बाटो हेर्यौँ, जसले हामीलाई बचाउन सकेन ।
18 [Our] enemies were hunting for us, so we could not [even] walk in our streets [lest they seize us]. We were about to be captured; it was time for us to be killed.
तिनीहरूले हाम्रा पाइलाहरू पछ्याए । हामी हाम्रा सडकहरूमा हिँड्न सकेनौँ । हाम्रो अन्त्य नजिकै थियो, र हाम्रा दिन गन्ती गरिए । हाम्रो अन्त्य आइसकेको थियो ।
19 Those who pursued us were faster than eagles [flying] in the sky. Even if we fled to the mountains or hid in the desert, they [went there ahead of us and] waited [to attack] us.
हामीले खेद्नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए । तिनीहरूले हामीलाई पहाडहरूसम्मे खेदे, र उजाड-स्थानमा हामीलाई ढुकिबसे ।
20 [Our king, ] whom Yahweh appointed, was the one who enabled us to remain alive [MTY]; he was the one whom we trusted to protect us [IDM] from [the armies of] other nations. But he was [captured] [like animals are] [MET] caught in a pit.
परमप्रभुका अभिषिक्त जन अर्थात् हाम्रो प्राणधार तिनीहरूको पासोमा परे, जसको बारेमा यसो भनिएको थियो, “उहाँकै छायामुनि हामी जाति-जातिहरूका बिचमा बस्ने छौँ ।”
21 You people of [IDM] Edom and Uz, [you may] be happy [about what is happening to us now], but [Yahweh] will be punishing [MTY] you [also]. You will become drunk and will be ashamed [because your enemies] will have stripped off your clothes.
हे ऊज देशमा बस्ने एदोमकी छोरी, रमा, र खुसी हो । तर तँलाई त्यो कचौरा पनि दिइने छ । तँ मात्नेछेस्, र नाङ्गो पारिने छेस् ।
22 You [people of] [APO] Jerusalem, the time of your being punished will end; Yahweh will not allow you to continue to live in (exile/foreign countries). But [you people of] [APO] Edom, Yahweh will punish [you]; he will reveal the wicked things that you have done.
हे सियोनकी छोरी, तेरो दण्ड समाप्त हुने छ । उहाँले तेरो निर्वासनको समय लम्ब्याउनुहुने छैन । तर हे एदोमकी छोरी, उहाँले तँलाई दण्ड दिनुहुने छ । उहाँले तेरा पाप प्रकट गरिदिनुहुने छ ।