< Isaiah 57 >
1 Righteous people [sometimes] die [when they are still young], and no one is concerned about it. Godly people [sometimes] die because of disasters, and no one understands why. They are taken away in order that they will not endure more calamities,
धर्मी नष्ट हुन्छ तर यो कुरा कसैले विचार गर्दैन, र करारको विश्वस्ततका मानसहरूलाई टाढा भेला पारिन्छ, दुष्टबाट धर्मीलाई टाढा लगिन्छन्, तर कसैले बुझ्दैन ।
2 and now they have peace. They [continually] lived righteously, and [now] they rest [peacefully] in their graves.
ऊ शन्तिमा प्रवेश गर्छ । जो आफ्नो सोझोपनमा हिंड्छन् तिनीहरू आफ्ना ओछ्यानहरूमा आराम गर्छन् ।
3 [Yahweh says, ] “But you who practice sorcery, come here! You who worship idols [MET], [listen to me]!
तर तिमीहरू झँक्रेनीना छोराहरू, व्यभिचारी र आफूलाई वेश्या बनाउने स्त्रीको सन्तानहरू, यहाँ आओ ।
4 Do you realize [RHQ] whom you are ridiculing, and whom you are insulting? Do you realize [RHQ] to whom you are sticking out your tongues? [You are insulting me, Yahweh]! You are [RHQ] always rebelling against me and always lying.
तिमीहरू खुसी हुँदै कसलाई गिल्ला गर्दैछौ? कसको विरुद्धमा तिमीहरूले मुख खोल्दैछौ र जिब्रो निकाल्दैछौ? के तिमीहरू विद्रोह र छलका छोराछोरी होइनौ र?
5 You are eager to have sex under every [big] green tree where you worship your gods. You kill your children as sacrifices [to your idols] in the dry riverbeds, and [also] offer them [as sacrifices to your idols] in the rocky caves.
तिमीहरूले फलाँटका रूखहरूमुनि र हरेक हरियो रूखमुनि सँगै सुतेर आफैलाई यौनको उत्तेजनामा पार्छौ, तिमीहरू जसले आफ्ना छोराछोरीलाई सुख्खा नदीहरूमा, चट्टानका धाँदामुनि बलि गर्छौ ।
6 [You take big] smooth stones from the riverbeds and worship them as your gods. You pour out [wine] to be an offering to them, and you bring grain [to burn for] an offering to them. Do you think that I should not punish you for doing all those things?
नदीको बेसीका चिल्ला थोकहरूमा तिमीहरूलाई दिइएका थोकहरू पनि पर्छन् । ती तिमीहरूले पुजा गर्ने वस्तुहरू हुन् । तिमीहरूले आफ्ना अर्घबलिहरू तिनीहरूमाथि खन्याउँछौ र अन्नबलिहरू चढाउँछौ । के यी कुराहरूमा म खुसी हुनू?
7 You have sex [EUP] [with cult prostitutes] on every hill and mountain, and you go there to offer sacrifices [to your gods].
तिमीहरूले आफ्ना ओछ्यान उच्च पहाडमाथि बनाउँछौ । तिमीहरू बलिदानहरू चढाउन पनि त्यसमाथि गयौ ।
8 You have put (fetishes/pagan symbols) behind your doors and doorposts, and you have deserted me. You have taken off your clothes [EUP] and climbed into your bed and invited more [of your lovers] to come to bed with you. You have paid them to have sex with you, and you have fondled their sexual organs.
ढोका र चौकोसहरूका पछाडि तिमीहरूले चिन्हहरू खडा गर्यौ । तिमीहरूले मलाई त्याग्यौ, र आफैलाई नाङ्गो बनायौ र माथि गयौ । तिमीहरूले आफ्ना ओछ्यान फराकिलो बनायौ । तिमीहरूले तिनीहरूसित करार बाँध्यौ । तिमीहरूले तिनीहरूका ओछ्यानहरूलाई प्रेम गर्यौ । तिमीहरूले तिनीहरूका गुप्ताङ्गहरू देख्यौ ।
9 You have given [fragrant] oil and lots of perfume to your god Molech, and you sent messengers to distant countries [to find other gods to worship]; you [even tried to] send [messengers] to the place of the dead [to search for new gods]. (Sheol )
तिमीहरू मोलेककहाँ तेल लिएर गयौ । तिमीहरूले सुगन्धित तेल बढायौ । तिमीहरूले आफ्ना राजदूतहरूलाई टाढा पठायौ । तिमीहरू तल चिहान गयौ । (Sheol )
10 You became weary because of doing all those things, but you never said, ‘It is useless [for us to do that].’ You found new strength for worshiping idols, so you continued to do that [LIT].
तिमीहरू आफ्नो लामो यात्रबाट थकित भयौ, तर तिमीहरूले कहिल्यै भनेनौ, “यो आशाहीन छ ।” तिमीहरूले आफ्नो हातमा नै जीवन पायौ । यसकारण तिमीहरू कमजोर भएनौ ।
11 Was it because you were afraid [of those idols more than you were afraid of me] that you lied [about what you were doing], and you do not even think about [DOU, RHQ] me? Was it because I did not punish you for a long time that you are not afraid of me [RHQ]?
“तिमीहरू कसको विषयमा चिन्तित हुन्छौ? तिमीहरूले कसको भय यति धेरै मान्छौ, जसले तिमीहरूलाई यति धेरै धोकापुर्ण रूपमा काम गर्ने बनाएको छ, यति धेरै कि तिमीहरूले मेरो याद गर्दैनौ न त मेरो बारेमा विचार नै गर्छौ? म यति लामो समयसम्म मौन भएको हुनाले, मसँग तिमीहरू फेरि डराउँदैनौ ।
12 You [think that] [IRO] the things that you have done are right, but I will tell the truth. It will not help you to do any of those things.
तिमीहरूका सबै धर्मिक कामहरू घोषणा म गर्ने र तिमीहरूले गरेका सबै कुरा भन्नेछु, तर तिनीहरूले तिमीहरूलाई सहायता गर्नेछैनन् ।
13 When you cry out [for help] to your collection of idols, they will not rescue you. The wind will blow them away [DOU]. But those who trust in me will live in the land [of Israel], and [they will worship me on Zion], my sacred hill.”
तिमीहरूले पुकारा गर्दा तिमीहरूले जम्मा गरेका मूर्तीहरूले नै तिमीहरूलाई बचाऊन् । बरु, हावाले तिनीहरू सबैलाई उडाएर लानेछ, सासले नै तिनीहरू सबैलाई उडाएर लानेछ । तापनि ममा शरण लिनेले देश अधिकार गर्नेछ र मेरो पवित्र पर्वतको अधिकारी हुनेछ ।
14 Yahweh will say, “Prepare [yourselves to receive] me, [like] [MET] people build and prepare a road [for a king to come on]. Get rid of [the things that are causing you to sin] [like] [MET] people remove from a road (obstacles/things that cause people to stumble).
उहाँले भन्नुहुनेछ, 'बनओ, बनाओ! बाटो सफा बनाओ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्ने कुराहरू हटाओ'!”
15 Because this is what [I], Yahweh, who am holy and greatly honored and who live forever, say: I live in the highest heaven, where [everything] is holy, but I also am with those who are humble and who are sorry for the sinful things that they have done. I will greatly encourage [DOU] those who have repented.
उच्च र माथि उचालिले यसो भन्नुहुन्छ, जो अनन्तसम्म जिउनुहुने, जसको नाउँ पवित्र हो, “म उचालिएको र पवित्र स्थानमा बस्छु, साथै जसको तोडिएको र नम्र आत्मा हुन्छ, नम्रहरूका आत्मा जगाउन र पश्चात्तापीहरूका हृदयलाई जगाउन, तिनीहरूमा म पनि बस्छु ।
16 I will not accuse [people] forever; I will not always be angry [with them], because [if I did that], people would become weak/discouraged; all the people whom I created and caused to live would die.
किनकि म सधैं दोष लगाउँदिनँ, न त म सधैं रिसाउँछु, किनकि त्यसो गरें भने, मानिसको आत्मा मेरो सामु मूर्छित हुन्छ, जुन जीवनहरू मैले नै बनाएको हो ।
17 I was angry [with my people] because they sinned by wanting the things that others had. So because I was angry, I punished them and turned away from them, but they continued sinning.
हिंसाले लिएको फाइदाको कारणले, म रिसाएँ, र मैले त्यसलाई दण्ड दिएँ । मैले आफ्नो मुख लुकाएँ र रिसाएँ, तर ऊ आफ्नो हृदयको मार्गमा पछाडितिर गयो ।
18 I have seen the evil things that they continually do, but I will restore them and lead them. I will encourage/comfort them. And to those who are mourning,
मैले उसका बाटोहरू देखेको छु, तर म उसलाई निको पार्नेछु । म उसलाई डोर्याउनेछु, र उसको निम्ति शोक गर्नेहरूलाई सान्त्वना र सहानुभूति दिनेछु,
19 I will enable them to sing songs to praise me. I will restore [all my people], those who live near [Jerusalem] and those who live far away, and I will cause things to go well for them.
र म ओठको फल सृजना गर्छु । परमप्रभु भन्नुहुन्छ, शान्ति, शान्ति, जो टाढा छन् र जो नजिक छन्— म तिनीहरूलाई निको पार्नेछु ।
20 Wicked [people do not have peace in their inner beings]; they are like [SIM] a sea [whose waves are] always churning up mud,
तर दुष्टहरू उर्लिएको समुद्रजस्तै हुन् जसले विश्राम गर्न सक्दैन र यसको पानीले हिलो र दलदल घोलिदिन्छ ।
21 and [I], Yahweh, say that things will never (go well/be peaceful) for those who are evil.”
दुष्टहरूको निम्ति कुनै शान्ति छैन— परमेश्वर भन्नुहुन्छ ।”