< Ephesians 6 >
1 Children, obey your parents in the Lord, for this is right.
छोराछोरीहरू हो, प्रभुमा तिमीहरूका आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ ।
2 “Honor yoʋr father and mother” (which is the first commandment with a promise),
“आफ्ना आमाबुबालाई आदर गर” (जुन प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), ।
3 “that it may be well with yoʋ and yoʋ may live long on the earth.”
“ताकि यसो गर्नाले तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाच्न सक ।”
4 Fathers, do not provoke your children to anger, but bring them up in the training and admonition of the Lord.
र बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ । बरु, अनुशासनमा र प्रभुको शिक्षा अनुसार अगि बढाओ ।
5 Slaves, obey your earthly masters with fear and trembling, and with sincerity of heart, just as you would obey Christ.
दासहरू हो, संसारका मालिकहरूसँग गहिरो आदर र डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन । ख्रीष्टसँग आज्ञाकारी भए झैँ तिनीहरूसँग आज्ञाकारी बन ।
6 Do not try to please them only when they are watching you, but act like slaves of Christ, doing the will of God from your heart.
आफ्ना मालिकले देख्ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन । बरु, ख्रीष्टका दासहरू झैँ आज्ञाकारी बन । तिमीहरूका हृदयबाट परमेश्वरको इच्छालाई पूरा गर ।
7 Serve with a good attitude, as serving the Lord and not men,
मानिसहरूलाई सेवा पुर्याए झैँ होइन तर आफ्ना सारा हृदयले परमप्रभुको सेवा गरे झैँ सेवा गर ।
8 knowing that whatever good anyone does he will receive back from the Lord, whether he is a slave or free.
तिमीहरूले यो जान, कि मानिसले गर्ने सबै असल कामको निम्ति उसले परमप्रभुबाट इनाम पाउनेछ, चाहे त्यो मानिस दास होस् वा मुक्त होस् ।
9 Masters, do the same for your slaves and stop threatening them, because you know that your own Master is in heaven, and there is no partiality with him.
र मालिकहरू हो, आफ्ना दासहरूका निम्ति त्यस्तै व्यवहार गर । तिनीहरूलाई धम्की नदेओ । यो जान कि तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ । उहाँमा कुनै भेदभाव छैन भन्ने कुरा जान ।
10 Finally, my brothers, be strong in the Lord and in the power of his might.
अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्यको शक्तिमा बलियो होओ ।
11 Put on the full armor of God so that you may be able to stand against the schemes of the devil.
परमेश्वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक ।
12 For we wrestle not against flesh and blood, but against the rulers, against the authorities, against the cosmic powers of the darkness of this age, and against the spiritual forces of evil in the heavenly places. (aiōn )
किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्टात्माहरूको विरूद्धमा हो । (aiōn )
13 Therefore take up the full armor of God so that you may be able to resist the enemy on the day of evil, and after you have done everything, to stand firm.
यसकारण परमेश्वरको सबै हातहतियार धारण गर, ताकि यस दुष्ट समयमा दुष्टको सामना गर्न तिमीहरू स्थिर भइ खडा हुन सक । यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुनेछौ ।
14 Stand firm therefore by fastening the belt of truth around your waist, putting on the breastplate of righteousness,
यसकारण स्थिर भइ खडा होओ । सत्यताको कम्मरपेटी कसेर धार्मिकताको छातिपाता लगाए पछि यस्तो गर ।
15 and shodding your feet with the readiness of the gospel of peace.
आफ्ना खुट्टाहरूमा शान्तिको सुसमाचार प्रचारको लागि तत्परता धारण गरेपछि यस्तो गर ।
16 Above all, take up the shield of faith, with which you will be able to extinguish all the flaming arrows of the evil one.
सबै परिस्थितिहरूमा विश्वासको ढाल बोक, जसद्वारा तिमीहरूले दुष्टका सबै अग्निवाणहरू निभाउन सक्नेछौ ।
17 Take the helmet of salvation and the sword of the Spirit, which is the word of God.
र मुक्तिको टोप लगाऊ र आत्माको तरवार बोक, जुन परमेश्वरको वचन हो ।
18 Pray in the Spirit at all times, with every prayer and supplication, and to this end, stay alert and be persistent in praying for all the saints.
सबै प्रार्थना र बिन्तीद्वारा, हरसमय पवित्र आत्मामा प्रार्थना गर । विश्वासीहरू सबैका लागि प्रार्थना र निरन्तर प्रयत्नसाथ यही मन सँगै सतर्क भइराख ।
19 Pray also for me, so that when I open my mouth to speak, a message may be given to me to make known with boldness the mystery of the gospel,
र मेरो निम्ति प्रार्थना गर, ताकि मैले आफ्नो मुख खोल्दा, मलाई सन्देश दिइयोस् । सुसमाचारको गुप्त सत्यतालाई मैले दृढतापूर्वक अरूलाई बताउन सकूँ भनेर प्रार्थना गरिदेऊ ।
20 for which I am an ambassador in chains. Pray that I may declare it boldly, as I should.
सुसमाचारको निम्ति साङ्ग्लाले बाँधिएको म एक राजदूत हुँ, र मैले बोल्नुपर्ने समयमा म आँटिलो भएर यस विषयमा बोल्न सकूँ ।
21 Tychicus, the beloved brother and faithful servant in the Lord, will give you a full report about how I am doing so that you may be informed.
तर तिमीहरूलाई पनि मेरो अवस्थाको बारेमा र मलाई कस्तो छ भनी थाहा होस् भन्नको निम्ति, प्रभुमा प्रिय भाइ र विश्वासीलो चेला तुखिकसले तिमीहरूलाई सबैकुरा बुझाउनेछन् ।
22 I have sent him to you for this very purpose, that you may know how we are doing and that he may encourage your hearts.
मैले उनलाई तिमीहरूकहाँ यही उद्धेश्यसाथ पठाएको छु, ताकि तिमीहरूले हाम्रो बारेमा जान्न सक र उनले तिमीहरूका हृदयलाई सान्त्वना दिन सकून् ।
23 Peace be with the brothers, and love with faith, from God the Father and the Lord Jesus Christ.
परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट भाइहरूलाई विश्वास सहितको प्रेम र शान्ति होस् ।
24 Grace be with all who love our Lord Jesus Christ with an undying love. Amen.
कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस् ।