< Acts 14 >
1 At Iconium Paul and Barnabas went together into the synagogue of the Jews and spoke in such a way that a great multitude of both Jews and Greeks believed.
आइकोनियममा आइसकेपछि पावल र बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा गए र यसरी बोले जसको कारण यहूदीहरू र ग्रिकहरू दुवैका ठुलो भिडले विश्वास गरे ।
2 But the Jews who refused to believe stirred up and corrupted the minds of the Gentiles to be against the brothers.
तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनहरूलाई खल्बल्याइदिए र दाजुभाइहरूको विरुद्धमा तितो बनाइदिए ।
3 So Paul and Barnabas spent a long time there, speaking boldly for the Lord, who was testifying to the message of his grace by granting signs and wonders to be done by their hands.
त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो परमेश्वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो ।
4 But the population of the city was divided; some were with the Jews, and some were with the apostles.
तर सहरका अधिकांश मानिसहरू विभाजित भए । कोही मानिसहरू यहूदीहरूका पक्षमा र कोही प्रेरितहरूका पक्षमा लागे ।
5 And when an attempt was made by both the Gentiles and the Jews, together with their rulers, to mistreat them and stone them,
जब यहूदीहरू र गौरयहूदीहरू दुवैले तिनीहरूका अगुवाहरूलाई पावल र बारनाबासलाई दुर्व्यवहार गर्न र ढुङ्गाले हान्न मनाउन प्रयास गरे,
6 Paul and Barnabas became aware of it and fled for refuge to the Lycaonian cities of Lystra and Derbe and to the surrounding region.
यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए
7 There they continued to preach the gospel.
र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे ।
8 Now there was a man sitting in Lystra who could not use his feet. He had been lame from his mother's womb and had never walked.
लुस्त्रामा एकजना मानिस बसिरहेको थियो जसको खुट्टा शक्तिहीन् र आमाको गर्भमै लङ्गडो थियो र ऊ कहिलै हिँडेको थिएन ।
9 This man listened to Paul as he was speaking. Paul looked at him intently, and when he saw that he had faith to be healed,
पावलले बोलिरहेको त्यो मानिसले सुन्यो । पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुनसक्ने विश्वास भएको देखे ।
10 he said with a loud voice, “Stand up on yoʋr feet!” So the man leaped up and began to walk.
यसकारण उनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो ।
11 When the crowds saw what Paul had done, they lifted up their voices, saying in Lycaonian, “The gods have come down to us in the likeness of men.”
जब भिडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन् ।”
12 Barnabas they called Zeus, and Paul they called Hermes, since he was the one who took the lead in speaking.
तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए ।
13 Then the priest of the shrine of Zeus that was located in front of their city brought bulls and garlands to the city gates, intending to offer sacrifices together with the crowds.
जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भिडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे ।
14 But when the apostles Barnabas and Paul heard about it, they tore their clothes and rushed into the crowd, crying out,
तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए ।
15 “Men, why are you doing these things? We also are men with the same nature as you. We are bringing you good news, telling you to turn from these worthless things to the living God, who made the heavens, the earth, the sea, and all that is in them.
र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ । हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो ।
16 In past generations he allowed all the nations to go their own way,
विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो ।
17 although he did not leave himself without a witness in that he did good by giving you rain from heaven and fruitful seasons, filling our hearts with food and gladness.”
तथापि उहाँले आफैँलाई गवाहीबिना छोड्नु भएन त्यसका निम्ति उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा, र फलदायी ऋतुहरू अनि भोजन र आनन्दले तपाईंहरूका हृदयलाई भर्नुभएको छ ।’’
18 Yet even by saying these things, they barely restrained the crowds from offering sacrifices to them.
यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके ।
19 Then some Jews came from Antioch and Iconium and persuaded the crowds. They stoned Paul and dragged him out of the city, supposing that he was dead.
तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।
20 But when the disciples gathered around him, he rose and entered the city. The next day he went on with Barnabas to Derbe.
तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा, उनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग उनी डर्बीतिर गए ।
21 After preaching the gospel in that city and making many disciples, Paul and Barnabas returned to Lystra, Iconium, and Antioch,
सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए ।
22 strengthening the souls of the disciples, exhorting them to continue in the faith, and telling them that through many tribulations we must enter the kingdom of God.
तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्वरको राज्यमा पस्नुपर्छ भनी बताए ।
23 And when they had appointed elders for them in every church, with prayer and fasting they entrusted them to the Lord in whom they had come to believe.
जब तिनीहरूले विश्वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए ।
24 After passing through Pisidia, they came to Pamphylia,
त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए ।
25 and when they had spoken the word in Perga, they went down to Attalia.
पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे ।
26 From there they sailed to Antioch, where they had been committed to the grace of God for the work they had now completed.
त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए ।
27 After they arrived and gathered the church together, they reported all that God had done through them, and how he had opened a door of faith to the Gentiles.
तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए ।
28 And they stayed there with the disciples for some time.
तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।