< Psalms 31 >
1 to/for to conduct melody to/for David in/on/with you LORD to seek refuge not be ashamed to/for forever: enduring in/on/with righteousness your to escape me
हे परमप्रभु, तपाईंमा म शरण लिन्छु । मलाई कदापि अपमानित हुन नदिनुहोस् । तपाईंको धार्मिकतामा मलाई बचाउनुहोस् ।
2 to stretch to(wards) me ear your haste to rescue me to be to/for me to/for rock security to/for house: home fortress to/for to save me
मेरो पुकार सुन्नुहोस् । मलाई तुरुन्तै बचाउनुहोस् । मेरो शरणको चट्टान अर्थात् मलाई बचाउने किल्ला हुनुहोस् ।
3 for crag my and fortress my you(m. s.) and because name your to lead me and to guide me
किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ । यसकारण तपाईंको नाउँको खातिर मलाई डोर्याउनुहोस् र बाटो देखाउनुहोस् ।
4 to come out: send me from net this to hide to/for me for you(m. s.) security my
तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ ।
5 in/on/with hand your to reckon: overseer spirit my to ransom [obj] me LORD God truth: faithful
मेरो आत्मा म तपाईंको हातमा सुम्पिन्छु । हे परमप्रभु, विश्वासनीयताको परमेश्वर, तपाईंले मलाई उद्धार गर्नुहुनेछ ।
6 to hate [the] to keep: look at vanity vanity: vain and I to(wards) LORD to trust
व्यर्थका मूर्तीहरूको सेवा गर्नेहरूलाई म घृणा गर्छु, तर म परमप्रभुमा भरोसा गर्छु ।
7 to rejoice and to rejoice in/on/with kindness your which to see: see [obj] affliction my to know in/on/with distress soul my
तपाईंको करारको विश्वस्ततामा म खुसी र आनन्दित हुनेछु, किनकि तपाईंले मेरो कष्ट देख्नुभयो । मेरो प्राणको कष्ट तपाईंले थाहा पाउनुभयो ।
8 and not to shut me in/on/with hand: power enemy to stand: stand in/on/with broad foot my
तपाईंले मलाई मेरो शत्रुको हातमा दिनुभएको छैन । तपाईंले मेरा खुट्टाहरूलाई चौडा खुल्ला ठाउँमा राख्नुभएको छ ।
9 be gracious me LORD for to constrain to/for me to waste in/on/with vexation eye my soul my and belly: body my
हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ ।
10 for to end: expend in/on/with sorrow life my and year my in/on/with sighing to stumble in/on/with iniquity: crime my strength my and bone my to waste
किनकि मेरो जीवन कष्टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्छ र मेरा हाडहरू खिइन्छन् ।
11 from all to vex me to be reproach and to/for neighboring my much and dread to/for to know my to see: see me in/on/with outside to wander from me
मेरा सबै शत्रुका कारणले मानिसहरूले मलाई घृणा गर्छन् । मेरो स्थिति हेरेर मेरा छिमेकीहरू डराउँन् र मलाई चिन्नेहरू भयभीत हुन्छन् । मलाई बाटोमा देख्नेहरू मदेखि भाग्छन् ।
12 to forget like/as to die from heart to be like/as article/utensil to perish
मरेको मानिसलाई झैं मलाई भुलिएको जसलाई कसैले विचार गर्दैन । म फुटेको भाँडोजस्तै छु ।
13 for to hear: hear slander many terror from around: side in/on/with to found they unitedness upon me to/for to take: take soul: life my to plan
किनकि मैले धेरै जनाको कानेखुसी, तिनीहरूले एकसाथ मेरो विरुद्ध षड्यान्त्र गर्दा चारैतिरबाट डरलाग्दो खबर मैले सुनेको छु । मेरो ज्यान लिन तिनीहरूले षड्यान्त्र गर्छन् ।
14 and I upon you to trust LORD to say God my you(m. s.)
तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु । म भन्छु, “तपाईं मेरो परमेश्वर हुनुहुन्छ ।”
15 in/on/with hand your time my to rescue me from hand enemy my and from to pursue me
मेरा समयहरू तपाईंका हातमा छन् । मेरा शत्रुहरू र मलाई खेद्नेहरूका हातबाट मलाई बचाउनुहोस् ।
16 to light [emph?] face your upon servant/slave your to save me in/on/with kindness your
आफ्नो दासमाथि तपाईंको मुहार चम्काउनुहोस् । तपाईंको करारको विश्वस्ततामा मलाई बचाउनुहोस् ।
17 LORD not be ashamed for to call: call to you be ashamed wicked to silence: silent to/for hell: Sheol (Sheol )
हे परमप्रभु, मलाई अपमानिसत हुन नदिनुहोस् । किनकि म तपाईंमा पुकारा गर्छु । दुष्टहरू अपमानित होऊन्! तिनीहरू चिहानमा शान्त होऊन्! (Sheol )
18 be dumb lips deception [the] to speak: speak upon righteous arrogant in/on/with pride and contempt
धर्मीहरूका विरुद्धमा अहङ्कार र घृणासहित उपेक्षित रूपले बोल्ने ओठहरू चूप होऊन् ।
19 what? many goodness your which to treasure to/for afraid your to work to/for to seek refuge in/on/with you before son: child man
तपाईंको आदर गर्नेहरूका निम्ति तपाईंले सन्चित गर्नुभएको तपाईंको भलाइ कति महान् छ । त्यो तपाईंमा शरण लिनेहरूका निम्ति मानवजातिका सारा सन्तानका सामु तपाईंले प्रदर्शन गर्नुहुन्छ ।
20 to hide them in/on/with secrecy face your from conspiracy man to treasure them in/on/with booth from strife tongue
तपाईंको उपस्थितिको छत्रछायामा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ । जिब्राहरूका हिंसाबाट तपाईंले तिनीहरूलाई छत्रछायामा लुकाउनुहुन्छ ।
21 to bless LORD for to wonder kindness his to/for me in/on/with city siege
परमप्रभु धन्यको होऊन्, किनकि म घेराबन्दीको सहरमा हुँदा उहाँले मलाई आफ्नो अचम्मको करारको विश्वस्तता दर्शाउनुभयो ।
22 and I to say in/on/with to hurry I to cut off from before eye: seeing your surely to hear: hear voice supplication my in/on/with to cry I to(wards) you
मैले हतारमा यसो भनें, “तपाईंको दृष्टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्नुभयो ।
23 to love: lover [obj] LORD all pious his faithful to watch LORD and to complete upon remainder to make: do pride
ए सबै विश्वासयोग्य अनुयायीहरू हो, परमप्रभुलाई प्रेम गर । परमप्रभुले विश्वासयोग्यलाई सुरक्षा दिनुहुन्छ । तर उहाँले अहङ्कारीलाई पूरा बदला लिनुहुन्छ ।
24 to strengthen: strengthen and to strengthen heart your all [the] to wait: hope to/for LORD
ए सबै सहायताको निम्ति परमप्रभुमा भरोसा गर्नेहरू हो, बलियो र दृढ होओ ।