< Nehemiah 9 >
1 and in/on/with day twenty and four to/for month [the] this to gather son: descendant/people Israel in/on/with fast and in/on/with sackcloth and land: soil upon them
अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले ।
2 and to separate seed: children Israel from all son: type of foreign and to stand: stand and to give thanks upon sin their and iniquity: crime father their
इस्राएलका सन्तानहरूले सबै परदेशीबाट आफूलाई अलग गरे । तिनीहरू खडा भएर आफ्ना पापसाथै तिनीहरूका पुर्खाहरूका दुष्ट कामहरू स्वीकार गरे ।
3 and to arise: establish upon post their and to call: read out in/on/with scroll: book instruction LORD God their fourth [the] day and fourth to give thanks and to bow to/for LORD God their
तिनीहरू आ-आफ्ना ठाउँमा खडा भए, र पहिलो एक पहरचाहिँ तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढे । अर्को पहरमा तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरको सामु पाप स्वीकार गर्दै र दण्डवत् गर्दै थिए ।
4 and to arise: establish upon ascent [the] Levi Jeshua and Bani Kadmiel Shebaniah Bunni Sherebiah Bani Chenani and to cry out in/on/with voice great: large to(wards) LORD God their
लेवीहरू, येशूअ, बानी, कादमीएल, शबन्याह, बुन्नी, शरेबियाह, बानी र कनानी खुट्किलाहरूका उभिए, अनि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई उच्च सोरमा पुकारे ।
5 and to say [the] Levi Jeshua and Kadmiel Bani Hashabneiah Sherebiah Hodiah Shebaniah Pethahiah to arise: establish to bless [obj] LORD God your from [the] forever: enduring till [the] forever: enduring and to bless name glory your and to exalt upon all blessing and praise
तब लेवीहरू, येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “खडा भएर परमप्रभु तिमीहरूका परमेश्वरलाई सदासर्वदा प्रशंसा चढाओ ।” तिनीहरूले तपाईंको महिमित नाउँलाई धन्यको भनून्, र यो नाउँ हरेक आशिष् र प्रशंसाभन्दा माथि उचालिएको होस् ।
6 you(m. s.) he/she/it LORD to/for alone you (you(m. s.) *Q(K)*) to make [obj] [the] heaven heaven [the] heaven and all army their [the] land: country/planet and all which upon her [the] sea and all which in/on/with them and you(m. s.) to live [obj] all their and army [the] heaven to/for you to bow
तपाईं मात्र परमप्रभु हुनुहुन्छ । तपाईंले स्वर्ग, सर्वोच्च आकाश, त्यहाँका सबै आकाशीय पिण्ड अनि पृथ्वी र यसमा भएका थोक थोक, समुद्रहरू र तिनमा भएका सबै थोक बनाउनुभयो । तपाईंले नै ती सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका समुदायले तपाईंको आराधना गर्छन् ।
7 you(m. s.) he/she/it LORD [the] God which to choose in/on/with Abram and to come out: send him from Ur Chaldea and to set: name name his Abraham
तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ जसले अब्रामलाई चुन्नुभयो, र तिनलाई कल्दीहरूको ऊरबाट ल्याउनुभयो, र तिनलाई अब्राहाम नाउँ दिनुभयो ।
8 and to find [obj] heart his be faithful to/for face: before your and to cut: make(covenant) with him [the] covenant to/for to give: give [obj] land: country/planet [the] Canaanite [the] Hittite [the] Amorite and [the] Perizzite and [the] Jebusite and [the] Girgashite to/for to give: give to/for seed: children his and to arise: establish [obj] word: promised your for righteous you(m. s.)
तपाईंले तिनको हृदय तपाईंको सामु विश्वासयोग्य भएको भेट्टाउनुभयो, र तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबूसी र गिर्गाशीहरूको देश दिने प्रतिज्ञा गर्नुभयो । तपाईंले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको छ किनकि तपाईं धर्मी हुनुहुन्छ ।
9 and to see: see [obj] affliction father our in/on/with Egypt and [obj] outcry their to hear: hear upon sea Red (Sea)
तपाईंले मिश्रमा हाम्रा पिता-पुर्खाहरूको दुःख देख्नुभयो, र लाल समुद्रनेर तिनीहरूको क्रन्दन सुन्नुभयो ।
10 and to give: make sign: miraculous and wonder in/on/with Pharaoh and in/on/with all servant/slave his and in/on/with all people land: country/planet his for to know for to boil upon them and to make to/for you name like/as [the] day [the] this
तपाईंले फारो, तिनका सबै अधिकारी र तिनको देशका सबै जनताको सामु चिन्हहरू र आश्चर्यहरू गर्नुभयो किनकि मिश्रीहरूले इस्राएलीहरूको विरुद्धमा अहङ्कारी भएर व्यवहार गरेका थिए भनी तपाईं जान्नुहुन्थ्यो । तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्नुभयो जुन आजको दिनसम्म खडा छ ।
11 and [the] sea to break up/open to/for face: before their and to pass in/on/with midst [the] sea in/on/with dry land and [obj] to pursue them to throw in/on/with depth like stone in/on/with water strong
त्यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बिचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्नेहरूलाई तपाईंले उर्लंदो पानी ढुङ्गा फालेझैँ फालिदिनुभयो ।
12 and in/on/with pillar cloud to lead them by day and in/on/with pillar fire night to/for to light to/for them [obj] [the] way: road which to go: went in/on/with her
तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो ।
13 and upon mountain: mount Sinai to go down and to speak: speak with them from heaven and to give: give to/for them justice: judgement upright and instruction truth: certain statute: decree and commandment pleasant
तपाईं स्वर्गबाट सीनै पर्वतमा ओर्लनुभयो, र तिनीहरूसित बोल्नुभयो अनि तिनीहरूलाई धार्मिक नियमहरू, साँचो व्यवस्था र असल विधिविधानसाथै आज्ञाहरू दिनुभयो ।
14 and [obj] Sabbath holiness your to know to/for them and commandment and statute: decree and instruction to command to/for them in/on/with hand: by Moses servant/slave your
तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शबाथ चिनाउनुभयो, अनि तपाईंका दास मोशाद्वारा तिनीहरूलाई आज्ञाहरू, विधिविधानहरू र व्यवस्था दिनुभयो ।
15 and food: bread from heaven to give: give to/for them to/for famine their and water from crag to come out: issue to/for them to/for thirst their and to say to/for them to/for to come (in): come to/for to possess: take [obj] [the] land: country/planet which to lift: vow [obj] hand: vow your to/for to give: give to/for them
तपाईंले तिनीहरूलाई तिनीहरूको भोक तृप्त पार्न स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेट्न चट्टानबाट पानी दिनुभयो । तिनीहरूलाई दिन्छु भनी तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा गएर अधिकार गर्न तिनीहरूलाई आज्ञा दिनुभयो ।
16 and they(masc.) and father our to boil and to harden [obj] neck their and not to hear: obey to(wards) commandment your
तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् ।
17 and to refuse to/for to hear: obey and not to remember to wonder your which to make: do with them and to harden [obj] neck their and to give: put head: leader to/for to return: return to/for slavery their in/on/with rebellion their and you(m. s.) god forgiveness gracious and compassionate slow face: anger and many (kindness *Q(K)*) and not to leave: forsake them
तिनीहरूले सुन्न इन्कार गरे, र तपाईंले तिनीहरूका बिचमा गर्नुभएका आश्चर्यहरूलाई तिनीहरूले विचारै गरेनन् । तर तिनीहरू हठी भए, र तिनीहरूको विद्रोहमा तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे । तर तपाईं क्षमाले भरिपूर्ण, अनुग्रही, दयालु, रिसाउनमा ढिला, अचुक प्रेममा प्रचुर परमेश्वर हुनुहुन्छ । तपाईंले तिनीहरूलाई त्याग्नुभएन ।
18 also for to make to/for them calf liquid and to say this God your which to ascend: establish you from Egypt and to make: do contempt great: large
तिनीहरूले ढलौटे बाछा बनाएर 'तिमीहरूलाई मिश्रबाट ल्याउने ईश्वर यही हो' भनी तिनीहरूले ठुलो ईश्वर-निन्दा गर्दा पनि
19 and you(m. s.) in/on/with compassion your [the] many not to leave: forsake them in/on/with wilderness [obj] pillar [the] cloud not to turn aside: depart from upon them in/on/with day their to/for to lead them in/on/with [the] way: road and [obj] pillar [the] fire in/on/with night to/for to light to/for them and [obj] [the] way: road which to go: went in/on/with her
तपाईंले आफ्नो दयामा तिनीहरूलाई उजाड-स्थानमा त्याग्नुभएन । तिनीहरूलाई बाटोमा अगुवाइ गर्ने बादलको खाँबोले दिनमा तिनीहरूलाई छोडेन, न त तिनीहरूको यात्राको लागि प्रकाश दिने आगोको खाँबोले रातमा तिनीहरूलाई छोडे ।
20 and spirit your [the] pleasant to give: give to/for be prudent them and manna your not to withhold from lip their and water to give: give to/for them to/for thirst their
तिनीहरूलाई निर्देशन दिन तपाईंले तिनीहरूलाई आफ्नो असल आत्मा दिनुभयो, र तिनीहरूका मुखमा तपाईंले आफ्नो मन्न दिन रोक्नुभएन, र तिनीहरूको तिर्खा मेट्न तपाईंले तिनीहरूलाई पानी दिनुभयो ।
21 and forty year to sustain them in/on/with wilderness not to lack garment their not to become old and foot their not to swell
चालिस वर्षसम्म उजाड-स्थानमा तपाईंले तिनीहरूलाई भोजन उपलब्ध गराउनुभयो, र तिनीहरूलाई कुनै थोकको कमी भएन । तिनीहरूका लुगा फाटिएनन्, र तिनीहरूका गोडा सुनिएनन् ।
22 and to give: give to/for them kingdom and people and to divide them to/for side and to possess: take [obj] land: country/planet Sihon and [obj] land: country/planet king Heshbon and [obj] land: country/planet Og king [the] Bashan
तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू दिनुभयो, अनि देशका हरेक कुनामा पुर्याउनुभयो । तब तिनीहरूले हेश्बोनका राजा सीहोन र बाशानका राजा ओगको देश अधिकार गरे ।
23 and son: child their to multiply like/as star [the] heaven and to come (in): bring them to(wards) [the] land: country/planet which to say to/for father their to/for to come (in): come to/for to possess: take
तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराजत्तिकै अनगिन्ती बनाउनुभयो, र तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई अधिकार गर्न दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा तिनीहरूलाई ल्याउनुभयो ।
24 and to come (in): come [the] son: descendant/people and to possess: take [obj] [the] land: country/planet and be humble to/for face: before their [obj] to dwell [the] land: country/planet [the] Canaanite and to give: give them in/on/with hand: power their and [obj] king their and [obj] people [the] land: country/planet to/for to make: do in/on/with them like/as acceptance their
त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
25 and to capture city to gather/restrain/fortify and land: soil rich and to possess: take house: home full all goodness pit to hew vineyard and olive and tree food to/for abundance and to eat and to satisfy and to grow fat and to luxuriate in/on/with goodness your [the] great: large
तिनीहरूले किल्लाबन्दी गरिएका सहरहरू र उर्बरायुक्त देश कब्जा गरे । तिनीहरूले सबै असल थोकहरूले भरिएका घरहरू, पहिले नै खनेका कुवाहरू, दाखबारीहरू, जैतूनका बगैँचाहरू र प्रचुर मात्रामा फल दिने रुखहरू कब्जा गरे । यसरी तिनीहरूले खाएर तृप्त भए, अनि मोटाएर तपाईंको महान् भलाइमा तिनीहरूले आनन्द मनाए ।
26 and to rebel and to rebel in/on/with you and to throw [obj] instruction your after the back their and [obj] prophet your to kill which to testify in/on/with them to/for to return: repent them to(wards) you and to make contempt great: large
तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्वर-निन्दा गरे ।
27 and to give: give them in/on/with hand: power enemy their and be distressed to/for them and in/on/with time distress their to cry to(wards) you and you(m. s.) from heaven to hear: hear and like/as compassion your [the] many to give: give to/for them to save and to save them from hand: power enemy their
त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए ।
28 and like/as to rest to/for them to return: again to/for to make: do bad: evil to/for face: before your and to leave: forsake them in/on/with hand: power enemy their and to rule in/on/with them and to return: repent and to cry out you and you(m. s.) from heaven to hear: hear and to rescue them like/as compassion your many time
तर तिनीहरूले शान्ति पाएपछि तिनीहरूले फेरि तपाईंको सामु दुष्ट काम गरे, र तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा त्यागिदिनुभयो, अनि तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे । तथापि तिनीहरू फर्केर तपाईंलाई पुकारा गर्दा तपाईंले स्वर्गबाट सुन्नुभयो, र तपाईंको कृपाको कारण धेरै पटक तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो ।
29 and to testify in/on/with them to/for to return: repent them to(wards) instruction your and they(masc.) to boil and not to hear: obey to/for commandment your and in/on/with justice: judgement your to sin in/on/with them which to make: do man and to live in/on/with them and to give: put shoulder to rebel and neck their to harden and not to hear: obey
तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्न इन्का गरे ।
30 and to draw upon them year many and to testify in/on/with them in/on/with spirit your in/on/with hand: by prophet your and not to listen and to give: give them in/on/with hand: power people [the] land: country/planet
धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो ।
31 and in/on/with compassion your [the] many not to make them consumption and not to leave: forsake them for God gracious and compassionate you(m. s.)
तर तपाईंको महान् कृपामा तिनीहरूलाई निमिट्ट्यान्न पार्नुभएन, न त पूर्ण रूपमा त्यागिदिनुभयो किनकि तपाईं अनुग्रही र करुणामय परमेश्वर हुनुहुन्छ ।
32 and now God our [the] God [the] great: large [the] mighty man and [the] to fear: revere to keep: obey [the] covenant and [the] kindness not to diminish to/for face of your [obj] all [the] hardship which to find us to/for king our to/for ruler our and to/for priest our and to/for prophet our and to/for father our and to/for all people your from day king Assyria till [the] day [the] this
त्यसकारण, अब हे हाम्रा परमेश्वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् ।
33 and you(m. s.) righteous upon all [the] to come (in): come upon us for truth: faithful to make: do and we be wicked
हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्टतापूर्वक काम गरेका छौँ ।
34 and [obj] king our ruler our priest our and father our not to make: do instruction your and not to listen to(wards) commandment your and to/for testimony your which to testify in/on/with them
हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् ।
35 and they(masc.) in/on/with royalty their and in/on/with goodness your [the] many which to give: give to/for them and in/on/with land: country/planet [the] broad: wide and [the] rich which to give: put to/for face: before their not to serve: minister you and not to return: repent from deed their [the] bad: evil
तिनीहरूको आफ्नै राज्य हुँदा तपाईंले तिनीहरूलाई दिनुभएको विशाल र मलिलो देशमा तपाईंको महान् उदारतालाई तिनीहरूले उपभोग गर्दागर्दै पनि तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरूका दुष्ट मार्गहरूबाट फर्के ।
36 behold we [the] day: today servant/slave and [the] land: country/planet which to give: give to/for father our to/for to eat [obj] fruit her and [obj] goodness her behold we servant/slave upon her
हेर्नुहोस्, हामी दास भएका छौँ । अहिले हामी तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौँ ।
37 and produce her to multiply to/for king which to give: put upon us in/on/with sin our and upon body our to rule and in/on/with animal our like/as acceptance their and in/on/with distress great: large we
हाम्रा पापले गर्दा त्यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले हाम्रा शरीरसाथै हाम्रा गाईवस्तुमाथि शासन गर्छन् । हामी बडो कष्टमा छौँ!
38 and in/on/with all this we to cut: make(covenant) sure and to write and upon [the] to seal ruler our Levi our priest our
यी सबै कारणले गर्दा हामी लेखेर नै दृढ करार बाँध्दछौँ । छाप लगाइएको दस्तावेजमा हाम्रा राजकुमारहरू, लेवीहरू र पुजारीहरूका नाउँ हुन्छन् ।”