< Isaiah 33 >
1 woe! to ruin and you(m. s.) not to ruin and to act treacherously and not to act treacherously in/on/with him like/as to finish you to ruin to ruin like/as to cease you to/for to act treacherously to act treacherously in/on/with you
विनाश नभएको विनाश पार्ने तँलाई धिक्कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।
2 LORD be gracious us to/for you to await to be arm their to/for morning also salvation our in/on/with time distress
हे परमप्रभु, हामीप्रति अनुग्रही हुनुहोस् । हामी तपाईंको आशा गर्छौं । हरेक बिहान हाम्रो बहुली हुनुहोस्, कष्टको समयमा हाम्रो उद्धार हुनुहोस् ।
3 from voice: sound crowd to wander people from uplifting your to disperse nation
ठुलो आवाजमा मानिसहरू भाग्छन् । तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्छन् ।
4 and to gather spoil your gathering [the] locust like/as rushing locust to rush in/on/with him
तपाईंको लूट सलहरूले जस्तै बटुलिन्छ । सलहहरू उफ्रेझैं मानिसहरू उफ्रन्छन् ।
5 to exalt LORD for to dwell height to fill Zion justice and righteousness
परमप्रभु उच्च पारिनुभएको छ । उच्च स्थानमा उहाँ विराजमान हुनुहुन्छ । उहाँले सियोनलाई न्याय र धार्मिकता भर्नुहुनेछ ।
6 and to be faithfulness time your wealth salvation wisdom and knowledge fear LORD he/she/it treasure his
तिमीहरूका समयमा उहाँ स्थिरता, उद्धार, बुद्धि र ज्ञानको प्रचुरता हुनुहुनेछ । परमप्रभुको भय नै त्यसको भण्डार हो ।
7 look! hero their to cry outside [to] messenger peace bitter to weep [emph?]
हेर, तिनीहरूका दूतहरू सडकहरूमा कराउँछन् । शान्तिको आशा गर्ने कुटनितिज्ञहरू धुरुधुरु रुन्छन् ।
8 be desolate: destroyed highway to cease to pass way to break covenant to reject city not to devise: count human
मुल बाटोहरू उजाड पारिएका छन् । त्यहाँ कुनै यात्रीहरू छैनन् । करारहरू तोडिएका छन्, गवाहीहरूको अवहेलना भएको छ र मानव जातिलाई आदर गरिंदैन ।
9 to mourn to weaken land: country/planet be ashamed Lebanon to decay to be [the] Sharon like/as Arabah and to shake Bashan and Carmel
देशले विलाप गर्छ र ओइलाउँछ । लेबनान लज्जित हुन्छ र ओइलाउँछ । शारोन मरुभूमिको मैदानजस्तै हो । बाशान र कार्मेलले आफ्ना पातहरू हल्लाउँछन् ।
10 now to arise: rise to say LORD now to exalt now to lift: raise
परमप्रभु भन्नुहुन्छ, “अब म उठ्नेछु, अब म उच्च पारिनेछु; म अब उचालिनेछु ।
11 to conceive chaff to beget stubble spirit: breath your fire to eat you
तिमीहरूले भुस गर्भधारण गर्यौ र तिमीहरूले परालका ठुटाहरू जन्मायौ । तिमीहरूका सास तिमीहरूलाई भष्म पार्ने आगो हो ।
12 and to be people burning lime thorn to cut in/on/with fire to kindle
काँढाका झाडीहरू काटेर जलाएझैं मानिसहरूलाई चूनझैं जलाइनेछ ।
13 to hear: hear distant which to make: do and to know near might my
तिमीहरू टाढा हुनेहरू, मैले के गरेको छु सो सुन । अनि तिमीहरू नजिक हुनेहरू, मेरो शक्तिलाई स्वीकार गर ।
14 to dread in/on/with Zion sinner to grasp trembling profane who? to sojourn to/for us fire to eat who? to sojourn to/for us burning forever: enduring
सियोनका पापीहरू भयभित भएका छन् । ईश्वरहीनहरू थरथराउने डरले समातेको छ । हामीमध्ये कोचाहिं बलिरहेको आगोसँग खेल्न सक्छ र? हामीमध्ये कोचाहिं अनन्त जलिरहने आगोसँग खेल्न सक्छ र?
15 to go: walk righteousness and to speak: speak uprightness to reject in/on/with unjust-gain oppression to shake palm his from to grasp in/on/with bribe to shutter ear his from to hear: hear blood and to shut eyes eye his from to see: see in/on/with bad: evil
त्यही नै जो धार्मिकतासाथ हिंड्छ र इमानदारसाथ बोल्छ । जसले अत्यचारको लाभलाई घृणा गर्छ, जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ, रक्तपातको बारे सुन्नदेखि आफ्ना कानहरू बन्द गर्छ र जसले दुष्टता हेर्नदेखि आफ्ना आँखाहरू बन्द गर्छ—
16 he/she/it height to dwell stronghold crag high refuge his food: bread his to give: give water his be faithful
यो त्यो मानिस हो जो उच्च स्थानहरूमा वास गर्नेछ, त्यसको सुरक्षाको स्थान भिरहरू माझको किल्लाहरूमा हुनेछ, त्यसको खाना दिइनेछ र त्यसको पानीको आपुर्ती निरन्तर हुनेछ ।
17 king in/on/with beauty his to see eye your to see: see land: country/planet distance
तेरा आँखाहरूले राजालाई उहाँको सुन्दरतामा देख्नेछ । तिनीहरू देशलाई टाढाको दुरीमा देख्नेछन् ।
18 heart your to mutter terror where? to recount where? to weigh where? to recount [obj] [the] tower
तिमीहरूका मनले त्रासलाई याद गर्नेछ । शास्त्री कहाँ छ, पैसा तौलने कहाँ छ? धरहराहरूको गन्ती गर्ने कहाँ छ?
19 [obj] people be fierce not to see: see people unfathomable lip: words from to hear: understand to mock tongue nothing understanding
तिमीहरूले फेरि हठी मानिसहरू, तिमीहरूले नबुझ्ने भाषा बोल्ने अनौठो मानिसहरूलाई कदापि देख्नेछैनौ ।
20 to see Zion town meeting: festival our eye your to see: see Jerusalem pasture secure tent not to move not to set out peg his to/for perpetuity and all cord his not to tear
सियोन, हाम्रो भोजको सहरलाई हेर । तिमीहरूका आँखाहरूले यरूशलेमलाई शान्त बासस्थानको रूपमा, नहटाइने पालको रूपमा देख्नेछौ, जसको किलाहरूलाई कदापि उखेलिनेछैन न यसको कुनै डोरीलाई चुडाइन्छ ।
21 that if: except if: except there great LORD to/for us place river stream broad: wide hand: spacious not to go: went in/on/with him fleet oar and ship great not to pass him
बरु, परमप्रभु आफ्नो वैभवमा फराकिलो नदीहरू र खोलाहरूको ठाउँमा हामीसँग हुनुहुनेछ । पतवारले चलाइने कुनै पनि युद्धका पानी जहाजहरूले यात्रा गर्नेछैनन् र कुनै पनि ठुला पानी जहाजहरू जानेछैनन् ।
22 for LORD to judge us LORD to decree us LORD king our he/she/it to save us
किनकि परमप्रभु हाम्रो न्यायकर्ता हुनुहुन्छ, परमप्रभु हाम्रो व्यवस्था दिने हुनुहुन्छ, परमप्रभु हाम्रा राजा हुनुहुन्छ । उहाँले हामीलाई बचाउनुहुने छ ।
23 to leave cord your not to strengthen: hold stand mast their not to spread ensign then to divide prey spoil abundance lame to plunder plunder
तिमीहरूका जहाजका डोरीहरू खुकुलो छन् । तिनीहरूले मस्तुललाई पक्रन सक्दैनन् । तिनीहरू पाल टाँग्न सक्दैनन् । जब ठुलो लूट बाँडिन्छ, लङ्गडोले पनि लूटको माल घिसारेर लानेछ ।
24 and not to say neighboring be weak: ill [the] people [the] to dwell in/on/with her to lift: forgive iniquity: crime
बासिन्दाहरूले “म बरामी छु” भन्ने छैनन् । त्यहाँ बस्ने मानिसहरूलाई तिनीहरूको पाप क्षमा गरिनेछ ।