< Genesis 46 >
1 and to set out Israel and all which to/for him and to come (in): come Beersheba [to] Beersheba and to sacrifice sacrifice to/for God father his Isaac
इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँडे र बेर्शेबा गए । त्यहाँ तिनले आफ्ना बुबा इसहाकका परमेश्वरको निम्ति बलिदान चढाए ।
2 and to say God to/for Israel in/on/with vision [the] night and to say Jacob Jacob and to say behold I
राती दर्शनमा परमेश्वर इस्राएलसँग यसो भन्दै बोल्नुभयो “याकूब, याकूब ।” तिनले भने, “म यहीँ छु ।”
3 and to say I [the] God God father your not to fear from to go down Egypt [to] for to/for nation great: large to set: make you there
उहाँले भन्नुभयो, “म परमेश्वर हुँ, तेरा बुबाका परमेश्वर । मिश्रमा जान नडरा, किनकि त्यहाँ म तँबाट एउटा ठुलो जाति बनाउनेछु ।
4 I to go down with you Egypt [to] and I to ascend: establish you also to ascend: establish and Joseph to set: put hand: power his upon eye your
म तँसँग मिश्रमा जानेछु, र म तँलाई निश्चय नै फेरि फर्काइ ल्याउनेछु, अनि योसेफकै हातले तेरा आँखा छोपिदिनेछ ।”
5 and to arise: rise Jacob from Beersheba Beersheba and to lift: bear son: child Israel [obj] Jacob father their and [obj] child their and [obj] woman: wife their in/on/with cart which to send: depart Pharaoh to/for to lift: bear [obj] him
त्यसपछि याकूब बेर्शेबाबाट हिँडे । इस्राएलका छोराहरूले आफ्ना बुबा याकूब, आफ्ना बालबच्चा र आफ्ना परिवारहरूलाई फारोले तिनलाई ल्याउन पठाएका गाडाहरूमा चढाएर लगे ।
6 and to take: take [obj] livestock their and [obj] property their which to gather in/on/with land: country/planet Canaan and to come (in): come Egypt [to] Jacob and all seed: children his with him
तिनीहरूले आफ्ना गाईबस्तु र कनान देशमा जम्मा गरेका मालसामानहरूसँगै लगे । याकूब र तिनका जम्मै सन्तान मिश्रमा गए ।
7 son: child his and son: child son: child his with him daughter his and daughter son: child his and all seed: children his to come (in): bring with him Egypt [to]
याकूबले आफ्ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्तानलाई आफूसँगै मिश्रमा लगे ।
8 and these name son: descendant/people Israel [the] to come (in): come Egypt [to] Jacob and son: child his firstborn Jacob Reuben
मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात् याकूब र तिनका सन्तानहरूका नाउँ यी नै थिएः याकूबका जेठा छोरा रूबेन ।
9 and son: child Reuben Hanoch and Pallu and Hezron and Carmi
रूबेनका छोराहरू: हानोक, पल्लु, हेस्रोन र कर्मी;
10 and son: child Simeon Jemuel and Jamin and Ohad and Jachin and Zohar and Shaul son: child [the] Canaanitess
शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्नीतर्फका छोरा शौल;
11 and son: child Levi Gershon Kohath and Merari
लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी ।
12 and son: child Judah Er and Onan and Shelah and Perez and Zerah and to die Er and Onan in/on/with land: country/planet Canaan and to be son: child Perez Hezron and Hamul
यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर् र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।
13 and son: child Issachar Tola and Puah and Yob and Shimron
इस्साखारका छोराहरू तोला, पुवा, याशूब र शिम्रोन थिए ।
14 and son: child Zebulun Sered and Elon and Jahleel
जबूलूनका छोराहरू सेरेद, एलोन र यहलेल थिए ।
15 these son: child Leah which to beget to/for Jacob in/on/with Paddan (Paddan)-aram and with Dinah daughter his all soul: person son: child his and daughter his thirty and three
यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन् । लेआबाट याकूबका छोराछोरी जम्मा तेत्तिस जना थिए ।
16 and son: child Gad Ziphion and Haggi Shuni and Ezbon Eri and Arodi and Areli
गादका छोराहरू सेफोन, हाग्यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली थिए ।
17 and son: child Asher Imnah and Ishvah and Ishvi and Beriah and Serah sister their and son: child Beriah Heber and Malchiel
आशेरका छोराहरू यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन् । बरीआका छोराहरू हेबेर र मल्कीएल थिए ।
18 these son: child Zilpah which to give: give Laban to/for Leah daughter his and to beget [obj] these to/for Jacob six ten soul: person
लाबानले आफ्नी छोरी लेआलाई दिएकी कमारी जिल्पापट्टिका याकूबका छोराछोरी यी नै थिए । तिनले याकूबको निम्ति जम्मा सोह्र जना छोरा जन्माइन् ।
19 son: child Rachel woman: wife Jacob Joseph and Benjamin
याकूबकी पत्नी राहेलका छोराहरू योसेफ र बेन्यामीन थिए ।
20 and to beget to/for Joseph in/on/with land: country/planet Egypt which to beget to/for him Asenath daughter Potiphera Potiphera priest On [obj] Manasseh and [obj] Ephraim
ओनका पुजारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्मेका योसेफका छोराहरू मनश्शे र एफ्राइम थिए ।
21 and son: child Benjamin Bela and Becher and Ashbel Gera and Naaman Ehi and Rosh Muppim and Huppim and Ard
बेन्यामीनका छोराहरू बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द थिए ।
22 these son: child Rachel which to beget to/for Jacob all soul: person four ten
राहेलबाट जन्मेका याकूबका छोराहरू यी नै थिए । यिनीहरू जम्मा चौध जना थिए ।
23 and son: child Dan Hushim
दानका छोरा हुशीम थिए ।
24 and son: child Naphtali Jahzeel and Guni and Jezer and Shillem
नप्तालीका छोराहरू यहसेल, गुनी, येसेर, र शिल्लेम थिए ।
25 these son: child Bilhah which to give: give Laban to/for Rachel daughter his and to beget [obj] these to/for Jacob all soul: person seven
लाबानले आफ्नी छोरी राहेललाई दिएको कमारी बिल्हाले याकूबबाट जन्माएका सात जना छोरा यी नै थिए ।
26 all [the] soul: person [the] to come (in): come to/for Jacob Egypt [to] to come out: produce thigh his from to/for alone: besides woman: wife son: child Jacob all soul: person sixty and six
याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्ना सन्तान जम्मा छयसट्ठी जना थिए ।
27 and son: child Joseph which to beget to/for him in/on/with Egypt soul: person two all [the] soul: person to/for house: household Jacob [the] to come (in): come Egypt [to] seventy
मिश्रमा जन्मेका योसेफका दुई जना छोरासमेत गरेर मिश्रमा जाने याकूबका परिवारका सदस्यहरू जम्मा सत्तरी जना थिए ।
28 and [obj] Judah to send: depart to/for face: before his to(wards) Joseph to/for to show to/for face: before his Goshen [to] and to come (in): come land: country/planet [to] Goshen
गोशेनमा तिनलाई भेट्न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्नो अगि पठाए ।
29 and to bind Joseph chariot his and to ascend: rise to/for to encounter: meet Israel father his Goshen [to] and to see: see to(wards) him and to fall: fall upon neck his and to weep upon neck his still
योसेफले आफ्नो रथ तयार गर्न लगाए र गोशेनसम्म आफ्ना बुबा इस्राएललाई भेट गर्न आए । योसेफले आफ्ना बुबालाई देखे, र बुबालाई अँगालो हालेर धेरै बेरसम्म रोए ।
30 and to say Israel to(wards) Joseph to die [the] beat after to see: see I [obj] face your for still you alive
इस्राएलले योसेफलाई भने, “अब मलाई मर्न देओ, किनकि मैले तेरो मुख देखेँ र तँ जीवितै रहेछस् ।”
31 and to say Joseph to(wards) brother: male-sibling his and to(wards) house: household father his to ascend: rise and to tell to/for Pharaoh and to say to(wards) him brother: male-sibling my and house: household father my which in/on/with land: country/planet Canaan to come (in): come to(wards) me
योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई यसो भनेर खबर दिनेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन् ।
32 and [the] human to pasture flock for human livestock to be and flock their and cattle their and all which to/for them to come (in): bring
उनीहरू सबै गाईबस्तु पाल्ने भएकाले गोठाला हुन् । उनीहरूले आफ्ना सबै बगाल, बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन् ।’
33 and to be for to call: call to to/for you Pharaoh and to say what? deed: work your
जब फारोले तपाईंहरूलाई बोलाएर ‘तिमीहरूका कामधन्दा के हो?’ भनी सोध्छन्,
34 and to say human livestock to be servant/slave your from youth our and till now also we also father our in/on/with for the sake of to dwell in/on/with land: country/planet Goshen for abomination Egyptian all to pasture flock
तब तपाईंहरूले यसो भन्नुपर्छ, ‘हजुरका दासहरू हामी बाबु-छोराहरू हाम्रा युवावस्थादेखि अहिलेसम्म गाईबस्तु पाल्दै आएका छौँ ।’ तपाईंहरूले यसो गर्नुभयो भने तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने हरेक गोठालोचाहिँ मिश्रीहरूको लागि घृणाको पात्र हो ।”