< Job 1 >

1 A man he was in [the] land of Uz [was] Job name his and he was - the man that blameless and upright and fearing God and turning aside from evil.
ऊज देशमा एक जना मानिस थिए, जसको नाम इयोब थियो। तिनी निर्दोष र धर्मी मानिस थिए; तिनी परमेश्‍वरको डर मान्थे र दुष्‍टताबाट टाढै बस्थे।
2 And they were born to him seven sons and three daughters.
तिनका सात छोरा र तीन छोरी थिए।
3 And it was livestock his seven thousand sheep and three thousand camels and five hundred pair[s] of ox[en] and five hundred female donkeys and service much very and he was the man that great more than all [the] people of [the] east.
तिनका सात हजार भेडा, तीन हजार ऊँट, पाँच सय हल गोरु, पाँच सय गधैनी थिए; अनि धेरै नोकरचाकर पनि थिए। तिनी पूर्वका सबै मानिसहरूभन्दा महान् थिए।
4 And they went sons his and they made a feast [the] house of each one day his and they sent and they invited [the] three (sisters their *Q(k)*) to eat and to drink with them.
तिनका छोराहरूले आ-आफ्नो घरमा पालैपालो भोजको आयोजना गर्दथे। तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई आफूसँग खानपिन गर्नलाई बोलाउँथे।
5 And it was that they had gone round [the] days of the feast and he sent Job and he sanctified them and he rose early in the morning and he offered up burnt offerings [the] number of all of them for he said Job perhaps they have sinned children my and they have blessed God in heart their thus he did Job all the days.
जब भोजको कार्यक्रम सकिन्थ्यो, तब इयोबले आफ्ना सन्तानहरूलाई बोलाउँथे, र तिनीहरूलाई शुद्ध पार्ने गर्दथे। तिनी बिहान सबेरै उठेर तिनीहरू हरेकका निम्ति होमबलिहरू चढाउँथे; किनकि तिनले यो सोच्थे, “सायद मेरा छोराछोरीहरूले पाप गरे होलान् अथवा कतै तिनीहरूले आफ्ना हृदयमा परमेश्‍वरलाई सरापे पो होलान् कि।” यसो भनेर इयोबले सधैँ यस्तै गर्नेगर्थे।
6 And it was the day and they came [the] sons of God to present themselves on Yahweh and he came also the adversary in midst of them.
एक दिन परमेश्‍वरका दूतहरूले आफूलाई याहवेहको सामु उपस्थित गराए, र शैतान पनि तिनीहरूसँगसँगै आयो।
7 And he said Yahweh to the adversary from where? are you coming and he answered the adversary Yahweh and he said from roving about on the earth and from going about on it.
याहवेहले शैतानलाई भन्‍नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले याहवेहलाई जवाफ दियो, “पृथ्वीको चारैतिर ओहोर-दोहोर गर्दै घुमफिर गर्दैआएको हुँ।”
8 And he said Yahweh to the adversary ¿ have you set heart your on servant my Job for there not [is] like him on the earth a man blameless and upright fearing God and [who] turns aside from evil.
तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; निर्दोष र धर्मी मानिस, परमेश्‍वरको डर मान्‍ने र दुष्‍टतादेखि टाढा रहने अरू मानिस छँदैछैन।”
9 And he answered the adversary Yahweh and he said ¿ in vain has he feared Job God.
शैतानले याहवेहलाई जवाफ दिएर भन्यो, “के इयोबले कुनै कारणविना नै परमेश्‍वरको डर राखेको हो र?
10 ¿ Not (you *Q(K)*) have you put a hedge behind him and behind house his and behind all that [belongs] to him from round about [the] work of hands his you have blessed and livestock his it has spread out in the land.
के तपाईंले उसलाई, उसको परिवारलाई र ऊसँग भएका सबै थोकलाई चारैतिरबाट घेरा लगाएर रक्षा गर्नुभएको छैन र? तपाईंले उसका हातका कामहरूमा आशिष् दिनुभएको छ, त्यसैकारण उसका बगाल र बथानहरू देशभरि फैलिएका छन्।
11 And but stretch out please hand your and touch all that [belongs] to him if not on face your he will bless you.
तर अब तपाईंले आफ्नो हात पसारेर ऊसँग भएका सबै थोकलाई प्रहार गरेर त हेर्नुहोस्, तब उसले तपाईंको मुखकै सामु तपाईंलाई सराप्नेछ।”
12 And he said Yahweh to the adversary there! all that [belongs] to him [is] in hand your only against him may not you stretch out hand your and he went out the adversary from with [the] presence of Yahweh.
याहवेहले शैतानलाई भन्‍नुभयो, “ठिक छ, ऊसँग भएका सबै थोक तेरै हातमा छन्, तर त्यस मानिसमाथि चाहिँ, औँलाले समेत छुन पाउँदैनस्।” तब शैतान याहवेहको उपस्थितिबाट गइहाल्यो।
13 And it was the day and sons his and daughters his [were] eating and drinking wine in [the] house of brother their the firstborn.
एक दिन जब इयोबका छोराछोरीहरू तिनीहरूका जेठा दाजुको घरमा भोज खाइरहेका र दाखमद्य पिइरहेका थिए; तब
14 And a messenger he came to Job and he said the ox[en] they were plowing and the female donkeys [were] grazing on hands their.
एउटा दूत इयोबकहाँ आएर भन्यो, “नजिकै गोरुहरूलाई जोतिरहेका र गधाहरू चरिरहेका थिए,
15 And it fell Sabean[s] and it took them and the servants they struck to [the] mouth of [the] sword and I have escaped! only I to alone me to tell to you.
तब शेबाका मानिसहरूले हमला गरे; र तिनीहरू सबैलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई तरवारले मारे। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
16 Still - this [one] [was] speaking and this [one] he came and he said [the] fire of God it fell from the heavens and it burned the sheep and the servants and it consumed them and I have escaped! only I to alone me to tell to you.
त्यो बोल्दाबोल्दै अर्को दूत पनि आयो र भन्यो, “आकाशबाट परमेश्‍वरको आगो बर्सियो, र त्यसले भेडाहरू र नोकरचाकरहरूलाई भस्म पार्‍यो, र म मात्र उम्केँ, तब तपाईंलाई यो खबर बताउन आएको हुँ!”
17 Still - this [one] [was] speaking and this [one] he came and he said [the] Chaldeans they formed - three companies and they made a raid on the camels and they took them and the servants they struck to [the] mouth of [the] sword and I have escaped! only I to alone me to tell to you.
त्यो बोल्दाबोल्दै अर्को दूत पनि आइपुग्यो र भन्यो, “कल्दीका तीन दल छापामारहरू आए, र तपाईंका ऊँटहरूलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई पनि तरवारले मारे; अनि म मात्र उम्केँ र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
18 Until this [one] [was] speaking and this [one] he came and he said sons your and daughters your [were] eating and drinking wine in [the] house of brother their the firstborn.
त्यो मानिस बोल्दाबोल्दै फेरि अर्को दूत पनि आइपुगेर भन्यो, “जब तपाईंका छोराछोरीहरू तिनीहरूका जेठा दाजुको घरमा भोजन खाइरहेका र दाखमद्य पिइरहेका थिए;
19 And there! a wind great it came - from [the] other side of the wilderness and it touched [the] four [the] corners of the house and it fell on the youths and they died and I have escaped! only I to alone me to tell to you.
तब अचानक मरुभूमिबाट एउटा ठूलो आँधीबेहरी आयो, र घरका चारै कुनामा बजारियो र त्यो तिनीहरूमाथि ढल्यो, र तिनीहरू मरे; अनि म मात्र उम्केँ र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
20 And he arose Job and he tore robe his and he shaved head his and he fell [the] earth towards and he bowed down.
तब, इयोब उठे, र आफ्नो लबेदा च्याते, र आफ्नो केश खौरे। त्यसपछि तिनी भुइँमा दण्डवत् गर्न घोप्टो परे,
21 And he said naked (I came out *Q(k)*) from [the] womb of mother my and naked I will return there towards Yahweh he gave and Yahweh he has taken may it be [the] name of Yahweh blessed.
अनि तिनले भने: “म मेरी आमाको गर्भबाट नाङ्गै आएँ, र नाङ्गै फर्केर जानेछु। याहवेहले नै मलाई सबै थोक दिनुभयो, र याहवेहले नै सबै थोक लैजानुभयो; याहवेहको नामको प्रशंसा होस्।”
22 In all this not he sinned Job and not he ascribe unseemliness to God.
यी सबै कुरामा इयोबले पाप गरेनन्, न त परमेश्‍वरलाई गलत कार्यको दोष नै लगाए।

< Job 1 >