< 1 Corinthians 15 >

1 Moreover, brethren, I make known unto you The joyful message, which I myself announced to you, which also ye received, in which also ye stand;
भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले पायौ र तिमीहरू त्यसैमा रहन्छौ ।
2 Through which also ye are being saved, —if ye hold fast, with what discourse, I announced the joyful message unto you; unless indeed, in vain, ye believed.
मैले प्रचार गरेको वचनमा अटल रह्‍यौ भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्छौ । नत्रता तिमीहरूले व्यर्थमा विश्‍वास गर्‍यौ ।
3 For I delivered unto you, among the first things, what also I received: —how that Christ died for our sins, according to the Scriptures,
किनकि मैले जे पाएँ ती तिमीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएः धर्मशास्‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका लागि मर्नुभयो,
4 And that he was buried, and that he hath been raised, on the third day, according to the Scriptures, —
उहाँ गाडिनुभयो अनि धर्मशास्‍त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो ।
5 And that he appeared unto Cephas, then, to the twelve,
त्यसपछि उहाँ केफास र बाह्र जना चेलाकहाँ देखा पर्नुभयो ।
6 After that, he appeared to above five hundred brethren at once, —of whom, the greater number, remain until even now, but, some, have fallen asleep, —
त्यसपछि उहाँ एकसाथ पाँचसय भाइहरूकहाँ देखा पर्नुभयो । तीमध्ये धेरै जना अहिलेसम्म जीवित छन्, तर कतिचाहिँ मरिसकेका छन् ।
7 After that, he appeared unto James, then, unto all the apostles,
त्यसपछि उहाँ याकूब र बाँकी रहेका सबै प्रेरितहरूका माझमा देखा पर्नुभयो ।
8 And, last of all, just as if unto the unseasonable birth, he appeared, even unto me;
अन्त्यमा उहाँ असमयमा जन्मेको बालककहाँ जस्तै गरी मकहाँ देखा पर्नुभयो ।
9 For, I, am the least of the apostles, who am not worthy to be called an apostle, because I persecuted the assembly of God.
किनकि म प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ । म प्रेरित कहलाइन योग्य छैनँ किनकि मैले परमेश्‍वरको मण्डलीलाई सताएँ ।
10 But, by favour of God, I am what I am, and, his favour, which was unto me, hath not been made void, —but, much more abundantly than they all, have I toiled, albeit not, I, but the favour of God with me.
तर म जे छु परमेश्‍वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ । तरै पनि त्यो मैले होइनँ तर ममा काम गर्नुहुने परमेश्‍वरको अनुग्रहले थियो ।
11 Whether therefore, I, or, they, thus do we proclaim, and, thus did ye believe.
यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्‍वास गर्‍यौ ।
12 Now, if, Christ is proclaimed, that, from among the dead, he hath been raised, how say some, among you—resurrection of the dead, there is none?
अब यदि ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍न सक्छौ?
13 But, if, resurrection of the dead, there is none, not even Christ, hath been raised;
तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन ।
14 And, if Christ, hath not been raised, void, after all, is our proclamation, void also, our faith, —
र यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने हाम्रो प्रचार पनि व्यर्थ हुन्छ र तिमीहरूको विश्‍वास पनि व्यर्थ हुन्छ ।
15 And we are found, even false-witnesses of God, because we have witnessed respecting God, that he raised the Christ, —whom he did not raise, if, indeed, after all, the dead are not raised!
अनि परमेश्‍वरले ख्रीष्‍टलाई जीवित नपारीकन उहाँले जीवित पार्नुभयो भनेर उहाँको विरुद्धमा झुटो गवाही दिएको कारण हामी झुटा गवाह हुन्छौँ ।
16 For, if the dead are not raised, not even Christ, hath been raised;
यदि मरेकाहरू जीवित पारिँदैनन् भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन ।
17 And, if Christ hath not been raised, to no purpose, is your faith, yet, are ye in your sins!
तर यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्‍वास व्यर्थ हुन्छ र तिमीहरू अझै पनि पापमा नै छौ ।
18 Hence also, they who are fallen asleep in Christ, are lost:
तब ख्रीष्‍टमा मर्नेहरू पनि नष्‍ट भएका छन् ।
19 If, in this life, in Christ, we have hoped—and that is all, we are, of all men, most to be pitied.
यदि यस जीवनको लागि मात्र हामीले ख्रीष्‍टमा भविष्यको निश्‍चयता पाएका छौँ भने त हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ ।
20 But, now, hath Christ been raised from among the dead, —a firstfruit of them who have fallen asleep;
तर अब ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको छ र यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको छ ।
21 For, since indeed, through a man, came death, through a man, also cometh the raising of the dead;
किनकि मृत्यु एक जना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो ।
22 For, just as, in the Adam, all die, so, also, in the Christ, shall all be made alive.
किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित परिनेछन् ।
23 But, each, in his own rank: —A firstfruit, Christ, after that, they who are the Christ’s, in his presence,
तर प्रत्येक कुरा आफ्नै क्रमअनुसार हुनेछः ख्रीष्‍ट पहिलो फल हुनुहुन्छ र त्यसपछि ख्रीष्‍टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन् ।
24 Afterwards, the end—whensoever he delivereth up the kingdom unto his God and Father, whensoever he shall bring to nought all rule and all authority and power;
त्यसपछि अन्त्य आउनेछ, जुन बेला ख्रीष्‍टले राज्यलाई परमेश्‍वर पिताको हातमा सुम्पिदिनुहुनेछ । त्यस बेला उहाँले सबै शासन, सारा अख्तियार र सबै सामर्थ्यलाई उन्मूलन गरिदिनुहुनेछ ।
25 For he must needs reign, until he shall put all his enemies under his feet:
किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नपारुञ्‍जेलसम्म उहाँले शासन गर्नुहुनेछ ।
26 As a last enemy, death, is to be destroyed;
नष्‍ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो ।
27 For—He put, all things, in subjection under his feet. But, whensoever it shall be said—all things are in subjection!—it is evident that it means, —Except him who did put into subjection, unto him, the all things—
किनकि “उहाँले सबै कुरालाई उहाँको आफ्नो पाउमुनि ल्याउनुहुनेछ ।” तर “उहाँले सबै कुरा आफ्नो अधीनमा राख्‍नुभएको छ” भन्‍नाले यसको अर्थ हुन्छ कि सबै कुरा उहाँको अधीनमा राख्‍नेचाहिँ यसमा पर्नुहुन्‍न ।
28 But whensoever have been put into subjection, unto him, the all things, then, the Son himself, [also] shall be put in subjection unto him who put in subjection, unto him, the all things, —that, God, may be, all things in all.
जब सबै कुरा उहाँको अधीनमा राखिन्छन्, तब पुत्रको अधीनमा सबै कुराहरू राखिदिनेको अधीनमा उहाँ आफैँ आउनुहुनेछ । परमेश्‍वर पिता सबै कुरामा सर्वोच्‍च ठहरिन सक्‍नुभएको होस् भनेर यसो हुनेछ ।
29 Else, what will they do, who are being immersed in behalf of the dead? If, not at all, are the dead to be raised, why are they even being immersed in their behalf?
नत्रता मरेकाहरूको निम्ति बप्‍तिस्मा लिनेहरूले के गर्ने त? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिनीहरूका निम्ति उनीहरूले बप्‍तिस्मा लिए?
30 Why also are, we, running into peril every hour?
र किन हामी हरपल खतरामा छौँ?
31 Day by day, am I dying!—Yea! by your own boasting, brethren, which I have in Christ Jesus our Lord.
म प्रतिदिन मर्दछु । भाइहरू हो, म तिमीहरूमा गर्व गर्दछु, जुन मैले येशू ख्रीष्‍ट हाम्रा प्रभुमा पाएको छु ।
32 If, after the manner of men, I have fought with wild-beasts at Ephesus, what, to me, the profit? If the dead are not raised, Let us eat and drink, for, tomorrow, we die.
यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले मेरो ज्यानलाई नै जोखिममा पारेर जङ्गली जनावरसँग गरेको लडाइँले मानवीय दृष्‍टिबाट मलाई के लाभ हुन्छ र? त्यसैले, “हामी खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ ।”
33 Be not deceiving yourselves, —evil communications corrupt gentle manners: —
भर्ममा नपर “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ ।”
34 Wake up to sobriety, in righteousness, and be not committing sin; for some have, an ignorance of God: for shame, unto you, am I speaking!
धोका नखाओ! धार्मिकतामा जिओ! पाप गरी नरहो । किनकि तिमीहरूमध्ये कतिलाई त परमेश्‍वरको कुनै ज्ञानै छैन । तिमीहरूलाई लज्जित पार्न म यो भन्दछु ।
35 But some one will say—How, are the dead raised? and, with what kind of body, do they come?
तर कसैले यसरी भन्‍नेछ, “मरेकाहरू कसरी जीवित पारिन्छन्? अनि कस्तो शरीर लिएर तिनीहरू आउनेछन्?”
36 Simple one! What, thou, sowest, is not quickened, except it die;
तिमीहरू अति अन्जान छौ! जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्नेछैन,
37 And, what thou sowest, not the body that shall come into existence, dost thou sow, but a naked kernel—if it so happen, of wheat, or of any of the rest, —
अनि तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन, तर बिउ मात्र हो । त्यो गहुँ या अन्य कुनै कुरा बन्‍न सक्छ ।
38 Howbeit, God, giveth it a body, as he pleased, and, unto each of the seeds, a body of its own.
तर परमेश्‍वरले चाहेअनुसारको शरीर त्यसलाई दिनुहुनेछ र प्रत्येक बिउलाई त्यसको आफ्नै शरीर दिनुहुनेछ ।
39 Not all flesh, is the same flesh; but, one, indeed, is, [the flesh] of men, and, another, the flesh of beasts, and, another, the flesh of birds, and, another, of fishes;
सबै शरीर उस्तै हुँदैनन् । मानवीय शरीर एक किसिमको हुन्छ भने पशुको शरीर अर्को किसिमको र त्यसरी नै चराहरू वा माछाहरूको शरीर अर्कै किसिमको हुन्छ ।
40 And there are heavenly bodies, and earthly bodies, —but, of one kind, indeed, is the glory of the heavenly, and, of another kind, is the glory of the earthly; —
त्यसरी नै स्वर्गीय तथा पार्थिव शरीरहरू हुन्छन् । तर स्वर्गीय शरीरको महिमा एक किसिमको र पार्थिव शरीरको महिमा अर्कै हुन्छ ।
41 One, is the glory of a sun, and, another, the glory of a moon, and, another, the glory of stars, —nay! star from star, differeth in glory.
सूर्यको महिमा एक किसिमको हुन्छ र चन्द्रमाको अर्कै र त्यसरी नै ताराहरूको महिमा फरक हुन्छ । किनकि एउटा ताराको महिमा अर्को ताराको भन्दा फरक हुन्छ ।
42 Thus, also the resurrection of the dead: it is sown in corruption, it is raised in incorruption,
मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो । रोपिएको कुरा नष्‍ट भएर जानेछ र उठाइएको कुरा नष्‍ट हुनेछैन ।
43 It is sown in dishonour, it is raised in glory, it is sown in weakness, it is raised in power,
त्यसलाई अनादरमा रोपिन्छ र महिमामा उठाइन्‍छ; त्यसलाई कमजोरीमा रोपिन्छ र शक्‍तिमा उठाइनेछ ।
44 It is sown a body of the soul, it is raised a body of the spirit; if there is a body of the soul, there is also of the spirit: —
त्यसलाई प्राकृतिक शरीरमा रोपिन्छ र आत्मिक शरीरमा उठाइन्छ । यदि प्राकृतिक शरीर हुन्छ भने आत्मिक शरीर पनि हुन्छ ।
45 Thus, also, it is written—The first man, Adam, became, a living soul, the last Adam, a life-giving spirit.
त्यसैले, यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्‍नुभयो ।
46 Howbeit, not first, is the [body] of the spirit, but that, of the soul, —afterwards, that of the spirit.
तर पहिले आएकोचाहिँ आत्मिक होइन, तर प्राकृतिक थियो त्यसपछि आत्मिक आयो ।
47 The first man, is of the ground, earthy, the second man, is, of heaven:
पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो ।
48 As, the man of earth, such, also, the men of earth, and, as, the man of heaven, such, also, the men of heaven;
माटोबाट बनेको मानिसजस्तो हो; माटोबाट बनिएकाहरू पनि त्यस्तै हुन् । र स्वर्गको मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन् ।
49 And, even as we have borne the image of the man of earth, let us also bear the image of the man of heaven.
जसरी हामी सबैले माटोबाट बनेको मानिसको रूप धारण गरेका छौँ, त्यसरी नै स्वर्गबाट आउनुभएका मानिसको रूपलाई धारण गरेका छौँ ।
50 And, this, I say, brethren, —that, flesh and blood, cannot inherit, God’s kingdom. Neither doth, corruption, inherit, incorruption.
त्यसैले, अब भाइहरू हो म भन्छु कि मासु र रगत परमेश्‍वरको राज्यको हकदार हुन सक्‍नेछैन, न त विनाशी अविनाशिको हकदार हुन सक्छ ।
51 Lo! a sacred secret, unto you, do I declare: —we shall not, all, sleep, but we shall, all, be changed, —
हेर! म तिमीहरूलाई गोप्य सत्य बताउँछुः हामी सबै मर्नेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ ।
52 In a moment, in the twinkling of an eye, during the last trumpet; for it shall sound, and, the dead, shall be raised, incorruptible, and, we, shall be changed.
हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौँ । किनकि तुरही बज्‍नेछ र मरेकाहरू अविनाशी शरीरमा जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौँ ।
53 For this corruptible must needs clothe itself with incorruptibility, and this mortal, clothe itself, with immortality.
किनकि विनाशीले शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ ।
54 But, whensoever, this mortal, shall clothe itself with immortality, then, shall be brought to pass the saying that is written—Death hath been swallowed up, victoriously;
यो विनाशी शरीरले अविनाशीलाई धारण गर्नेछ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पुरा हुन आउनेछः “मृत्यु विजयमा निलिएको छ ।”
55 Where, O death, is thy victory? Where, O death, is thy sting? (Hadēs g86)
“हे मृत्यु तेरो विजय कहाँ छ? मृत्यु तेरो खिल कहाँ छ?” (Hadēs g86)
56 Now, the sting of death, is, sin, and, the power of sin, is, the law; —
मृत्युको खिल पाप हो र पापको शक्‍ति व्यवस्था हो ।
57 But, unto God, be thanks, who is giving unto us the victory, through our Lord Jesus Christ.
तर येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा हामीलाई विजय दिने परमेश्‍वरलाई धन्यवाद होस्!
58 So, then, my beloved brethren, —become ye, steadfast, immovable, superabounding in the work of the Lord, at all times; knowing that, your toil, is not in vain in the Lord.
त्यसैकारण, मेरा प्रिय भाइहरू हो, स्थिर र अटल रहो । सधैँ परमेश्‍वरको काममा व्यस्त रहो, किनकि परमेश्‍वरमा तिमीहरूको काम व्यर्थ हुँदैन ।

< 1 Corinthians 15 >