< Mark 12 >
1 And he began to speak unto them in parables. A man planted a vineyard, and set a hedge about it, and digged a pit for the winepress, and built a tower, and let it out to husbandmen, and went into another country.
त्यसपछि येशूले तिनीहरूलाई दृष्टान्तमा सिकाउन थाल्नुभयो । उहाँले भन्नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । उनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि उनी यात्रामा लागे ।
2 And at the season he sent to the husbandmen a servant, that he might receive from the husbandmen of the fruits of the vineyard.
ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।
3 And they took him, and beat him, and sent him away empty.
तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए ।
4 And again he sent unto them another servant; and him they wounded in the head, and handled shamefully.
फेरि उनले अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि टाउकोमा चोट पुर्याए र लज्जास्पद रूपमा व्यवहार गरे ।
5 And he sent another; and him they killed: and many others; beating some, and killing some.
अझै पनि उनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे ।
6 He had yet one, a beloved son: he sent him last unto them, saying, They will reverence my son.
उनीसँग पठाउन अझै पनि एक जना व्यक्ति अर्थात् प्यारो छोरा थिए । उनले तिनीहरूकहाँ पठाउन त्यो नै अन्तिम व्यक्ति थियो । उनले भने, “तिनीहरूले मेरो छोरालाई आदर गर्नेछन् ।”
7 But those husbandmen said among themselves, This is the heir; come, let us kill him, and the inheritance shall be ours.
तर मोहीहरूले एक-आपसमा भने, “यो त उत्तराधिकारी हो । आओ, यसलाई मारौँ र सम्पत्ति हाम्रो हुनेछ ।”
8 And they took him, and killed him, and cast him forth out of the vineyard.
तिनीहरूले उसलाई पक्रे; उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए ।
9 What therefore will the lord of the vineyard do? he will come and destroy the husbandmen, and will give the vineyard unto others.
यसकारण, दाखबारीको मालिकले के गर्नेछ? उनी आउनेछन् र ती दाख उमार्नेहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन् ।
10 Have ye not read even this scripture; The stone which the builders rejected, The same was made the head of the corner:
के तिमीहरूले यो धर्मशास्त्र पढेका छैनौ? ‘जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे, त्यही नै कुने-ढुङ्गो भएको छ ।’
11 This was from the Lord, And it is marvelous in our eyes?
त्यो परमप्रभुबाट थियो र यो हाम्रो दृष्टिमा आश्चर्यजनक छ ।”
12 And they sought to lay hold on him; and they feared the multitude; for they perceived that he spake the parable against them: and they left him, and went away.
तिनीहरूले येशूलाई पक्रन खोजे, तर तिनीहरू भिडसित डराए, किनभने उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । त्यसैले, तिनीहरूले उहाँलाई छाडे र गए ।
13 And they send unto him certain of the Pharisees and of the Herodians, that they might catch him in talk.
अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू र केही फरिसीहरू पठाए ।
14 And when they were come, they say unto him, Master, we know that thou art true, and carest not for any one: for thou regardest not the person of men, but of a truth teachest the way of God: Is it lawful to give tribute unto Caesar, or not?
तिनीहरू आए र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्न, र तपाईंले मानिसहरूबिच कुनै भेदभाव गर्नुहुन्न । तपाईंले साँच्चै परमेश्वरको मार्ग सिकाउनुहुन्छ । कैसरलाई कर तिर्नु उचित हो वा होइन? हामी कर तिरौँ कि नतिरौँ?”
15 Shall we give, or shall we not give? But he, knowing their hypocrisy, said unto them, Why tempt ye me? bring me a penny, that I may see it.
तर येशूले तिनीहरूको कपटलाई जान्नुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले मलाई किन जाँच्छौ? मलाई एउटा सिक्का ल्याओ ताकि मैले हेर्न सकौँ ।”
16 And they brought it. And he saith unto them, Whose is this image and superscription? And they said unto him, Caesar’s.
तिनीहरूले एउटा सिक्का येशूकहाँ ल्याए । उहाँले तिनीहरूलाई भन्नुभयो, “यो कसको स्वरूप र छाप हो?” तिनीहरूले भने, “कैसरको हो ।”
17 And Jesus said unto them, Render unto Caesar the things that are Caesar’s, and unto God the things that are God’s. And they marveled greatly at him.
येशूले भन्नुभयो, “कैसरका चिजहरू कैसरलाई नै देओ र परमेश्वरका चिजहरू परमेश्वरलाई नै ।” तिनीहरू चकित भए ।
18 And there come unto him Sadducees, which say that there is no resurrection; and they asked him, saying,
त्यसपछि पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँकहाँ आए । तिनीहरूले उहाँलाई यसो भनेर सोधे,
19 Master, Moses wrote unto us, If a man’s brother die, and leave a wife behind him, and leave no child, that his brother should take his wife, and raise up seed unto his brother.
“गुरुज्यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्चा नभईकन मर्छ भने, त्यो मानिसले आफ्नो दाजुकी पत्नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्चा जन्माउनुपर्छ ।’
20 There were seven brethren: and the first took a wife, and dying left no seed;
त्यहाँ सात जना दाजुभाइ थिए, पहिलोले आफ्नी पत्नी ल्याए र बच्चा नभई मरे ।
21 and the second took her, and died, leaving no seed behind him; and the third likewise:
दोस्रोले दाजुकी पत्नी लगे र कुनै बालबच्चा नभई तिनी मरे । अनि तेस्रोलाई पनि त्यस्तै भयो ।
22 and the seven left no seed. Last of all the woman also died.
अनि सातै जना कुनैको पनि बालबच्चा भएन । अन्तमा ती स्त्री पनि मरिन् ।
23 In the resurrection whose wife shall she be of them? for the seven had her to wife.
पुनरुत्थानमा जब तिनीहरू फेरि जीवित भई उठ्नेछन्, तिनी कसकी पत्नी हुनेछिन्? किनभने ती सातै दाजुभाइले तिनलाई पत्नीको रूपमा लिए ।
24 Jesus said unto them, Is it not for this cause that ye err, that ye know not the scriptures, nor the power of God?
येशूले भन्नुभयो, “तिमीहरूले न त धर्मशास्त्र न परमेश्वरको शक्तिको बारेमा जानेका हुनाले नै के तिमीहरूले गल्ती गरेका होइनौ र?
25 For when they shall rise from the dead, they neither marry, nor are given in marriage; but are as angels in heaven.
किनभने जब तिनीहरू मृत्युबाट जीवित भई उठ्नेछन्, तिनीहरूले न विवाह गर्छन् न त विवाह गर्न नै दिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुनेछन् ।
26 But as touching the dead, that they are raised; have ye not read in the book of Moses, in [the place concerning] the Bush, how God spake unto him, saying, I [am] the God of Abraham, and the God of Isaac, and the God of Jacob?
तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा झाडीको विवरणमा परमेश्वर उनीसँग कसरी बोल्नुभयो र, ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ’ भन्नुभयो भन्ने पढेका छैनौ?”
27 He is not the God of the dead, but of the living: ye do greatly err.
उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ । तिमीहरू गलत छौ ।”
28 And one of the scribes came, and heard them questioning together, and knowing that he had answered them well, asked him, What commandment is the first of all?
शास्त्रीहरूमध्येका एक जना आए र तिनीहरूका छलफल सुने । येशूले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे । तिनले उहाँलाई सोधे, “सबैभन्दा महत्त्वपूर्ण आज्ञा कुन हो?”
29 Jesus answered, The first is, Hear, O Israel; The Lord our God, the Lord is one:
येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्वपूर्णचाहिँ यो हो, ‘सुन, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्वर, परमप्रभु एक मात्र हुनुहुन्छ ।
30 and thou shalt love the Lord thy God with all thy heart, and with all thy soul, and with all thy mind, and with all thy strength.
तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्तिले प्रेम गर्नुपर्दछ ।’
31 The second is this, Thou shalt love thy neighbour as thyself. There is none other commandment greater than these.
दोस्रो आज्ञा यो हो, ‘आफ्नो छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।”
32 And the scribe said unto him, Of a truth, Master, thou hast well said that he is one; and there is none other but he:
शास्त्रीले भने, “हे असल गुरुज्यू! परमेश्वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्नुभएको छ ।
33 and to love him with all the heart, and with all the understanding, and with all the strength, and to love his neighbour as himself, is much more than all whole burnt offerings and sacrifices.
उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्तिले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू होमबलि र बलिदानहरूभन्दा पनि महान् हो ।”
34 And when Jesus saw that he answered discreetly, he said unto him, Thou art not far from the kingdom of God. And no man after that durst ask him any question.
जब तिनले बुद्धिमत्तापूर्वक जवाफ दिएको येशूले देख्नुभयो, उहाँले तिनलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ ।” त्यसपछि कसैले पनि येशूलाई अरू प्रश्न गर्ने आँट गरेन ।
35 And Jesus answered and said, as he taught in the temple, How say the scribes that the Christ is the son of David?
येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो र भन्नुभयो, “शास्त्रीहरूले ख्रीष्टलाई कसरी दाऊदका पुत्र भन्छन्?
36 David himself said in the Holy Spirit, The Lord said unto my Lord, Sit thou on my right hand, Till I make thine enemies the footstool of thy feet.
दाऊद आफैँले पवित्र आत्माद्वारा यसो भने, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, मेरो दाहिने हातमा बस, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टामुनि ल्याउँदिनँ ।’
37 David himself calleth him Lord; and whence is he his son? And the common people heard him gladly.
दाऊद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन् भने मसीह कसरी दाऊदका पुत्र हुन सक्छन् त?” ठुलो भिडले उहाँको कुरा खुसीसाथ सुन्यो ।
38 And in his teaching he said, Beware of the scribes, which desire to walk in long robes, and [to have] salutations in the marketplaces,
येशूले उहाँको शिक्षामा भन्नुभयो, “शास्त्रीहरूदेखि होसियार बस, जसले लामो वस्त्र लगाएर हिँड्न र बजारमा अभिवादन गरेको,
39 and chief seats in the synagogues, and chief places at feasts:
अनि सभाघरमा भोजमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन् ।
40 they which devour widows’ houses, and for a pretence make long prayers; these shall receive greater condemnation.
तिनीहरूले विधवाहरूको घर खान्छन् र मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन् । यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन् ।”
41 And he sat down over against the treasury, and beheld how the multitude cast money into the treasury: and many that were rich cast in much.
त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्ने बस्नुभयो । मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठुलो रकम हाले ।
42 And there came a poor widow, and she cast in two mites, which make a farthing.
त्यसपछि त्यहाँ एक जना गरिब विधवा आइन् र दुई सिक्का हालिन् ।
43 And he called unto him his disciples, and said unto them, Verily I say unto you, This poor widow cast in more than all they which are casting into the treasury:
उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन् ।
44 for they all did cast in of their superfluity; but she of her want did cast in all that she had, [even] all her living.
किनभने सबैले आ-आफ्ना प्रशस्तताबाट दिए । तर यी विधवाले आफ्नो गरिबीबाट तिनी जिउनुपर्ने सबै पैसा हालिन् ।”