< Luke 3 >
1 In the fifteenth year of the reign of the Emperor Tiberius, when Pontius Pilate was governor of Judea, Herod ruler of Galilee, his brother Philip ruler of the territory comprising Ituraea and Trachonitis, and Lysanias ruler of Abilene,
कैसर तिबेरियसको पन्ध्रौँ वर्षमा, जति बेला पन्तियस पिलातस यहूदियाका शासक थिए, हेरोद गालीलका शासक र उनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए । लुसानियास अबिलेनेका शासक थिए ।
2 and when Annas and Caiaphas were high priests, a command from God came to John, the son of Zechariah, while he was in the wilderness.
हन्नास र कैयाफा प्रधान पुजारी भएको समयमा, जकरियाका छोरा यूहन्नाकहाँ उजाड-स्थानमा परमेश्वरको वचन आयो ।
3 And John went through the whole district of the Jordan, proclaiming a baptism of repentance, for the forgiveness of sins.
उनले पाप क्षमाका निम्ति बप्तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे ।
4 This was in fulfilment of what is said in the writings of the prophet Isaiah – “The voice of one crying aloud in the wilderness: ‘Make ready the way of the Lord, make his paths straight.
जसरी यशैया अगमवक्ताको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा कसैको आवाजले बोलाइरहेको छ, प्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ ।
5 Every chasm will be filled, every mountain and hill will be levelled. The winding ways will be straightened, the rough roads made smooth,
हरेक उपत्यका बनाइनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र नराम्रा बाटोहरू राम्रा बनाइनेछन् ।
6 and everyone will see the salvation of God.’”
सबै मानिसहरूले परमेश्वरको उद्धारलाई देख्नेछन् ।”
7 And John said to the crowds that went to be baptised by him, ‘You children of snakes! Who has prompted you to seek refuge from the coming judgment?
यसकारण, यूहन्नाले उनीकहाँ बप्तिस्मा लिन आइरहेको ठुलो भिडलाई भने, “हे विषालु सर्पका सन्तान हो, कसले तिमीहरूलाई परमेश्वरको आउँदै गरेको क्रोधबाट भाग्नलाई चेताउनी दियो?
8 Let your lives, then, prove your repentance; and do not begin to say among yourselves “Abraham is our ancestor,” for I tell you that out of these stones God is able to raise descendants for Abraham!
पश्चात्ताप योग्यको फल फलाओ र आफ्नो मनमा हाम्रा पिता त अब्राहाम हुन् भन्न छोड, किनभने परमेश्वरले यी चट्टानहरूबाट पनि अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ ।
9 Already, indeed, the axe is lying at the root of the trees. Therefore every tree that fails to bear good fruit will be cut down and thrown into the fire.’
रुखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले, असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ ।”
10 ‘What are we to do then?’ the people asked.
तब भिडबाट मानिसहरूले यसो भन्दै सोधे, “त्यसो भए हामीले के गर्ने त?”
11 ‘Let anyone who has two coats,’ answered John, ‘share with the person who has none; and anyone who has food do the same.’
उनले तिनीहरूलाई जवाफ दिए, “दुई जोर दौरा हुनेले नहुनेलाई दिओस् । त्यसै गरी, जससँग खानेकुरा छ, त्यसले नहुनेलाई दिओस् ।”
12 Even tax collectors came to be baptised, and said to John, ‘Teacher, what are we to do?’
त्यसपछि केही कर उठाउनेहरू पनि उनीकहाँ बप्तिस्मा लिन आए र भने, “गुरु, हामीले के गर्ने नि?”
13 ‘Do not collect more than you have authority to demand,’ John answered.
उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले उठाउनुपर्ने भन्दा बढी पैसा नउठाउनू ।”
14 And when some soldiers on active service asked ‘And we – what are we to do?’ he said, ‘Never use violence, or exact anything by false accusation; and be content with your pay.’
केही सिपाहीहरू पनि आएर सोधे, “हाम्रो बारेमा नि? हामीले के गर्ने?” उनले तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूबाट जबरजस्ती पैसा नलेओ र कसैलाई पनि झुटो दोष नलगाओ, तर आफ्ना तलबमा नै सन्तुष्ट होओ ।”
15 Then, while the people were in suspense, and were all debating with themselves whether John could be the Christ,
तब मानिसहरूले ख्रीष्ट आउनुहुन्छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, कतै यूहन्ना नै पो ख्रीष्ट हुन् कि भनेर हरेकको मनमा दोधार भइरहेको थियो ।
16 John, addressing them all, said, ‘I, indeed, baptise you with water; but there is coming one more powerful than I, and I am not fit even to unfasten his sandals. He will baptise you with the Holy Spirit and with fire.
यूहन्नाले तिनीहरू सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर मभन्दा अर्का शक्तिशाली व्यक्ति आउनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न पनि म योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ ।
17 His winnowing-fan is in his hand so that he may clear his threshing-floor, and store the grain in his barn, but the chaff he will burn with a fire that cannot be put out.’
उहाँको खला सफा गर्न र अन्नलाई भण्डारमा जम्मा गर्नलाई उहाँको हातमा निफन्ने नाङ्लो छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ ।
18 And so with many different appeals John told his good news to the people.
उहाँले मानिसहरूलाई अझ धेरै उत्साह दिँदै सुसमाचार प्रचार गर्नुभयो ।
19 But when John rebuked Herod the ruler, for Herodia his brother’s wife, and for all the evil things that he had done,
यूहन्नाले हेरोदलाई उनका भाइकी पत्नी हेरोदियासलाई विवाह गरेको साथै उनले गरेको अन्य खराबीहरूका निम्ति पनि हप्काए ।
20 Herod crowned them all by shutting John up in prison.
तर हेरोदले अझ बढी दुष्ट काम गरे । किनभने उनले यूहन्नालाई जेलमा हालेका थिए ।
21 Now after the baptism of all the people, and when Jesus had been baptised and was still praying, the heavens opened,
यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिँदै गर्दा, येशूलाई पनि बप्तिस्मा दिइयो । जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, तब स्वर्ग खुल्यो ।
22 and the Holy Spirit came down on him in the form of a dove, and from the heavens came a voice – ‘You are my dearly loved son; you bring me great joy.’
पवित्र आत्मा उहाँमाथि ढुकुरजस्तै ओर्लनुभयो । त्यसै बेला स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग प्रसन्न छु ।”
23 When beginning his work, Jesus was about thirty years old. He was regarded as the son of Joseph, whose ancestors were – Eli,
येशूले आफैँ सिकाउन सुरु गर्नुहुँदा उहाँ तिस वर्षको हुनुहुन्थ्यो । उहाँ योसेफका छोरा (जस्तो सोचिएको थियो) हुनुहुन्थ्यो, योसेफ एलीका छोरा थिए ।
24 Mattith, Levi, Melchiah, Janna, Joseph,
मत्तातका छोरा एली, लेवीका छोरा मत्तात, मल्कीका छोरा लेवी, यान्नाका छोरा मल्की, योसेफका छोरा यान्ना,
25 Mattithiah, Amos, Nahum, Azaliah, Nogah,
मत्ताथियासका छोरा योसेफ, आमोसका छोरा मत्ताथियास, नहूमका छोरा आमोस, इसलीका छोरा नहूम र इसली नग्गैका छोरा थिए,
26 Mattith, Mattithiah, Shimei, Joseph, Josheh,
माथका छोरा नग्गै, मत्ताथियासका छोरा, माथ मत्ताथियासका छोरा, सेमैनका छोरा मत्ताथियास, योसेखका छोरा सेमैन, योदाका छोरा योसेख थिए,
27 Johanan, Rhesa, Zerubbabel, Salathiel, Neriah,
योआनानका छोरा योदा, रेसाका छोरा योआनान, यरुबाबेलका छोरा रेसा, शालतिएलका छोरा यरुबाबेल, नेरीका छोरा शालतिएल,
28 Melchiah, Addi, Cosam, Elmodam, Er,
मल्कीका छोरा नेरी, अद्दीका छोरा मल्की, कोसामका छोरा अद्दी, एलमादमका छोरा कोसाम, एर्का छोरा एलमादम थिए,
29 Joshua, Eliezer, Joram, Mattith, Levi,
यहोशूका छोरा एर्, एलिएजरका यहोशू, योरीमका छोरा एलिएजर, मत्तातका छोरा योरीम, लेवीका छोरा मत्तात थिए,
30 Simeon, Judah, Joseph, Jonam, Eliakim,
शिमियोनका छोरा लेवी, यहूदाका छोरा शिमियोन, योसेफका छोरा यहूदा, योनानका छोरा योसेफ, एल्याकीमका छोरा योनान,
31 Meleah, Menan, Mattithiah, Nathan, David,
मलेआका छोरा एल्याकीम, मिन्नाका छोरा मलेआ, मत्ताथाका छोरा मिन्ना, नातानका छोरा मत्ताथा, दाऊदका छोरा नातान,
32 Jesse, Obed, Boaz, Salah, Nahshon,
यिशैका छोरा दाऊद, ओबेदका छोरा यिशै, बोअजका छोरा ओबेद, सल्मोनका छोरा बोअज, नहशोनका छोरा सल्मोन,
33 Aminadab, Arni, Hezron, Perez, Judah,
अम्मीनादाबका छोरा नहशोन, आरामका छोरा अम्मीनादाब, हेस्रोनका छोरा आराम, फारेसका छोरा हेस्रोन, यहूदाका छोरा फारेस,
34 Jacob, Isaac, Abraham, Terah, Nahor,
याकूबका छोरा यहूदा, इसहाकका छोरा याकूब, अब्राहामका छोरा इसहाक, तेरहका छोरा अब्राहाम, नाहोरका छोरा तेरह,
35 Serug, Reu, Peleg, Eber, Shelah,
सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर,
36 Kenan, Arpachshad, Shem, Noah, Lamech,
केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,
37 Methuselah, Enoch, Jared, Mahalalel, Kenan,
मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल,
38 Enosh, Seth, son of Adam, and Adam, son of God.
एनोशका छोरा केनान, शेतका छोरा एनोश, आदमका छोरा शेत आदम परमेश्वरका छोरा थिए ।