< Romans 15 >
1 We then who are strong ought to hear the infirmities of the weak, and not to please ourselves.
अब हामी जो बलिया छौँ, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैँलाई मात्र खुसी पार्नु हुँदैन ।
2 Let each one of us please his neighbor, to promote what is good, for edification.
जे असल छ त्यसको निम्ति त्यसलाई निर्माण गर्नको लागि हरेकले आफ्नो छिमेकीलाई खुसी पारोस् ।
3 For Christ did not seek his own pleasure, but, as it is written, “The reproaches of those who reproached thee fell on me.”
किनकि ख्रीष्टले पनि उहाँ आफैँलाई खुसी पार्नुभएन । बरु, यो लेखिएको जस्तै थियो, “तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि पर्यो ।”
4 For whatever things were written aforetime, were written for our instruction; that we through the patience and the consolation of the Scriptures might have hope.
किनकि पहिले जे लेखिएका थिए, ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धर्मशास्त्रको धैर्य र उत्साहद्वारा हामीसँग भरोसा होस् ।
5 And may the God of patience and consolation grant that ye may be of the same mind one with another, according to Christ Jesus;
अब धैर्य र उत्साहका परमेश्वरले ख्रीष्ट येशूअनुसार तिमीहरू एक-अर्कासँग एकै मनको हुन दिऊन् ।
6 that with one accord ye may with one mouth glorify God, the Father of our Lord Jesus Christ.
उहाँले यो गर्नुभएको होस्, ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टको पिताको प्रशंसा गर्न सक ।
7 Wherefore receive ye one another, as Christ received you to the glory of God.
त्यसकारण, प्ररमेश्वरको प्रशंसाको निम्ति ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभए झैँ तिमीहरूले पनि एक-अर्कालाई ग्रहण गर ।
8 For I say that Christ became a minister to the circumcised for the sake of God's truth, in order to make sure the promises given to the fathers;
म भन्छु, कि परमेश्वरको सत्यताको तर्फबाट ख्रीष्टलाई खतनाको एक सेवक बनाइएको छ । उहाँले यसो गर्नुभयो, ताकि उहाँले पुर्खाहरूलाई दिनुभएका प्रतिज्ञाहरूलाई पक्का गर्न,
9 and that the gentiles glorified God for his mercy, as it is written, “For this cause I will give praise to thee among the gentiles, and sing to thy name.”
अनि गैरयहूदीहरूका निम्ति परमेश्वरको दयाको निम्ति उहाँको महिमा गर्न सक्नुभएको होस् । यस्तो लेखिएको छ, “यसकारण म गैरयहूदीहरूका माझमा तपाईंको प्रशंसा गर्नेछु, अनि तपाईंको नाउँको स्तुति गाउनेछु ।”
10 And again he saith: “Rejoice, ye gentiles, with his people.”
यसले फेरि भन्छ, “हे गैरयहूदीहरू हो, उहाँका मानिसहरूसँग आनन्द मनाओ ।”
11 And again: “Praise the Lord, all ye gentiles, and let every people praise him.”
अनि फेरि पनि “हे सबै गैरयहूदी हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून् ।”
12 And again Isaiah saith: “There shall be the shoot from Jesse, and he that riseth up to rule the gentiles; in him shall the gentiles hope.”
यशैया फेरि भन्छन्, “त्यहाँ यिशैको जरा हुनेछ र एक जना जसले गैरयहूदीहरूमाथि शासन गर्नुहुनेछ । गैरयहूदीहरूले उहाँमा भरोसा गर्नेछन् ।
13 And may the God of hope fill you with all joy and peace in believing, that ye may abound in hope, through the power of the Holy Spirit.
अब भरोसाका परमेश्वरले विश्वास गर्नको निम्ति तिमीहरूलाई आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू भरोसामा प्रशस्त होऊन् ।
14 But I myself am persuaded of you, my brethren, that ye are even of yourselves full of goodness, filled with all knowledge, able also to admonish one another.
मेरा भाइहरू हो, म आफैँ पनि तिमीहरूको बारेमा विश्वस्त छु । म विश्वस्त छु, कि तिमीहरू आफैँ पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ ।
15 But I have written to you, brethren, in a manner somewhat bold on some subjects, as putting you in mind, on account of the grace given me by God
तर मलाई परमेश्वरद्वारा दिइएको वरदानको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु ।
16 that I should be a minister of Christ Jesus to the gentiles, performing the office of a priest in respect to the gospel of God, that the oblation of the gentiles may be acceptable, being sanctified by the Holy Spirit.
यो वरदानचाहिँ पुजारीको रूपमा परमेश्वरको सुसमाचार दिन गैरयहूदीहरूकहाँ पठाइनलाई म ख्रीष्ट येशूको सेवक बन्नुपर्छ भन्ने थियो । मैले यो गर्नुपर्छ, ताकि पवित्र आत्माद्वारा परमेश्वरलाई अर्पण गरिएको गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस् ।
17 I have then ground for glorying in Christ Jesus in regard to the things pertaining m God.
त्यसैले, मेरो आनन्द ख्रीष्ट येशू र परमेश्वरका कुराहरूमा छ ।
18 For I will not be bold to say anything hut of what Christ hath actually wrought by me to bring the gentiles to obedience by word and deed,
किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्टले मद्वारा पुरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा,
19 by the power of signs and wonders, by the power of the Spirit; so that from Jerusalem, and in the country around even to Illyricum, I have fully made known the gospel of Christ;
चिन्हहरू र चमत्कारहरूको शक्तिद्वारा अनि पवित्र आत्माको शक्तिद्वारा गरिएका हुन् । मैले यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो ।
20 but always earnestly desirous to preach it in this manner, —not where Christ had been named, that I might not build on another's foundation,
यसरी सुसमाचार घोषणा गर्ने मेरो इच्छा भएको छ, तर ख्रीष्टको नाउँ चिनिएका ठाउँहरूमा होइन, ताकि अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरौँ ।
21 but, as it is written: “They, to whom no tidings concerning him came, shall see; and they that have not heard shall understand.”
जस्तो लेखिएको छ, “जसकहाँ उहाँको समाचार आएन तिनीहरूले उहाँलाई देख्नेछन्, अनि जसले उहाँको समाचार सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन् ।”
22 For which cause also, for the most part, I have been hindered from coming to you.
यसकारण, तिमीहरूकहाँ आउन मलाई धेरै पल्ट रोकिएको छ ।
23 But now having no more opportunity in these regions, and having had for many years a great desire to come to you,
तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन, र धेरै वर्षदेखि म तिमीहरूकहाँ आउने चाह गरिरहेको छु ।
24 when I go to Spain, I will come to you; for I hope to see you on my way, and to be helped forward thither by you, after I have in some degree satisfied myself with your company.
त्यसैले, जब म स्पेन जान्छु, त्यहाँ जाँदै गर्दा म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग आनन्द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा पठाइने आशा गर्छु ।
25 But now I am going to Jerusalem on a service of relief to the saints.
तर अहिले म विश्वासीहरूको सेवा गर्न यरूशलेमतिर गइरहेको छु ।
26 For Macedonia and Achaia have thought it good to make a contribution for the poor among the saints in Jerusalem.
किनकि यरूशलेमका विश्वासीहरूमध्ये गरिबहरूलाई केही योगदान दिने माकेडोनिया र अखैयाको शुभेच्छा थियो ।
27 They have thought it good, and they owed it to them. For if the gentiles have shared in their spiritual things, they ought in return to minister to them in temporal things.
हो, यो तिनीहरूको शुभेच्छा थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् ।
28 When therefore I have completed this business, and secured to them this fruit, I shall set out to pass through you to Spain.
यसकारण, जब म यो काम पुरा गर्छु र तिनीहरूलाई यो फल आधिकारिक रूपमा दिन्छु, म तिमीहरूको बाटो हुँदै स्पेन जानेछु ।
29 And I know that when I come to you, I shall come in the fullness of the blessing of Christ.
म जान्दछु, कि जब म तिमीहरूकहाँ आउँछु, म ख्रीष्टको आशिष्को पूर्णतामा आउनेछु ।
30 But I beseech you, by our Lord Jesus Christ, and by the love produced by the Spirit, that ye strive together with me in prayers to God for me;
भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा र पवित्र आत्माको प्रेमद्वारा बिन्ती गर्छु, कि मेरो निम्ति परमेश्वरसित तिमीहरूको प्रार्थनामा तिमीहरूले मसँग सङ्घर्ष गर ।
31 that I may be delivered from the unbelievers in Judaea, and that my service for Jerusalem may prove acceptable to the saints;
यो प्रार्थना गर, कि म यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा विश्वासीहरूलाई ग्रहणयोग्य हुन सकोस् ।
32 so that, through the will of God, I may come to you in joy, and may with you be refreshed.
प्रार्थना गर, कि म परमेश्वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ ।
33 And may the God of peace be with you all. Amen.
शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहून् । आमेन!