< Revelation 1 >

1 The Revelation of Jesus Christ, which God gave to him, to show to his servants what must shortly come to pass; and he sent and signified it by his angel to his servant John;
परमेश्‍वरले आफ्ना सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो येशू ख्रीष्‍टको प्रकाश हो । उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनुभई उहाँका सेवक यूहन्‍नालाई प्रकट गराउनुभयो ।
2 who bore witness of the word of God, and of the testimony of Jesus Christ, —of whatever he saw.
परमेश्‍वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्‍टको बारेमा यूहन्‍नाले गवाही दिएका छन् ।
3 Blessed is he that readeth, and they that hear the words of the prophecy, and keep the things written therein; for the time is at hand.
अगमवाणीको यो वचन जसले चर्को स्वरमा पढ्छ र जसले सुन्छ र यसमा लेखिएका कुराहरू पालन गर्छ, त्यो मानिस धन्यको हो, किनकि समय नजिक छ ।
4 John to the seven churches which are in Asia: Grace be to you, and peace, from him who is, and who was, and who is to come; and from the seven spirits which are before his throne;
यूहन्‍नाबाट एसियामा भएका सातवटा मण्डलीलाईः जो हुनुहुन्छ, हुनुहुन्थ्यो अनि हुन आउनुहुनेछ उहाँबाट अनुग्रह र शान्ति, र उहाँको सिंहासनका सामु भएका सातवटा आत्मा,
5 and from Jesus Christ, the faithful witness, the first-born of the dead, and the ruler of the kings of the earth. To him that loveth us, and washed us from our sins in his own blood,
अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वासयोग्य गवाही हुनुहुन्छ, मृतकहरूमध्येबाट जीवित पारिनुभएका पहिलो र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ; उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो ।
6 and made us a kingdom, priests to God his Father, to him be the glory and the dominion for ever. Amen. (aiōn g165)
उहाँले हामीलाई एउटा राज्य बनाउनुभएको छ, अनि उहाँका पिता र परमेश्‍वरका निम्ति पुजारीहरू, जसलाई सदासर्वदा महिमा र शक्‍ति होस् । आमेन । (aiōn g165)
7 Behold, he cometh with the clouds, and every eye shall see him, and they who pierced him; and all the tribes of the earth shall wail because of him. Even so, Amen.
हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ । हरेक आँखाले उहाँलाई देख्‍नेछ, उहाँलाई घोच्‍नेहरूले पनि । अनि उहाँको कारण पृथ्वीका सबै कुलले बिलौना गर्नेछन् । यसै होस्, आमेन ।
8 I am the Alpha and the Omega, saith the Lord God, he who is, and who was, and who is to come, the Almighty.
सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ ।
9 I John, your brother, and companion in the affliction and kingdom and endurance in Jesus, was in the isle that is called Patmos, on account of the word of God, and the testimony of Jesus.
म तिमीहरूका दाजु यूहन्‍ना र जसले राज्य र कष्‍टहरूमा धैर्यसाथै सहनशीलता जुन येशूमा थिए, तिमीहरूसँगै परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीका निम्ति पत्मोस भनिने टापुमा थिएँ ।
10 I was in the Spirit on the Lord's day; and I heard behind me a loud voice, as of a trumpet,
प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्तै एउटा आवाज सुने ।
11 saying: What thou seest, write in a book, and send it to the seven churches; to Ephesus, and to Smyrna, and to Pergamus, and to Thyatira, and to Sardes, and to Philadelphia, and to Laodicea.
“त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।”
12 And I turned to see the voice that was speaking with me; and having turned, I saw seven golden candlesticks,
कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ ।
13 and in the midst of the candlesticks one like to a son of man, clothed with a garment reaching down to the feet, and girded at the breasts with a golden girdle.
सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो ।
14 His head and his hairs were white as white wool, as snow; and his eyes were as a flame of fire;
उहाँको शिर र कपाल ऊन अनि हिउँजस्तै सेता र उहाँका आँखा आगोको ज्वालाजस्तै थिए ।
15 and his feet were like fine brass, as if burning in a furnace; and his voice was as the sound of many waters.
उहाँका पाउहरू भट्टीमा चम्किएका काँसाजस्ता थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो ।
16 And he had in his right hand seven stars; and out of his mouth went a sharp two-edged sword; and his countenance was as the sun shineth in his strength.
उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो ।
17 And when I saw him, I fell at his feet as dead; and he laid his right hand on me, saying, Fear not; I am the first and the last,
जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ ।
18 and he that liveth; and I was dead, and behold, I am alive for evermore; and I have the keys of death and the underworld. (aiōn g165, Hadēs g86)
म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् । (aiōn g165, Hadēs g86)
19 Write therefore the things which thou sawest, and the things which are, and the things which shall be after these;
त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख ।
20 the mystery of the seven stars which thou sawest in my right hand, and the seven golden candlesticks. The seven stars are the angels of the seven churches; and the seven candlesticks are the seven churches.
मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन् ।”

< Revelation 1 >