< Revelation 5 >
1 And I saw in the right hand of him that sat on the throne a book written within and without, sealed fast with seven seals.
तब सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर सातवटा छाप लगाएर यसलाई बन्द गरिएको अगाडि र पछाडि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखेँ ।
2 And I saw a strong angel proclaiming with a loud voice, Who is worthy to open the book, and to loose its seals?
“यस मुट्ठोलाई खोल्न र यसका छापहरूलाई तोड्न को योग्यको छ?” भनी एक जना शक्तिशाली स्वर्गदूतले चर्को सोरमा घोषणा गरेको मैले देखेँ ।
3 And no one in heaven, nor on the earth, nor under the earth, was able to open the book, nor to look thereon.
स्वर्गमा वा यस पृथ्वीमा वा यस पृथ्वीमुनि भएका कसैले पनि यस मुट्ठोलाई खोल्न वा यसलाई पढ्न सकेन ।
4 And I wept much, because no one was found worthy to open the book, nor to look thereon.
म दुःखित भएर रोएँ, किनकि यस मुट्ठोलाई खोल्न र पढ्न योग्यको कोही पनि भेट्टाइएन ।
5 And one of the elders saith to me, Weep not; behold, the Lion that is of the tribe of Judah, the shoot from David, conquered, he that openeth the book, and its seven seals.
तर ती एल्डरहरूमध्येका एक जनाले मलाई भने, “नरोऊ । हेर! यहूदाको कुलको सिँह, दाऊदको मुलले विजय प्राप्त गर्नुभएको छ । त्यो मुट्ठो र त्यसका सातवटा छाप खोल्न उहाँ योग्यका हुनुहुन्छ ।”
6 And I saw, between the throne and the four living creatures and the elders, a Lamb standing, as if it had been slain, having seven horns, and seven eyes, which are the seven spirits of God sent forth into all the earth.
मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बिचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ । उहाँका सातवटा सिङ र सातवटा आँखा थिए । यी सारा संसारभरि पठाइएका परमेश्वरका सात आत्मा हुन् ।
7 And he came and took the book out of the right hand of him that sat upon the throne.
उहाँ जानुभयो र सिंहासनमा बसिरहनुहुनेको दाहिने हातबाट त्यस मुट्ठोलाई समात्नुभयो ।
8 And when he had taken the book, the four living creatures and the twenty-four elders fell down before the Lamb, having each one a harp, and golden bowls full of incense, which are the prayers of the saints.
जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्वासीहरूका प्रार्थना हुन् ।
9 And they sing a new song, saying, Thou art worthy to take the book, and to open its seals; for thou wast slain, and hast redeemed to God by thy blood men out of every tribe and tongue and people and nation,
तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्ट्रलाई तपाईंले परमेश्वरका निम्ति किन्नुभयो ।
10 and hast made them a kingdom and priests, and they reign on the earth.
परमेश्वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।”
11 And I saw, and I heard the voice of many angels around the throne and the living creatures and the elders; and the number of them was ten thousand times ten thousand, and thousands of thousands;
तब मैले हेरेँ र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुनेँ । तिनीहरूको पुरा सङ्ख्या दसौँ हजार र हजारै हजार थियो ।
12 saying with a loud voice, Worthy is the Lamb that was slain to receive the power, and riches, and wisdom, and strength, and honor, and glory, and blessing.
तिनीहरूले चर्को सोरमा यसो भने, “शक्ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ ।”
13 And every creature which is in heaven, and those which are on the earth and under the earth, and on the sea, and the things in them, I heard them all saying, To him that sitteth upon the throne, and to the Lamb, be the blessing, and the honor, and the glory, and the dominion, for ever and ever. (aiōn )
स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्टि गरिएका हरेक थोकले यसो भनेको मैले सुनेँ, “उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई, प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्ति सदासर्वदा होस् ।” (aiōn )
14 And the four living creatures said Amen. And the elders fell down and worshipped.
ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।