< Psalms 53 >
1 “For the leader of the music. To be sung on wind instruments. A psalm of David.” The fool saith in his heart, “There is no God!” They are corrupt; their doings are abominable; There is none that doeth good.
मूर्खले आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन ।” तिनीहरू भ्रष्ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही पनि छैन ।
2 God looketh down from heaven upon the children of men, To see if there are any that have understanding, That have regard to God.
कसैले बुझ्छन्, वा परमेश्वरलाई खोज्छन् कि भनी हेर्न उहाँले मानवजातिका सन्तानहरूलाई स्वर्गबाट हेर्नुहुन्छ ।
3 They are all gone astray; together are they corrupt; There is none that doeth good, no, not one.
तिनीहरू सबै जना बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्ट भएका छन् । असल गर्ने कोही पनि छैन, एक जना पनि छैन ।
4 Shall not the evil-doers be requited, Who eat up my people like bread, And call not upon God?
के अधर्म गर्नेहरूको कुनै समझ नै छैन, जसले मेरा मानिसहरूलाई रोटी खाएझैं खान्छन् र तिनीहरूले परमेश्वरलाई पुकारा गर्दैनन्?
5 Yea! fear shall come upon them, Where no fear is; For God will scatter the bones of him that encampeth against thee; Thou shalt put them to shame, for God despiseth them!
डराउनुपर्ने कुनै कारण नभए तापनि तिनीहरू भयङ्कर डरमा हुन्छन् । किनकि तिमीहरू विरुद्ध पाल टाँग्नेहरूका हाडहरू परमेश्वरले छरपस्ट पार्नुहुनेछ । यस्ता मानिसहरू लाजमा पर्नेछन्, किनभने परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुभएको छ ।
6 O that salvation for Israel would come out of Zion! When God bringeth back the captives of his people, Jacob shall rejoice, and Israel be glad.
इस्राएलको उद्धार सियोनबाट आएको भए त हुन्थ्यो! जब परमेश्वरले आफ्ना मानसिहरूलाई निर्वासनबाट फिर्ता ल्याउनुहुन्छ, तब याकूब आनन्दित र इस्राएल खुसी हुनेछ ।