< Psalms 141 >
1 “For the leader of the music. A psalm of David.” I cry to thee, O LORD! make haste unto me! Give ear to my voice, when I cry unto thee!
हे परमप्रभु, तपाईंमा म पुकारा गरिरहेको छु । मकहाँ चाँडो आउनुहोस् । मैले तपाईंलाई पुकारा गर्दा मेरो पुकार सुन्नुहोस् ।
2 Let my prayer come before thee as incense, And the lifting-up of my hands, as the evening sacrifice!
मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपझैं होस् । मेरा उचालिएका हातहरू साँझको बलिदान झैं होऊन् ।
3 Set a watch, O LORD! before my mouth; Guard the door of my lips!
हे परमप्रभु, मेरो मुखमा रक्षक राख्नुहोस् । मेरा ओठहरूका ढोकाहरूको रक्षा गर्नुहोस् ।
4 Let not my heart incline to any evil thing; Let me not practise wickedness with the doers of iniquity, And let me not eat of their delicacies!
मेरो हृदयले कुनै कराब कुराको इच्छा नगरोस् वा दुष्ट किसिमले व्यवहार गर्ने मानिसहरूका पापपूर्ण कामहरूमा सहभागी नहोस् । तिनीहरूका कुनै स्वादिष्ट कुराहरू मैले खान नपरोस् ।
5 Let the righteous smite me, —it shall be a kindness; Let him reprove me, and it shall be oil for my head; Let him do it again, and my head shall not refuse it; But now I pray against their wickedness!
धर्मी मानिसले मलाई हिर्काओस् । त्यो मेरो निम्ति दया हुनेछ । त्यसले मलाई सच्याओस् । त्यो मेरो शिरमा लगाएको तेलझैं हुनेछ । मेरो शिरले त्यो स्वीकार गर्न इन्कार नगरोस् । तर मेरो प्रार्थना सधैं नै तिनीहरूका दुष्ट कामहरूको विरुद्धमा हुन्छ ।
6 When their judges are hurled over the side of the rock, They shall hear how pleasant are my words.
तिनीहरूका अगुवाहरूलाई चट्टानको टाकुराबाट तल फालिनेछ । मेरा आफ्नै शब्दहरू सुखद छन् भनी तिनीहरूले सुन्नेछन् ।
7 So are our bones scattered at the mouth of the underworld, As when one furroweth and ploweth up the land. (Sheol )
तिनीहरूले भन्नुपर्नेछ, “जसरी कसैले जोत्छ र जमिन चिर्छ, त्यसरी नै हाम्रा हाडहरू चिहानको मुखमा छरिएका छन् ।” (Sheol )
8 But to thee do my eyes look, O Lord Jehovah! In thee is my trust; Let not my life be poured out!
हे परमप्रभु परमेश्वर, मेरा आँखाहरू निश्चय नै तपाईंमा हुन्छन् । तपाईंमा नै म शरण लिन्छु । मेरो प्राणलाई सुरक्षाहीन नछोड्नुहोस् ।
9 Preserve me from the snares which they have laid for me, And from the nets of evil-doers!
तिनीहरूले मेरो निम्ति राखेका पासोहरूबाट, दुष्ट काम गर्नेहरूका धरापहरूबाट मलाई सुरक्षित राख्नुहोस् ।
10 Let the wicked fall together into their own traps, Whilst I make my escape!
म भागेर बाँच्दा दुष्टहरू आफ्नै पासोहरूमा फसून् ।