< Proverbs 30 >
1 The words of Agur, the son of Jakeh, even his prophecy; the inspired utterance of the man to Ithiel, even to Ithiel and Ucal.
याकेका छोरा आगूरका वचन—एक ईश्वरवाणी: यस मानिसले इतीएल र युकाललाई घोषणा गरेका हुन्:
2 Truly I am more stupid than any man; There is not in me the understanding of a man.
निःसंदेह म एक जनावर हुँ, मानिस होइनँ; मसँग मानवीय समझशक्ति छैन।
3 I have not learned wisdom, Nor have I gained the knowledge of the Most Holy.
मैले बुद्धि सिकिनँ, न त मसित पवित्र परमेश्वरको ज्ञान नै छ।
4 Who hath gone up into heaven and come down? Who hath gathered the wind in his fists? Who hath bound up the waters in a garment? Who hath established all the ends of the earth? What is his name, and what his son's name, if thou knowest?
स्वर्गसम्म को उक्लेको छ, र तल ओर्लेर को आएको छ? कसका हातले बतासलाई समातेको छ? कसले पानीलाई वस्त्रमा बाँधेको छ? कसले पृथ्वीका सबै छेउलाई स्थापित गरेको छ? उहाँको नाम के हो, र उहाँको पुत्रको नाम के हो? यदि तिमीलाई थाहा छ भने मलाई भन!
5 Every word of God is pure; A shield is he to them that put their trust in him.
“परमेश्वरका प्रत्येक वचन खोटरहित छ; उहाँमा शरण लिनेहरू सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ।
6 Add not to his words, Lest he rebuke thee, and thou be found a liar.
उहाँका वचनहरूमा केही नथप; नत्रता उहाँले तिमीलाई हप्काउनुहुनेछ, र झूटो प्रमाणित गर्नुहुनेछ।
7 Two things do I ask of thee; Withhold them not from me, before I die!
“हे याहवेह, तपाईंबाट म दुई कुराहरू माग्दछु; म मर्नुभन्दा अगि ती मबाट इन्कार नगर्नुहोस्:
8 Remove far from me falsehood and lies; Give me neither poverty nor riches; Feed me with the food which is needful for me;
असत्य र झूटो कुरा मबाट टाढा राखिदिनुहोस्; न मलाई गरिबी, न त धनसम्पत्ति नै दिनुहोस्; तर मलाई केवल दैनिक भोजन दिनुहोस्।
9 Lest I be full, and deny thee, And say, “Who is the LORD?” Or lest I be poor, and steal, And violate the name of my God.
नत्रता मसित प्रशस्त भएर मैले तपाईंलाई इन्कार गरुँला, र भनुँला ‘याहवेह को हुनुहुन्छ र?’ अथवा म गरिब भएर चोरी गरुँला, र मेरा परमेश्वरको नामको अनादर गरुँला।
10 Talk not against a servant to his master, Lest he curse thee, and thou suffer for it.
“कर्मचारीलाई त्यसको मालिकको सामु अपमान नगर्नू; नत्रता त्यसले तिमीलाई सराप्ला र तिमीले नोक्सानी उठाउनुपर्नेछ।
11 There is a class of men that curse their fathers, And do not bless their mothers.
“यस्ताहरू पनि हुन्छन्, जसले आफ्ना बुबाहरूलाई सराप्छन्; र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्।
12 There is a class who are pure in their own eyes, And yet are not washed from their filthiness.
तिनीहरू, जो आफ्नै दृष्टिमा शुद्ध छन्, र पनि आफ्ना अपवित्रताबाट चोख्याइएका छैनन्।
13 There is a class, —O how lofty are their eyes, And how are their eyelids lifted up!
तिनीहरू, जसका आँखाहरू अति अहङ्कारी छन्! जसका आँखीभौँ घमण्डले उठेका छन्,
14 There is a class, whose teeth are swords, And their jaw-teeth knives, To devour the poor from off the earth, And the needy from among men.
तिनीहरू, जसका दाँतहरू तरवारहरू हुन्, र जसका बङ्गाराहरू छुरीजस्तै छन्, जसले गरिबलाई पृथ्वीबाट र खाँचोमा परेकाहरूलाई मानव-जातिका माझमा निल्छन्।
15 The vampire hath two daughters; “Give! give!” [[is their cry.]] There are three things which are never satisfied; Yea, four which say not, “Enough!”
“जुकाका दुई छोरीहरू छन्। तिनीहरू ‘देऊ! देऊ!’ भनी कराउँछन्। “तीन वटा कुराहरू छन्, जो कहिल्यै तृप्त हुँदैनन्; चार वटा कुराहरू छन्, जो कहिल्यै पुग्यो भन्दैनन्!
16 The underworld, and the barren womb; The earth, which is not satiated with water, And fire, which never saith, “It is enough!” (Sheol )
चिहान, बाँझो गर्भ; जमिन, जो कहिल्यै पानीदेखि तृप्त हुँदैन, र आगो, जसले कहिल्यै ‘पुग्यो!’ भनी भन्दैन। (Sheol )
17 The eye that mocketh at a father, And scorneth to obey a mother, The ravens of the valley shall pick it out, And the young eagles shall eat it.
“त्यो आँखा, जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई तुच्छ ठान्छ, त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र गिद्धहरूले खानेछन्।
18 These three things are too wonderful for me; Yea, there are four which I understand not:
“तीन वटा कुराहरू छन्, जो मेरा निम्ति धेरै अचम्मका छन्; चार वटा, जो म बुझ्दिनँ:
19 The track of an eagle in the air, The track of a serpent upon a rock, The track of a ship in the midst of the sea, And the track of a man with a maid.
आकाशमा गरुडको चाल; चट्टानमाथि सर्पको चाल, महासमुद्रमा जहाजको चाल; र स्त्रीसँग पुरुषको चाल।
20 Such is the way of an adulterous woman; She eateth, and wipeth her mouth, And saith, “I have done nothing wrong.”
“व्यभिचारिणी स्त्रीको चाल यस्तो हुन्छ: त्यसले खान्छे र आफ्नो मुख पुछ्छे, अनि त्यसपछि भन्छे, ‘मैले केही कुकर्म गरेकी छैनँ।’
21 Under three things is the earth disquieted; Yea, under four it cannot bear up:
“तीन वटा कुराहरूमा पृथ्वी काम्छ; चार वटा कुराहरू, जो त्यसले सहन सक्दैन:
22 Under a servant when he becometh a king, And a fool when he is filled with bread;
नोकर, जब राजा बन्छ, मूर्खले पेटभरि भोजन खाएको,
23 Under an odious woman when she becometh a wife, And a handmaid when she becometh heir to her mistress.
माया नपाएकी स्त्रीले विवाह गरेकी, र नोकर्नी, जो आफ्नी मालिक्नीलाई पन्छाएर तिनको स्थानमा बस्छे।
24 There are four things which are small upon the earth, Yet are they wise, instructed in wisdom.
“पृथ्वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अति बुद्धिमान् छन्:
25 The ants are a people not strong, Yet they prepare in the summer their food.
कमिलाहरू, जो थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरूले ग्रीष्म ऋतुमा नै आफ्नो भोजनको सञ्चय गर्छन्,
26 The conies are a feeble people, Yet do they make their houses in the rocks.
भिर खरायोहरू थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरूले आफ्ना घर पहराहरूमा नै बनाउँछन्,
27 The locusts have no king, Yet do they all go forth in bands.
सलहहरूका राजा हुँदैनन्, तापनि तिनीहरू लहरै हुल बाँधेर अगि बढ्छन्।
28 The lizard seizeth with its hands, And is in king's palaces.
माउसुली, जसलाई हातले समात्न सक्छौँ, तापनि त्यो राजाको महलहरूमा पाइन्छ।
29 These three have a graceful step; Yea, four are graceful in their walk:
“तीन वटा कुरा छन्, जसका हिँडाइ रवाफिला छन्; चार वटा कुरा छन्, जो शानसँग यताउता हिँड्छन्:
30 The lion, the hero among beasts, Which turneth not back for any;
सिंह, जो पशुहरूमध्ये बलवान् हुन्छ, जो कसैदेखि पछि हट्दैन,
31 The loin-girded war-horse, the he-goat, And a king who cannot be withstood.
रवाफसित हिँड्ने भाले, बोको; अनि आफ्नो वरिपरि सेना राखेर हिँड्ने राजा।
32 If thou hast been foolish in lifting thyself up, And hast meditated evil, Put thy hand on thy mouth!
“तिमी मूर्ख भएर आफूलाई उच्च पार्यौ भने, अथवा तिमीले दुष्ट युक्ति रच्यौ भने, तिम्रो मुखमाथि हात राख!
33 For, as the pressing of milk bringeth forth cheese, And as the pressing of the nose bringeth forth blood, So the pressing of anger bringeth forth strife.
किनकि दूध मन्थन गरेर घिउ निस्केजस्तै, र नाक बटार्दा रगत निस्केजस्तै, रिसलाई चलाउँदा झगडा उत्पन्न हुन्छ।”