< Proverbs 25 >

1 These also are proverbs of Solomon, which the men of Hezekiah, king of Judah, collected.
यी सोलोमनका थप हितोपदेश हुन् जसलाई यहूदाका राजा हिजकियाका मानिसहरूले प्रतिलिपि गरे ।
2 It is the glory of God to conceal a thing; But it is the glory of kings to search out a matter.
कुनै विषय गोप्य राख्‍नुमा परमेश्‍वरको महिमा हुन्छ, तर यसको खोजी गर्नु राजाहरूको महिमा हो ।
3 As the heavens for their height, And as the earth for its depth, So is the heart of kings unsearchable!
जसरी आकाशहरू उचाइका लागि हुन्, र पृथ्वी गहिराइको लागि हो, त्यसै गरी राजाहरूको हृदय खोजी गर्न नसकिने खालको हुन्छ ।
4 Take away the dross from the silver, And there will come forth a vessel for the founder;
चाँदीबाट कसर निकालिदे, र धातुको काम गर्नेले त्यसलाई चाँदीलाई आफ्नो शिल्पकृतिमा प्रयोग गर्न सक्छ ।
5 Take away the wicked man from the presence of the king, And his throne will be established by righteousness.
त्यसै गरी, राजाको उपस्थितिबाट दुष्‍ट मानिसहरूलाई हटाइदे, र तिनको सिंहासन ठिक काम गरेर स्थापित हुने छ ।
6 Put not thyself forth in the presence of the king, Nor set thyself in the place of the great;
राजाको उपस्थितिमा आफैलाई नउचाल्, र उच्‍च मानिसहरूलाई तोकिएको ठाउँमा नबस् ।
7 For better is it that one should say to thee, “Come up hither!” Than that he should put thee in a lower place, In the presence of the prince whom thine eyes behold.
उच्‍च मानिसहरूको सामु तेरो अपमान हुनुभन्दा त बरु तँलाई “यहाँ माथि आऊ” भन्‍नु उत्तम हुन्छ ।
8 Go not forth hastily to engage in a suit, Lest thou know not what to do in the end of it, When thine adversary hath put thee to shame.
तैँले जे देखेको छस्, त्यसलाई झट्टै अदालतमा नलैजा । किनकि तेरो छिमेकीले तँलाई लाजमा पार्दा अन्त्यमा तँ के गर्ने छस्?
9 Maintain thy cause with thine adversary, But reveal not another's secret;
तेरो मुद्दालाई तँ र तेरो छिमेकीको बिचमा बहस गर्, र अर्कोको गुप्‍त कुरोलाई प्रकट नगर् ।
10 Lest he that heareth it put thee to shame, And thy infamy depart not from thee.
नत्रता सुन्‍ने व्यक्तिले तँमाथि लाज र तेरो विषयमा भएको खराब प्रतिवेदन ल्याउने छ जसलाई चुप गराउन सकिँदैन ।
11 A word spoken in season Is like apples of gold in figured-work of silver.
ठिक अवस्थामा बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन् ।
12 As a ring of gold, and an ornament of fine gold, So is a wise reprover to an attentive ear.
सुनको औँठी वा निखुर सुनबाट बनेको गहना सुन्‍ने कानको लागि बुद्धिमान् हप्कीझैँ हो ।
13 As the cold of snow in the time of harvest, So is a faithful messenger to them that send him; For he refresheth the spirit of his masters.
कटनीको समयमा हिउँको शीतलझैँ विश्‍वासयोग्य दूत त्यसलाई पठाउनेहरूका लागि हुन्छ । त्यसले आफ्ना मालिकहरूको जीवन फर्काएर ल्याउँछ ।
14 As clouds and wind without rain, So is the man that boasteth falsely of giving.
आफूले नदिएको उपहारबारे धाक लगाउने मानिस पानीविनाको बादल र बतासझैँ हुन्छ ।
15 By long forbearing is a prince appeased; And a soft tongue breaketh bones.
धैर्यताले शासकलाई पनि मनाउन सकिन्छ, र कोमल जिब्रोले हड्‍डीलाई गलाउन सक्छ ।
16 Hast thou found honey? eat what is sufficient for thee, Lest thou be surfeited with it, and vomit it up.
मह पाइस् भने चाहिँदो मात्रामा खा । नत्रता अत्यधिक खाइस् भने तैँले बान्ता गर्छस् ।
17 Let thy foot be seldom in the house of thy friend, Lest he be surfeited with thee and hate thee.
आफ्नो छिमेकीको घरमा अक्सर जाने नगर् । त्यो तँदेखि वाक्‍क भएर तँलाई घृणा गर्छ ।
18 A battle-hammer, and a sword, and a sharp arrow, Is the man who beareth false witness against his neighbor.
आफ्नो छिमेकीको विरुद्धमा झुटो साक्षी दिने मानिस युद्धमा प्रयोग गरिने लट्ठी, तरवार वा तिखो काँडजस्तै हो ।
19 As a broken tooth, and a wavering foot, So is trust in an unfaithful man in time of trouble.
तैँले कष्‍टको समयमा भरोसा गर्ने अविश्‍वासयोग्य मानिस दुःखेको दाँत वा चिप्लने खुट्टाजस्तै हो ।
20 As he that taketh off a garment on a cold day, As vinegar upon nitre, So is he that singeth songs to a heavy heart.
जाडो मौसममा खास्टो खोसेर लैजाने मानिस वा सोडामा सिर्का खन्याएझैँ दुःखित हृदय भएकोलाई गीत गाउने मानिसझैँ हुन्छ ।
21 If thine enemy be hungry, give him bread to eat; And if he be thirsty, give him water to drink;
तेरो शत्रु भोकाएको छ भने त्यसलाई खानलाई भोजन दे, र त्यो तिर्खाएको छ भने त्यसलाई पिउनलाई पानी दे ।
22 For thou wilt heap coals of fire upon his head, And the LORD will reward thee.
किनकि त्यसो गर्नाले तैँले त्यसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउने छस्, र परमप्रभुले तँलाई इनाम दिनुहुने छ ।
23 As the north wind bringeth forth rain, So a backbiting tongue maketh an angry countenance.
जसरी उत्तरी बतासले पक्‍कै वृष्‍टि ल्याउँछ, त्यसै गरी गुप्‍त कुराहरू बताउने जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ ।
24 Better is it to dwell in a corner of the housetop, Than with a quarrelsome woman in a large house.
झगडालु पत्‍नीसँग एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ ।
25 As cold water to the thirsty, So is good news from a far country.
तिर्खाएको मानिसलाई चिसो पानी जस्तो हुन्छ, टाढाको देशबाट आएको शुभ खबर त्यस्तै हुन्छ ।
26 As a troubled fountain, and as a corrupted spring, So is a righteous man falling before the wicked.
हिलोको फुहारा वा दूषित कुवाझैँ दुष्‍ट मानिसको सामु लर्खराउँदै हिँड्ने धर्मी मानिस हुन्छ ।
27 To eat much honey is not good; So the search of high things is weariness.
अत्यधिक मह खानु राम्रो हुँदैन । त्यसो गर्नु भनेको मान-सम्मान खोजीरहनुजस्तै हो ।
28 As a city broken through and without a wall, So is he that hath no rule over his spirit.
आत्मसंयमविनाको मानिस दरार भएको वा पर्खालविनाको सहरजस्तै हो ।

< Proverbs 25 >