< Micah 1 >

1 The word of Jehovah, which came to Micah, the Morasthite, in the days of Jotham, Ahaz, and Hezekiah, kings of Judah; which was revealed to him concerning Judah and Jerusalem.
यरूशलेमका राजाहरू योताम, आहाज, र हिजकियाको समयमा मोरेशेतका निवासी मीकाकहाँ परमप्रभुको यस्तो वचन आयो, जुन उनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए ।
2 Hear, all ye nations, Give ear, O earth, and all that is therein! The Lord, Jehovah, appeareth as a witness against you, The Lord from his holy palace.
सारा जातिका मानिस, यो सुन । पृथ्वी र त्यसमा भएका सबैले यो सुन । परमप्रभु परमेश्‍वर उहाँको पवित्र मन्दिरबाट तिमीहरूका विरुद्ध गवाही बनून् ।
3 Behold, Jehovah cometh forth from his dwelling-place; He cometh down, and advanceth upon the high places of the earth.
हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्‍च स्थानहरूमा आफ्नो पाउ राख्‍नुहुनेछ ।
4 The mountains melt under him, And the valleys cleave asunder, Like wax before the fire, Like waters poured down a steep place.
मैन आगोको सामु पग्‍लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्‍लन्‍छन्, र उपत्यकाहरू टुक्रिन्‍छन् ।
5 For the transgression of Jacob is all this, And for the sin of the house of Israel. Where is the transgression of Jacob? Is it not at Samaria? And where are the high places of Judah? Are they not at Jerusalem?
यो सबै याकूबको अपराध र इस्राएलको घरनाका पापको कारणले भएको हो । याकूबको अपराध के हो? के त्यो सामरिया होइन? यहूदाको उच्‍च स्थान के हो? के त्यो यरूशलेम होइन?
6 Therefore will I make Samaria a heap of stones in the field, A place for the planting of a vineyard; I will pour down her stones into the valley, And lay bare her foundations.
“म सामरियालाई भग्‍नावशेषको थुप्रो, र दाखबारी लगाउने स्थान बनाइदिनेछु, र म त्यसका ढुङ्गाहरूलाई तल उपत्यकामा फ्याँकिदिनेछु र म त्यसका जगहरूलाई नाङ्गा बनाइदिनेछु ।
7 All her graven images shall be beaten to pieces, And all the hire of her harlotry shall be burned with fire, And all her idols will I destroy. For from the hire of a harlot did she gather her ornaments, And to the hire of a harlot shall they return.
त्यसका सबै हातले बनाइएका चिजहरू टुक्रा-टुक्रा पारिनेछन्, र त्यसले पाएका सबै उपहारहरूलाई आगोद्धारा जलाइनेछ, र त्यसका सबै मुर्तिहरूलाई म नष्‍ट गर्नेछु । त्यसले आफ्ना उपहारहरू वेश्याको ज्यालाबाट संचय गरेको हुनाले, ती फेरि वेश्याकै ज्याला बन्‍नेछन् ।”
8 Therefore I will wail and howl; I will go stripped and naked; I will wail like the jackal, And mourn like the ostrich.
यसैकारण म विलाप गर्नेछु र रुनेछु; म खाली खुट्टा र नाङ्गै जानेछु । म स्यालहरूझैँ चिच्‍याउनेछु र लाटोकोसेरोझैँ शोक गर्नेछु ।
9 For her wound is mortal; It extendeth to Judah; It reacheth to the gate of my people, even to Jerusalem.
किनभने त्यसको घाउ निको हुँदैन, किनकि त्यो यहूदासम्म आएको छ । त्यो मेरा मानिसको प्रवेशद्धार, अर्थात् यरूशलेम पुगिसकेको छ ।
10 Tell it not in Gath! weep not in Acco! In Beth-Aprah roll yourselves in the dust!
गातमा यस विषयमा केही नबताओ, रुँदै नरोओ । बेथ-ओप्रामा म आफैँ धुलोमा लत्‍पतिन्छु ।
11 Pass on, thou inhabitant of Saphir, naked and in shame! The inhabitant of Zaanan no more goeth out; The grief of Beth-Azel denieth you an abode.
शाफीरका निवासीहरू, नग्‍नता र शर्ममा हिँड । सानानका निवासीहरू बाहिर ननिस्‍क । बेथ एजेल विलाप गर्दछ, किनकि तिनीहरूको सुरक्षा-स्थान खोसिएको छ ।
12 The inhabitant of Maroth mourneth for his goods, For evil came down from Jehovah to the gates of Jerusalem.
किनभने मरोतका निवासीहरू असल समाचारको निम्ति व्याकुल भएर पर्खन्छन्, किनभने परमप्रभुबाट यरूशलेमका प्रवेशद्धारहरुमा विनाश आएको छ ।
13 Bind the chariot to the courser, O inhabitant of Lachish! Thou wast the beginning of sin to the daughter of Zion; In thee were found the transgressions of Israel.
लाकीशका निवासीहरू, रथलाई घोडाहरूका समुहमा बाँध । ए लाकीश, सियोनकी छोरीको निम्ति तँ नै पापको सुरुवात थिइस्, किनकि तँमा नै इस्राएलका अपराधहरू भेटिएका थिए ।
14 Therefore shalt thou resign the possession of Moresheth of Gath; The houses of Achzib shall disappoint the kings of Israel.
यसैकारण तिमीहरूले मोरेशेत-गातलाई बिदाईको उपहार दिनेछौ । अक्‍जीबको नगरले इस्राएलका राजाहरूलाई निराश बनाउनेछन् ।
15 A possessor will I bring to thee, O inhabitant of Mareshah; The glory of Israel shall flee to Adullam.
मारेशाका निवासीहरू, म तिमीहरूको विरुद्धमा एउटा विजेता ल्याउनेछु । इस्राएलको वैभव अदुल्‍लाममा आउनेछ ।
16 Make thyself bald, cut off thy locks, for the children of thy love; Enlarge thy baldness like the eagle; For they have gone from thee into captivity.
तिमीहरू हर्षित हुने आफ्ना छोराछोरीहरूका निम्ति आफ्नो केश खौर । आफैँलाई गिद्धझैँ तालुखुइले बनाओ, किनभने तिमीहरूका छोराछोरीहरू तिमीहरूबाट टाढा निर्वासनमा जानेछन् ।

< Micah 1 >