< Matthew 25 >
1 Then the kingdom of heaven will be like ten virgins, who took their lamps, and went out to meet the bridegroom.
तब स्वर्गको राज्य ती दस कन्याजस्तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए ।
2 And five of them were foolish, and five wise.
तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए ।
3 For the foolish took their lamps, and took no oil with them.
किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् ।
4 But the wise took oil in their vessels with their lamps.
तर बुद्धिमती कन्याहरू प्रत्येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे ।
5 And as the bridegroom tarried, they all slumbered and slept.
दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्द्रामा परे र सुते ।
6 But at midnight there was a cry, Lo! the bridegroom! go out to meet him.
तर मध्यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा! बाहिर जाऊ अनि उनलाई भेट ।’
7 Then all those virgins arose, and trimmed their lamps.
त्यसपछि ती सबै कन्या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्क पारे ।
8 And the foolish said to the wise, Give us of your oil, for our lamps are going out.
निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्न लागेका छन् ।’
9 But the wise answered, saying, Perhaps there will not be enough for us and you; go rather to those who sell, and buy for yourselves.
तर बुद्धिमती कन्याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्त पुग्ने तेल नभएकोले, तेल बेच्नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’
10 And while they went to buy, the bridegroom came; and they who were ready went in with him to the wedding; and the door was shut.
जब तिनीहरू तेल किन्न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्द गरियो ।
11 Afterward came also the other virgins, saying, Lord, lord, open to us.
केही समयपछि अरू कन्याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस् ।’
12 But he answering said, Truly do I say to you, I know you not,
तर उनले जवाफ दिएर भने, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ ।’
13 Watch, therefore, for ye know not the day nor the hour.
त्यसकारण, जागा रहो, किनकि त्यो दिन वा घडी तिमीहरूलाई थाहा छैन ।
14 For it will be as when a man going abroad called his own servants, and intrusted to them his property;
किनकि यो परदेश जानै लागेको मानिसजस्तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्पत्तिको जिम्मा दिए ।
15 and to one he gave five talents, to another two, and to another one, to each according to his ability, and went abroad.
उनले तिनीहरूमध्ये एक जनालाई पाँच सिक्का दिए; अर्कोलाई दुई सिक्का र फेरि अर्कोलाई उनले एक सिक्का दिए । प्रत्यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए, अनि त्यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो ।
16 He that had received the five talents went immediately and traded with the same, and gained five talents more.
पाँच सिक्का पाउने तुरुन्तै गयो र उसले त्यसलाई लगानी गर्यो, र त्यसबाट अर्को पाँच सिक्का कमायो ।
17 In like manner, he that had received the two gained two more.
त्यसै गरी, जसले दुई सिक्का पाएको थियो, उसले पनि त्यसबाट अर्का दुई सिक्का कमायो ।
18 But he that had received the one went and dug in the earth, and hid his lord's money.
तर एउटा मात्र सिक्का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।
19 And after a long time the lord of those servants cometh, and reckoneth with them.
अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।
20 And he that had received the five talents came and brought five talents more, saying, Lord, thou intrustedst to me five talents; see, I have gained five talents more.
पाँच सिक्का पाएको नोकर आयो र उसले अर्को पाँचवटा सिक्का ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँचवटा सिक्का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का पाँचवटा सिक्का कमाएको छु ।’
21 His lord said to him, Well done, good and faithful servant! thou hast been faithful over a little, I will place thee in charge of much; enter into the joy of thy lord.
उसको मालिकले उसलाई भने, ‘स्याबास, असल र विश्वासयोग्य नोकर! तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’
22 He also that had received the two talents came and said, Lord, thou intrustedst to me two talents; see, I have gained two talents more.
दुईवटा सिक्का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुईवटा सिक्का दिनुभएको थियो । हेर्नुहोस्, मैले अर्का दुईवटा सिक्का कमाएको छु ।’
23 His lord said to him, Well done, good and faithful servant! thou hast been faithful over a little, I will place thee in charge of much; enter into the joy of thy lord.
उसको मालिकले उसलाई भने, ‘स्याबास, असल र विश्वासयोग्य नोकर! तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’
24 Then he also that had received the one talent came and said, Lord, I knew thee to be a hard man, reaping where thou didst not sow, and gathering where thou didst not scatter seed;
त्यसपछि एउटा सिक्का पाएको नोकर आयो र भन्यो, ‘मलाई थाहा छ, कि तपाईं कडा स्वभावको मानिस हुनुहुन्छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ ।
25 and I was afraid, and went and hid thy talent in the earth. See! thou hast thine own.
मलाई डर थियो । त्यसकारण, म गएँ र तपाईंको सिक्कालाई जमिनमुनि लुकाइराखेँ । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’
26 But his lord answered and said to him, Wicked and slothful servant! Didst thou know that I reap where I sowed not, and gather where I did not scatter seed?
तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।
27 Thou oughtest then to have put my money with the money-dealers, and on my coming I should have received mine own with interest.
त्यसकारण, तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्याजसहित पाउने थिएँ ।
28 Take therefore the talent from him, and give it to him who hath the ten talents.
त्यसकारण, त्योसँग भएको एक सिक्का लेओ र जुन नोकरसँग दस सिक्का छ त्यसलाई देओ ।
29 For to every one that hath will be given, and he will have abundance; but from him that hath not, even that which he hath will be taken away.
किनकि जससँग छ त्यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्यससँग भएको पनि त्यसबाट खोसिनेछ ।
30 And cast out the unprofitable servant into the outer darkness; there will be wailing and gnashing of teeth.
त्यो बेकम्मा नोकरलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
31 And when the Son of man shall come in his glory, and all the angels with him, then will he sit on the throne of his glory,
जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।
32 and before him will be gathered all the nations; and he will separate men one from another, as a shepherd separateth the sheep from the goats;
उनको सामुन्ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् ।
33 and he will set the sheep on his right hand, and the goats on the left.
उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्नेछन् ।
34 Then will the king say to those on his right hand, Come, ye blessed by my Father, inherit the kingdom prepared for you from the foundation of the world.
त्यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्यलाई अधिकार गर ।
35 For I was hungry, and ye gave me food; I was thirsty, and ye gave me drink; I was a stranger, and ye took me in;
किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ;
36 naked, and ye clothed me; I was sick, and ye visited me; I was in prison, and ye came to me.
म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्ता गर्यौ; म झ्यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’
37 Then will the righteous answer him, saying, Lord, when saw we thee hungry, and fed thee? or thirsty, and gave thee drink?
त्यसपछि धर्मी जनहरूले जवाफ दिई भन्नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्यौँ र तपाईंलाई खुवायौँ? वा तिर्खाउनुभएको देख्यौँ र तपाईंलाई पिउन दियौँ?
38 and when saw we thee a stranger, and took thee in? or naked, and clothed thee?
र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्यौँ र तपाईंलाई भित्र ल्यायौँ?
39 or when did we see thee sick, or in prison, and come to thee?
र हामीले तपाईंलाई बिरामी वा झ्यालखानामा कहिले देख्यौँ र हामी तपाईंकहाँ आयौँ?’
40 And the king will answer and say to them, Truly do I say to you, Inasmuch as ye did it to one of the least of these my brethren, ye did it to me.
र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्दा सानोलाई जे-जति गर्यौ, त्यो मेरो निम्ति नै गर्यौ ।’
41 Then will he say also to those on the left hand, Depart from me, ye cursed, into the everlasting fire, which is prepared for the Devil and his angels. (aiōnios )
त्यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो, (aiōnios )
42 For I was hungry, and ye gave me no food; I was thirsty, and ye gave me no drink;
किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ;
43 I was a stranger, and ye took me not in; naked, and ye clothed me not; sick, and in prison, and ye visited me not.
म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; नाङ्गो थिएँ, तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’
44 Then will they also answer, saying, Lord, when saw we thee hungry, or thirsty, or a stranger, or naked, or sick, or in prison, and did not minister to thee?
त्यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्यौँ र हामीले तपाईंको सेवा गरेनौँ?’
45 Then will he answer them, saying, Truly do I say to you, Inasmuch as ye did it not to one of the least of these, ye did it not to me.
अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्दा सानोलाई तिमीहरूले जे गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’
46 And these will go away into everlasting punishment; but the righteous into everlasting life. (aiōnios )
यिनीहरू अनन्तको दण्डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्त जीवनमा प्रवेश गर्नेछन् ।” (aiōnios )