< Mark 1 >
1 The beginning of the gospel of Jesus Christ;
परमेश्वरका पुत्र, येशू ख्रीष्टको विषयमा सुसमाचारको सुरुवात,
2 as it is written in Isaiah the prophet: “Lo! I send my messenger before thy face, who shall prepare thy way;”
यशैया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ: “म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।”
3 “The voice of one crying in the wilderness, Prepare the way of the Lord, make straight his paths!”
“उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।’”
4 John the Baptizer appeared in the wilderness, preaching a baptism of repentance for the remission of sins.
यसरी बप्तिस्मा दिने यूहन्ना उजाडस्थानका इलाकामा पाप क्षमाका लागि पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै आए।
5 And there went out to him all the country of Judaea, and all they of Jerusalem and were baptized by him in the river Jordan, confessing their sins.
यहूदियाका सम्पूर्ण गाउँका मानिसहरू र यरूशलेमका मानिसहरू तिनीकहाँ गए, र आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीद्वारा यर्दन नदीमा बप्तिस्मा लिए।
6 And John was clothed with camel's hair, and with a leathern girdle about his loins, and he ate locusts and wild honey.
यूहन्नाले ऊँटको रौँबाट बनेको वस्त्र लाउँथे। कम्मरमा छालाको पेटी बाँध्दथे; अनि तिनले सलह र वन-मह खान्थे।
7 And he preached, saying, There cometh after me one mightier than I, the latchet of whose sandals I am not worthy to stoop down and loose.
तिनको सन्देश यस्तो थियो: “म पछि मभन्दा शक्तिशाली एक जना आउनुहुनेछ, जसका जुत्ताको फित्ता निहुरेर फुकाउन योग्यको म छैनँ।
8 I have baptized you with water; but he will baptize you in the Holy Spirit.
म तिमीहरूलाई पानीले मात्र बप्तिस्मा दिन्छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”
9 And it came to pass that in those days Jesus came from Nazareth of Galilee, and was baptized by John in the Jordan.
त्यस बेला येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाद्वारा यर्दनमा बप्तिस्मा लिनुभयो।
10 And immediately on coming up out of the water, he saw the heavens parted, and the Spirit descending as a dove upon him.
जब येशू पानीबाट बाहिर निस्केर आउँदैहुनुहुन्थ्यो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरझैँ उहाँमाथि ओर्लंदै गर्नुभएको देख्नुभयो।
11 And there was a voice from the heavens, “Thou art my beloved Son; with thee I am well pleased.”
अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, जसलाई म प्रेम गर्छु; तिमीसँग म अति प्रसन्न छु।”
12 And immediately the Spirit driveth him forth into the wilderness.
पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाडस्थानमा लैजानुभयो,
13 And he was in the wilderness forty days, tempted by Satan, and was with the wild beasts; and the angels ministered to him.
अनि उहाँ उजाडस्थानमा शैतानद्वारा परीक्षित हुँदै चालीस दिनसम्म जङ्गली जनावरहरूसित रहनुभयो। उहाँलाई स्वर्गदूतहरूले सेवाटहल गरे।
14 But after John was put in prison, Jesus came into Galilee, preaching the glad tidings of God,
यूहन्ना झ्यालखानामा हालिएपछि येशू परमेश्वरको सुसमाचार घोषणा गर्दै गालील प्रदेशमा जानुभयो।
15 [[saying, ]] The time is fulfilled, and the kingdom of God is at hand; repent, and believe the glad tidings.
उहाँले भन्नुभयो, “समय पूरा भइसकेको छ, परमेश्वरको राज्य नजिकै आइपुगेको छ। पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर!”
16 And as he was passing along by the lake of Galilee, he saw Simon and Andrew the brother of Simon dragging a net in the lake; for they were fishers.
जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए।
17 And Jesus said to them, Come after me, and I will cause you to become fishers of men.
येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।”
18 And immediately they left their nets, and followed him.
त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे।
19 And going on a little farther, he saw James the son of Zebedee, and John his brother, who also were in the boat mending the nets;
उहाँ अलि पर पुगेपछि, उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो।
20 and immediately he called them. And leaving their father Zebedee in the boat with the hired men, they went after him.
तुरुन्तै उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना बुबा जब्दीलाई ज्यालादारहरूको साथमा डुङ्गामा छोडेर उहाँको पछि लागे।
21 And they enter Capernaum; and immediately on the sabbath he was teaching in the synagogue.
उहाँहरू कफर्नहुममा जानुभयो, अनि शब्बाथको दिन सुरु हुनेबित्तिकै येशू सभाघरमा गएर शिक्षा दिन थाल्नुभयो।
22 And they were astonished at his teaching; for he taught them as having authority, and not as the scribes.
मानिसहरू उहाँको शिक्षामा छक्क परे; किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुभयो।
23 And immediately there was in their synagogue a man with an unclean spirit, and he cried out,
त्यति नै बेला अशुद्ध आत्मा लागेको एक जना मानिस सभाघरमा यसरी करायो,
24 saying, What have we to do with thee, Jesus of Nazareth? Thou hast come to destroy us; we know who thou art, the Holy One of God.
“हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु, तपाईं परमेश्वरको पवित्र जन हुनुहुन्छ!”
25 And Jesus rebuked him, [[saying, ]] Be silent, and come out of him.
येशूले त्यसलाई हकारेर भन्नुभयो, “चुप लाग्! त्यसबाट निस्किजा!”
26 And the unclean spirit convulsing him, and crying out with a loud voice, came out of him.
अशुद्ध आत्माले त्यस मानिसलाई जोडसित हल्लायो, र चिच्याएर त्यसबाट निस्क्यो।
27 And they were all amazed, so that they questioned each other, saying, What is this? New teaching with authority; even the unclean spirits doth he command, and they obey him!
तब ती मानिसहरू अति छक्क परे, तिनीहरूले एक-अर्कालाई भने, “यो के हो? अधिकार सहितको नयाँ शिक्षा हो? यिनले त अशुद्ध आत्माहरूलाई पनि आज्ञा दिन्छन्, र तिनीहरूले यिनको आज्ञा मान्दछन्।”
28 And immediately his fame spread abroad everywhere through the whole surrounding country of Galilee.
उहाँको विषयमा यो खबर सारा गालील प्रदेशभरि फैलियो।
29 And having come out of the synagogue, they immediately entered the house of Simon and Andrew, with James and John.
उहाँहरूले सभाघर छोड्नसाथ उहाँहरू याकोब र यूहन्नासित सिमोन र अन्द्रियासको घरमा जानुभयो।
30 And Simon's wife's mother lay sick of a fever; and they immediately speak to him about her.
त्यस ठाउँमा सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, र तुरुन्तै तिनीहरूले येशूलाई तिनको विषयमा भने।
31 And he went to her, and took her by the hand, and raised her up; and the fever left her, and she waited on them.
येशू तिनीकहाँ जानुभयो, र तिनको हात पक्रेर उठ्नलाई सहायता गर्नुभयो। ज्वरोले तिनलाई छोडिहाल्यो; अनि तिनले उहाँहरूको सेवा गरिन्।
32 And in the evening, when the sun had set, they brought to him all that were sick, and those who were possessed by demons;
त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगीहरू र दुष्ट आत्मा लागेका धेरैजनालाई येशूकहाँ ल्याए।
33 and the whole city was assembled at the door.
सहरका सारा मानिसहरू ढोकामा नै भेला भए;
34 And he healed many that were sick with various diseases, and cast out many demons; and he suffered not the demons to speak, because they knew him.
अनि येशूले विभिन्न किसिमका रोग लागेका धेरैलाई निको पार्नुभयो। उहाँले धेरै भूतहरूलाई धपाउनुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन; किनभने तिनीहरूले उहाँ को हुनुहुन्छ भनी जान्दथे।
35 And rising early, long before day, he went out, and withdrew into a desert place, and there prayed.
एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो र एउटा एकान्त ठाउँमा गएर त्यहाँ उहाँले प्रार्थना गर्नुभयो।
36 And Simon and those with him went in search of him,
सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए।
37 and found him. And they say to him, All people are in search of thee.
जब उहाँलाई भेट्टाए, तिनीहरूले भने: “सबैले तपाईंलाई खोज्दैछन्!”
38 And he saith to them, Let us go elsewhere into the neighboring towns, that I may preach there also; for, for this I came forth.
येशूले जवाफ दिनुभयो, “हामी अरू नै कतै छेउछाउका गाउँहरूमा जाऔँ, ताकि त्यहाँ पनि म प्रचार गर्न सकूँ; किनकि म यसैका लागि आएको हुँ।”
39 And he went, preaching in their synagogues throughout all Galilee, and casting out the demons.
यसरी उहाँ गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरू निकाल्दै यात्रा गर्नुभयो।
40 And there cometh a leper to him beseeching him, and kneeling down, saying to him, If thou wilt, thou canst cleanse me.
एक जना कुष्ठरोग लागेको मानिस उहाँकहाँ आएर घुँडा टेक्दै उहाँसित बिन्ती गर्यो, “यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
41 And Jesus, moved with compassion, put forth his hand, and touched him, and saith, I will; be thou cleansed.
दयाले भरिएर येशूले आफ्नो हात पसारेर त्यस मानिसलाई छुनुभयो र उहाँले भन्नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!”
42 And immediately the leprosy left him, and he was cleansed.
तुरुन्तै कुष्ठरोगले त्यसलाई छोड्यो, र त्यो शुद्ध भयो।
43 And sternly charging him, he immediately sent him away,
येशूले त्यसलाई कडा चेतावनी दिँदै पठाउनुभयो:
44 saying to him, See that thou say nothing to any one; but go, show thyself to the priest, and offer for thy cleansing what Moses commanded, for a testimony to them.
“यो कुरा कसैलाई नभन्नू; तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ, र मोशाले तिमीहरूको शुद्धीकरणका निम्ति दिएका आज्ञाअनुसार तिनीहरूका साक्षीको लागि बलिदानहरू चढाऊ।”
45 But he went away, and began to publish it constantly, and to spread the matter abroad, so that Jesus could no more enter a city openly, but was without in desert places; and they came to him from every quarter.
तर त्यो बाहिर गयो, र खुल्लमखुल्ला त्यो खबर फैलाउन थाल्यो। त्यसकारण उहाँ सहरमा पस्न सक्नुभएन, र बाहिर एकान्त ठाउँहरूमा रहनुभयो। तैपनि हरेक ठाउँबाट मानिसहरू उहाँकहाँ आए।