< Mark 16 >
1 And when the sabbath was past, Mary the Magdalene, and Mary the mother of James, and Salome, bought spices, that they might come and anoint him.
जब शबाथ-दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला ल्याए, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून् ।
2 And very early on the first day of the week, they came to the tomb at the rising of the sun.
हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए ।
3 And they said to one another, Who will roll away for us the stone from the door of the tomb?
तिनीहरूले एक आपसमा भन्दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?”
4 And looking up they see that the stone had been rolled back; for it was very large.
जब तिनीहरूले माथि हेरे र उनीहरूले ढुङ्गा हटाइसकेको देखे, किनभने ढुङ्गा धेरै ठुलो थियो ।
5 And they entered the tomb, and saw a young man sitting on the right side, clothed in a long white garment; and they were affrighted.
उनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे, र तिनीहरू छक्क परे ।
6 But he saith to them, Be not affrighted; ye seek Jesus the Nazarene who was crucified; he hath risen; he is not here; behold the place where they laid him.
तिनले तिनीहरूलाई भने, “नडराओ ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर ।
7 But go, tell his disciples and Peter, that he is going before you into Galilee; there ye will see him, as he said to you.
तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेओ, कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । उहाँले भन्नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ ।
8 And they went out, and fled from the tomb; for trembling and amazement had seized them, and they said nothing to any one; for they were terrified.
तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्क परे । तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनकि तिनीहरू डराएका थिए ।
9 (note: The most reliable and earliest manuscripts do not include Mark 16:9-20.) (The remaining twelve verses, according to Tischendorf and others, made originally no part of Mark's Gospel. As the passage was added very early, however, since it is referred to by Irenaeus in the latter part of the second century, it is here given, as an appendix.) [[And having risen early, on the first day of the week, he appeared first to Mary the Magdalene, out of whom he had cast seven demons.
(note: The most reliable and earliest manuscripts do not include Mark 16:9-20.) [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] हप्ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो ।
10 She went and reported it to those who had been with him, who were mourning and weeping.
उनी गइन् र उनीसँग भएका सबैलाई बताइन् । त्यस बेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए ।
11 And they, when they heard that he was alive, and had been seen by her, did not believe.
तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्वास गरेनन् ।
12 After this, he manifested himself in another form to two of them as they walked, going into the country.
[टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो ।
13 And they went and reported it to the rest; and even them they did not believe.
तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर उनीहरूले तिनीहरूलाई विश्वास गरेनन् ।
14 Afterward he manifested himself to the eleven themselves, as they were reclining at table, and upbraided them with their unbelief and hardness of heart, because they did not believe those who had seen him after he had risen.
[टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्नेहरूका कुरा विश्वास गरेनन् ।
15 And he said to them, Go ye into all the world, and preach the glad tidings to the whole creation.
उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्टिलाई सुसमाचार प्रचार गर ।
16 He that believeth and is baptized will be saved; but he that doth not believe will be condemned.
जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ ।
17 And these signs will accompany believers: In my name they will cast out demons; they will speak with new tongues;
[टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् ।
18 they will take up serpents; and if they drink any deadly thing, it will not hurt them; they will lay their hands on the sick, and they will recover.
तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्नेछन् र तिनीहरू निको हुनेछन् ।
19 So then, the Lord, after he had spoken to them, was taken up into heaven, and sat down on the right hand of God;
[टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] प्रभु तिनीहरूसँग बोलिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिलगिनुभयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो ।
20 and they went forth, and preached every where, the Lord working with them, and confirming the word by the signs which followed it.]]
चेलाहरू गए, र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्चर्य चिन्हहरूले वचनलाई पुष्टि गर्नुभयो ।