< Mark 15 >
1 And as soon as it was morning, the chief priests, having held a consultation with the elders and the scribes, and the whole council, bound Jesus, and carried him away, and delivered him up to Pilate.
बिहान सबेरै मुख्य पुजारीहरूसँगै धर्म-गुरुहरू, शास्त्रीहरू र सम्पूर्ण यहूदी परिषद्सँगै भेला भए । अनि तिनीहरूले येशूलाई बाँधे र लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए ।
2 And Pilate asked him, Art thou the king of the Jews? And he answering saith to him, I am.
पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ ।”
3 And the chief priests brought many charges against him.
मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए ।
4 And Pilate asked him again, Dost thou make no answer? See what things they are testifying against thee!
पिलातसले फेरि पनि येशूलाई सोधे, “किन तिमी जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन्?”
5 But Jesus made no further answer; so that Pilate marveled.
तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्क परे ।
6 Now at the feast he was wont to release to them one prisoner, whom they might ask.
अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्त गर्थे ।
7 And there was one named Barabbas, who lay bound with insurgents who had committed murder in the insurrection.
विद्रोहमा विद्रोहीहरूसँगै सहभागी भएका हत्याराहरूमध्ये त्यहाँ झ्यालखानामा बारब्बा नाउँ गरेका एक जना मानिस कैदमा थिए ।
8 And the multitude, coming up, began to ask him to do as he had been wont to do for them.
भिड पिलातसकहाँ आयो र तिनले विगतमा गरेझैँ तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाले ।
9 And Pilate answered them, saying, Will ye that I release to you the king of the Jews?
पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्त गरेको चाहन्छौ?”
10 For he knew that for envy the chief priests had delivered him up.
किनभने डाहको कारणले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्ने तिनलाई थाहा थियो ।
11 But the chief priests stirred up the multitude, that he should rather release to them Barabbas.
तर मुख्य पुजारीहरूले भिडलाई बरु बारब्बालाई नै मुक्त गरिनुपर्छ भनी कराउन उक्साएका थिए ।
12 And Pilate answering again said to them, What then would ye have me do with him whom ye call the king of the Jews?
पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त?”
13 And they cried out again, Crucify him!
तिनीहरू फेरि चिच्च्याए, “त्यसलाई क्रुसमा टाँग्नुहोस्!”
14 Then Pilate said to them, Why, what evil hath he done? And they cried out the more, Crucify him!
पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्च्याए, “त्यसलाई क्रुसमा टाँग्नुहोस् ।”
15 And Pilate, wishing to satisfy the multitude, released to them Barabbas; and, when he had scourged Jesus, delivered him up to be crucified.
पिलातसले भिडलाई सन्तुष्ट पार्न चाहे । त्यसैले, तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र क्रुसमा टाँग्नको निम्ति सुम्पिदिए ।
16 And the soldiers led him away into the court, which is the Praetorium; and they call together the whole band.
सिपाहीहरूले उहाँलाई (ब्यारेकभित्रको) चोकमा लगे र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए ।
17 And they clothe him with purple, and having platted a crown of thorns, they put it on him.
तिनीहरूले येशूलाई बैजनी रङको पोशाक पहिराइदिए र तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए ।
18 And they began to salute him: Hail, king of the Jews!
तिनीहरूले “हे यहूदीहरूका राजा” भनी उहाँलाई सलाम गर्न थाले ।
19 And they struck him on the head with a reed, and spit upon him, and kneeling down, did him homage.
तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए र उहाँलाई थुके । तिनीहरूले सम्मानमा उहाँको सामु घुँडा टेके ।
20 And after they had made sport of him, they stripped him of the purple robe, and put his own garments on him. And they lead him out to crucify him.
जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्न लिएर गए ।
21 And they compel one Simon a Cyrenaean, who was passing by, coming from the country, the father of Alexander and Rufus, to carry his cross.
तिनीहरूले गाउँबाट आइरहेका (अलेक्जेन्डर र रुफसका बुबा) कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए; तिनीहरूले तिनलाई येशूको क्रुस बोक्न कर लगाए ।
22 And they bring him to the place Golgotha; which is, when interpreted, Place of a Skull.
सिपाहीहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए ( जसको अर्थ हुन्छः “खप्परको ठाउँ”) ।
23 And they gave him wine mingled with myrrh; but he did not take it.
तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन ।
24 And they crucify him, and divide his garments, casting lots for them, what each should take.
तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए ।
25 And it was the third hour when they crucified him.
तिनीहरूले उहाँलाई क्रुसमा टाँग्दा तेस्रो पहर भएको थियो ।
26 And on the cross the inscription of the charge against him was written: “The king of the Jews.”
तिनीहरूले उहाँको विरुद्धमा यस्तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।”
27 And with him they crucify two robbers; one on his right hand, and one on his left.
तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि ।
[टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२:३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्ने धर्मशास्त्रको वचन पुरा भयो ।
29 And they that passed by reviled him, wagging their heads, and saying, Ha! thou that destroyest the temple, and buildest it up in three days,
त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा! तिमीले त मन्दिरलाई नष्ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ त,
30 save thyself, and come down from the cross.
आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ!”
31 In like manner also the chief priests, with the scribes, making sport among themselves, said, He saved others, cannot he save himself?
त्यसै गरी, मुख्य पुजारीहरूले शास्त्रीहरूसँग मिलेर एक-आपसमा यसो भन्दै उहाँको गिल्ला गरे, “त्यसले अरूहरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन ।
32 Let the Christ, the king of Israel, come down now from the cross, that we may see and believe. And they that were crucified with him were reviling him.
इस्राएलका राजा ख्रीष्ट क्रुसबाट तल ओर्लेर आओस्, ताकि हामी देखेर विश्वास गर्न सकौँ ।” अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्ला गरे ।
33 And when the sixth hour had come, there was darkness over the whole land until the ninth hour.
छैटौँ घडीदेखि नवौँ घडीसम्म सारा जगत्मा अन्धकार छायो ।
34 And at the ninth hour Jesus cried with a loud voice, Eloi, Eloi, lema sabachthani? which is, when interpreted, My God, my God, why hast thou forsaken me?
नवौँ घडीमा येशू ठुलो स्वरमा यसो भन्दै कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” जसको अर्थ, “मेरा परमेश्वर, मेरा परमेश्वर, मलाई किन त्याग्नुभएको?” भन्ने हुन्छ ।
35 And some of those who stood by, when they heard it, said, See! he is calling for Elijah.
त्यहाँ उभिएकाहरूमध्ये केहीले यो सुनेर भने, “हेर, त्यसले एलियालाई बोलाउँदै छ ।”
36 And one ran and filled a sponge with vinegar, and put it on a reed, and gave it to him to drink, saying, Hold! Let us see whether Elijah will come to take him down.
कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले, र यसलाई निगालोको लट्ठीमा राखे, अनि उहाँलाई दिए । त्यो मानिसले भने, “उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है त ।”
37 And Jesus, having uttered a loud cry, expired.
तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्नुभयो ।
38 And the veil of the temple was rent in two from the top to the bottom.
मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो ।
39 And the centurion who stood over against him, seeing that he so expired, said, Truly this man was the Son of God.
जब त्यहाँ उभिएर येशू यसरी मर्नुभएको देख्ने कप्तानले यो देखे, तिनले भने, “साँच्चै, यी मानिस परमेश्वरका पुत्र नै थिए ।”
40 There were also women looking on from a distance; among whom was Mary the Magdalene, and Mary the mother of James the less and of Joses, and Salome;
त्यहाँ टाढाबाटै हेर्ने स्त्रीहरू पनि थिए । तिनीहरूमध्ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा), र सलोमी थिए ।
41 who, when he was in Galilee, followed him, and rendered him their services; and many other women who came up with him to Jerusalem.
उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे । अरू धेरै स्त्री पनि उहाँसँग यरूशलेम आएका थिए ।
42 And evening having now come, because it was the preparation, that is, the day before the sabbath,
जब साँझ पर्यो, यो तयारी गर्ने दिन अर्थात् शबाथ-दिनको अगिल्लो दिन भएको हुनाले
43 Joseph of Arimathaea, an honorable councilor, who was himself waiting for the kingdom of God, came, and boldly went in to Pilate, and asked for the body of Jesus.
अरिमाथियाका योसेफ त्यहाँ आए । तिनी परिषद्का आदरणीय व्यक्ति थिए, जसले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए । तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे ।
44 And Pilate wondered that he was already dead; and calling to him the centurion, he asked him whether he had been long dead.
येशू पहिले नै मरिसक्नुभएको थियो भनी सुन्दा पिलातस छक्क परे; तिनले कप्तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे ।
45 And having been informed by the centurion, he gave the body to Joseph.
जब तिनले येशू मरिसक्नुभएको कुरा कप्तानबाट थाहा पाए, तिनले येशूको शरीर योसेफलाई दिए ।
46 And having bought fine linen, he took him down, and wrapped him in the linen, and laid him in a tomb which was hewn out of a rock, and rolled a stone to the door of the tomb.
योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रुसबाट तल झारे; उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले चिहानको मुखमा एउटा ढुङ्गालाई गुडाएर छोपे ।
47 And Mary the Magdalene and Mary the mother of Joses saw where he was laid.
मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्ने देखेका थिए ।