< Luke 8 >
1 And it came to pass afterward, that he journeyed through cities and villages, preaching and publishing the glad tidings of the kingdom of God; and the twelve were with him,
यसपछि छिट्टै प्रभु येशू आफ्ना बाह्र जना चेलाका साथमा वरपरका सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्दै जानुभयो ।
2 and certain women who had been cured of evil spirits and infirmities, Mary called Magdalene, out of whom had come seven demons,
केही स्त्रीहरू जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए, तिनीहरू पनि उहाँहरूसँगै थिए । तिनीहरू मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए ।
3 and Joanna, the wife of Chuzas, Herod's steward, and Susanna, and many others, who afforded them aid from their substance.
हेरोदका कारिन्दा खुजासकी पत्नी योअन्ना र सुसन्ना, यिनीहरू र अरूहरू आफ्ना भौतिक स्रोतहरूबाट उहाँहरूका निम्ति जुटाई दिन्थे ।
4 And a great multitude collecting together, and people from the cities going out to him, he spoke by a parable:
अब मानिसहरूको एउटा ठुलो भिड एकसाथ भेला भएको थियो, साथै धेरै विभिन्न सहरबाट मानिसहरूसमेत उहाँकहाँ आइरहेका थिए । उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो ।
5 A sower went forth to sow his seed; and as he sowed, some seeds fell by the way-side; and they were trodden down, and the birds of the air devoured them.
“एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।
6 And others fell upon rocky ground; and when they had sprung up they withered away, because they had no moisture.
अरू बिउ ढुङ्गेनी जमिनमा परे र चाँडै ती बोटको रूपमा बढे र सुकिहाले, किनकि त्यो जमिन ओबानो थियो ।
7 And others fell among thorns; and the thorns sprung up with them, and choked them.
अझै अरू बिउहरू काँढाँका बिरुवाहरूमा परे, र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँढे झाडीले निसासिदियो ।
8 And others fell upon good ground, and sprung up, and bore fruit, a hundred-fold. While saying these things, he cried aloud, He that hath ears to hear, let him hear.
तर केही बिउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँले बोलाउनुभयो, जससँग सुन्ने कानहरू छन् त्यसले सुनोस् ।
9 And his disciples asked him what this parable meant.
त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्टान्तको अर्थ के हुन सक्छ भनी सोधे ।
10 And he said, To you it hath been given to know the mysteries of the kingdom of God; but to others [[these things are spoken]] in parables; that while seeing they may not see, and while hearing they may not understand.
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई परमेश्वरका राज्यका रहस्यका कुराहरू बुझ्ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्टान्तमा सिकाइने छ । त्यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्नेछैनन्, सुनेर पनि बुझ्नेछैनन् ।’
11 Now the meaning of the parable is this. The seed is the word of God.
अब दृष्टान्तको अर्थ यही होः बिउ परमेश्वरको वचन हो ।
12 Those by the way-side are they that hear; then cometh the Devil and taketh away the word from their heart, that they may not believe and be saved.
बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्वास नगरून् र नबाँचून् ।
13 Those on the rocky ground are they who, when they hear, receive the word with joy; and these have no root; and for a while they believe, and in time of temptation fall away.
त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन् ।
14 And those seeds which fell among the thorns, these are they who, when they have heard, go away and are choked with the cares and riches and pleasures of life, and bring no fruit to perfection.
काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्व फल फलाउन सक्दैनन् ।
15 But the seeds on the good ground, these are they who in an honest and good heart, when they have heard the word, hold it fast, and bear fruit with constancy.
तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।
16 And no one having lighted a lamp, covereth it with a vessel, or putteth it under a bed; but setteth it on a lampstand, that those who come in may see the light.
अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन, बरु यसलाई उसले सामदानमा राख्छ, ताकि भित्र पस्ने सबैले उज्यालो देखून् ।
17 For nothing is secret, that will not be made manifest; nor hidden, that will not be known, and come to light.
किनभने कुनै पनि कुरालाई प्रकट हुन नसक्ने गरी लुकाउन सकिँदैन, न त कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्ने र ज्योतिमा आउन नसक्ने हुन्छ ।
18 Take heed therefore how ye hear; for whoever hath, to him will be given; and whoever hath not, from him will be taken even what he seemeth to have.
त्यसैकारण, तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार होओ, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्योसमेत उसबाट खोसिनेछ ।”
19 And his mother and his brothers came where he was, and could not get to him on account of the crowd.
त्यसपछि येशूकी आमा र भाइहरू उहाँकहाँ आए, तर भिडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् ।
20 And word was brought to him, Thy mother and thy brothers stand without, desiring to see thee.
र उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्छा गरी बाहिर पर्खिरहेका छन् ।”
21 And he answering said to them, My mother and my brothers are these, who hear the word of God, and do it.
तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “मेरा आमा र भाइहरू भनेका ती हुन्, जसले मेरो वचन सुन्छन् र पालना गर्छन् ।”
22 Now it came to pass on a certain day, that he went into a boat with his disciples, and said to them, Let us go over to the other side of the lake; and they put off.
अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो, र तिनीहरूलाई भन्नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔँ ।” तब उहाँहरू डुङ्गामा चढ्नुभयो ।
23 But as they were sailing, he fell asleep. And there came down a storm of wind on the lake, and they were filling with water, and were in jeopardy.
तर उहाँहरू यात्रामा हुनुहुँदा, प्रभु येशू निदाउनुभयो र त्यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए ।
24 And they came and awoke him, saying, Master, master, we are perishing! And he rose, and rebuked the wind, and the surging of the water; and they ceased, and there was a calm.
त्यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्दै उहाँलाई ब्युँझाए, “प्रभु, प्रभु, हामी त मर्नै लाग्यौँ ।” उहाँ उठ्नुभयो, र बतासलाई हप्काउनुभयो, पानीको बेग थामियो र त्यहाँ सुनसान भयो ।
25 And he said to them, Where is your faith? And they were afraid, and wondered, saying one to another, Who then is this, that he commandeth even the winds and the water, and they obey him?
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ?” डराएर तिनीहरू अचम्मित हुँदै एक-अर्कालाई भन्दै थिए “उहाँ को हुनुहुन्छ, जसले आँधी र पानीलाई हप्काउनुहुन्छ र तिनले उहाँको आज्ञा मान्छन्?”
26 And they sailed to the country of the Gergesenes, which is over against Galilee.
उहाँहरू गेरासेनसको इलाकामा आइपुग्नुभयो, जुन गालीलको पारीपट्टि पर्छ ।
27 And when he had landed, there met him a certain man out of the city who had demons, and for a long time had worn no clothes, and abode not in a house, but in the tombs.
जब प्रभु डुङ्गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्यो र त्यस मानिसमा दुष्टात्माहरू थिए । किनभने लामो समयदेखि त्यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथियो ।
28 And seeing Jesus, he cried out, and fell down before him, and said with a loud voice, What have I to do with thee, Jesus, Son of the most high God? I beseech thee, do not torment me.
जब उसले येशूलाई देख्यो, ऊ चिच्च्यायो, उहाँको सामु लड्यो र उसले उच्च स्वरमा भन्यो, “सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार? म बिन्ती गर्छु कि मलाई नसताउनुहोस् ।”
29 For he was about to command the unclean spirit to come out of the man; for it had possessed him for a long time, and he had been kept bound and secured with chains and fetters; and bursting the bands, he had been driven by the demon into the wilderness.
किनभने येशूले त्यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्थ्यो, किनकि धेरै पटक यसले उसलाई पक्रेर राखेको थियो । ऊ साङ्ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो र दुष्ट आत्माद्वारा मरुभूमितिर डोर्याइन्थ्यो ।
30 And Jesus asked him, saying, What is thy name? And he said, Legion; because many demons had entered into him.
त्यसपछि येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” र त्यसले भन्यो, “फौज ।” किनभने धेरै दुष्ट आत्माहरू त्यसभित्र पसेका थिए ।
31 And they besought him not to command them to go away into the abyss. (Abyssos )
तिनीहरूलाई अगाध खाँदमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे । (Abyssos )
32 Now there was there a herd of many swine feeding on the mountain; and they besought him to permit them to go into them. And he permitted them.
अब त्यहाँ नजिकै डाँडामा सुँगुरको एक बथान चरिरहेको थियो र दुष्ट आत्माहरूले उहाँलाई सुँगुरको बथानमा पठाइदिन भनी बिन्ती गरे । उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभयो ।
33 And the demons coming out of the man went into the swine; and the herd rushed down the steep into the lake, and were drowned.
त्यसैले, त्यस मानिसबाट दुष्ट आत्माहरू निस्की सुँगुरको बथानमा पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर समुद्रमा डुबेर मरे ।
34 And the herdsmen, seeing what was done, fled, and told the news in the city and in the country.
सुँगुर चराइरहेका मानिसहरूले जे भइरहेको थियो त्यो देखेपछि तिनीहरू भाग्दै सहर र वरपरका ठाउँहरूमा गए र त्यो कुरो बताए ।
35 And they went out to see what had been done. And they came to Jesus and found the man from whom the demons had gone out sitting, clothed, and in his right mind, at the feet of Jesus; and they were afraid.
त्यसकारण, मानिसहरू जसले यसबारे सुने, के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए र त्यस मानिस जसबाट दुष्ट आत्माहरू निस्केर गएका थिए, त्यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराए ।
36 And they who had seen it told them how he that was possessed by demons was made well.
तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए अर्थात् कसरी दुष्ट आत्माहरूद्वारा नियन्त्रित मानिस बचाइको थियो, सो तिनीहरूले अरूहरूलाई भने ।
37 And the whole multitude in the surrounding country of the Gergesenes besought him to depart from them; for they were seized with great fear. And he went on board a boat and returned.
गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए ।
38 And the man out of whom the demons had gone besought him that he might be with him. But he sent him away, saying,
तर दुष्ट आत्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई बिन्ती गर्यो, तर येशूले यसो भन्दै उसलाई पठाउनुभयो,
39 Return to thy house, and tell what great things God hath done for thee. And he went and published through the whole city what great things Jesus had done for him.
“आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।”
40 And it came to pass when Jesus returned, that the multitude welcomed him; for they were all waiting for him.
जब येशू फर्कनुभयो, भिडले उहाँलाई स्वागत गर्यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए ।
41 And lo! there came a man, named Jairus, and he was a ruler of the synagogue; and falling at the feet of Jesus, he besought him to come into his house;
हेर, याइरस नाउँ गरेका एक जना मानिस त्यहाँ आए, जो सभाघरका अगुवाहरूमध्ये एक थिए । याइरस प्रभु येशूका पाउमा घोप्टो परे र उहाँलाई उनको घरमा आउन बिन्ती गरे ।
42 for he had an only daughter, about twelve years of age, and she was dying. And as he went, the multitudes thronged him.
किनभने उनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिइन् । तर उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भिडले उहाँलाई घचेटिरहेको थियो ।
43 And a woman who had had an issue of blood twelve years, and had spent all her living upon physicians, and could not be cured by any one,
त्यहाँ एउटी बाह्र वर्षसम्म रगत बग्ने समस्या भएकी स्त्री थिइन् । तिनले आफ्नो सम्पूर्ण पैसा डाक्टरहरूकहाँ औषधी उपचारमा खर्चे गरिसकेकी थिइन्, तर तिनीहरूमध्ये कसैले पनि निको पार्न सकेका थिएनन् ।
44 came up behind and touched the fringe of his garment; and immediately her issue of blood ceased.
तिनी येशूको पछिल्तिर आइन् र उहाँको कपडाको छेऊ छोइन् र तुरुन्तै तिनको रक्तश्राव रोकियो ।
45 And Jesus said, Who touched me? And when all denied it, Peter and those with him said, Master, the multitudes are thronging thee, and pressing against thee.
येशूले भन्नुभयो, “मलाई कसले छोयो?” जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, “प्रभु मानिसहरूको भिडले तपाईंलाई घेरेर घचेट्दै छन् ।”
46 But Jesus said, Some one touched me; for I perceived that power went out from me.
तर येशूले भन्नुभयो, “कसैले मलाई छोयो, किनभने शक्ति मबाट बाहिर गइरहेको मैले थाहा पाएँ ।”
47 And the woman, seeing that she was discovered, came trembling, and falling down before him declared before all the people for what cause she had touched him, and how she was cured immediately.
जब त्यस स्त्रीले आफूले गरेको कुरा लुकाउन नसक्ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन् ।
48 And he said to her, Daughter, thy faith hath made thee well; go in peace.
त्यसपछि उहाँले तिनलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसँग जाऊ ।”
49 While he was yet speaking, there cometh one from the house of the ruler of the synagogue, saying, Thy daughter is dead; trouble not the Teacher any further.
जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना आएर भने, “तिम्री छोरी मरिसकिन् । गुरुलाई दुःख नदेऊ ।”
50 But Jesus hearing this, answered him, Fear not; only believe, and she will be made well.
तर जब येशूले त्यो सुन्नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्वास मात्र गर र तिनी बचाइनेछिन् ।”
51 And going into the house, he suffered no one to go in with him but Peter and John and James, and the father of the maiden, and the mother.
जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्ना र याकूब, केटीको बुबा र आमाबाहेक अरू कसैलाई पनि भित्र पस्ने अनुमति दिनुभएन ।
52 And all were weeping, and lamenting for her. But he said, Weep not; she is not dead, but sleeping.
अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए । तर उहाँले भन्नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन् ।”
53 And they laughed him to scorn, knowing that she was dead.
तर तिनीहरू केटी मरेको थाहा पाएर, येशूलाई गिल्ला गर्दै हाँसे ।
54 But he took hold of her hand, and called aloud, saying, Maiden, arise!
तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो, “नानी उठ ।”
55 And her spirit returned, and she immediately arose. And he ordered food to be given to her.
तिनको आत्मा फर्क्यो, र तिनी तुरुन्तै उठिन् । उहाँले तिनलाई केही खान दिनका लागि आज्ञा दिनुभयो ।
56 And her parents were amazed. But he charged them to tell no one what had been done.
तिनका बुबा-आमा अचम्मित भए, तर त्यहाँ जे भएको थियो त्यो कसैलाई नभन्नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।