< Luke 6 >
1 And it came to pass on the second sabbath after the first, that he was going through grain-fields; and his disciples plucked the ears of grain, and ate them, rubbing them with their hands.
अब विश्रामको दिनमा यस्तो भयो कि येशू चेलाहरूसँग अन्नको खेतको बाटो भएर जाँदै गर्नुहुँदा तिनीहरूले हातले अन्नका बाला टिप्दै र तिनीहरूका हातमा माडिरहेका र अन्न खाइरहेका थिए ।
2 And some of the Pharisees said, Why are ye doing that which it is not lawful to do on the sabbath?
तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ?”
3 And Jesus answering them, said, Have ye not even read what David did, when he was himself hungry, and they who were with him?
येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ?
4 how he went into the house of God, and took and ate the show-bread, and gave it also to those who were with him, which it is not lawful for any to eat but the priests alone?
तिनी परमेश्वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए ।”
5 And he said to them, The Son of man is lord even of the sabbath.
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हो ।”
6 And it came to pass on another sabbath, that he entered into the synagogue, and taught; and there was a man there whose right hand was withered.
अर्को विश्राममा यसो भयो कि उहाँ सभाघरमा जानुभयो र त्यहाँ भएका मानिसहरूलाई सिकाउनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो ।
7 And the scribes and the Pharisees were watching whether he would heal on the sabbath, that they might find an accusation against him.
उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्न भनेर शास्त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियाली राखेका थिए ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस् ।
8 But he knew their thoughts; and he said to the man having the withered hand, Rise, and stand up in the midst. And he arose, and stood up.
तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई भन्नुभयो, “उठ र सबैका बिचमा खडा होऊ ।” त्यसकारण, त्यो मानिस उठ्यो र त्यहाँ सबैका बिचमा उभियो ।
9 And Jesus said to them, I ask you whether it is lawful on the sabbath to do good, or to do evil; to save life, or to kill?
येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो?”
10 And looking round on them all, he said to him, Stretch forth thy hand. And he did so; and his hand was restored.
तब उहाँले तिनीहरूका वरिपरि हेर्नुभयो र त्यस मानिसलाई भन्नुभयो, “तेरो हात पसार् ।” उसले त्यसै गर्यो र उसको हात पहिलाको जस्तै भयो ।
11 But they were filled with madness, and conferred with one another as to what they should do to Jesus.
तर तिनीहरू रिसले चूर भए र येशूको बारेमा के गर्न सकिन्छ भनी एक अर्कामा कुराकानी गरे ।
12 And it came to pass in those days, that he went out into the mountain to pray; and he continued all night in prayer to God.
उहाँ डाँडामा प्रार्थना गर्न जानुभएको बेला ती दिनहरूमा यसो भएको हो । उहाँले परमेश्वरसँग रातभर निरन्तर प्रार्थनामा बिताउनुभयो ।
13 And when it was day, he called to him his disciples; and he chose from them twelve, whom he also named apostles;
जब उज्यालो भइसकेको थियो । उहाँले चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूमध्येबाट बाह्र जनालाई चुन्नुभयो जसलाई “प्रेरित” नाउँ दिनुभयो ।
14 Simon, whom he named Peter, and Andrew his brother, and James and John, and Philip and Bartholomew,
पप्रेरितहरूका नाउँहरू थिएः सिमोन (जसलाई उहाँले पत्रुस भनी नाउँ दिनुभयो) र उनका भाइ अन्द्रियास, याकूब, यूहन्ना, फिलिप, बारथोलोमाइ,
15 and Matthew and Thomas, and James the Son of Alphaeus, and Simon called the zealot,
मत्ती, थोमा, अल्फयासका छोरा याकूब, सिमोन जसलाई विद्रोही भनिन्थ्यो,
16 and Judas the brother of James, and Judas Iscariot, who became a traitor.
याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो एक धोकेबाज हुन पुग्यो ।
17 And he came down with them, and stood on a level place with a great multitude of his disciples, and a great crowd of the people from all Judaea and Jerusalem and the sea-coast of Tyre and Sidon, who came to hear him, and to be healed of their diseases.
त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो । त्यहाँ उहाँका चेलाहरूको ठुलो भिड थियो र त्यसै गरी ठुलो सङ्ख्यामा यहूदिया, र यरूशलेम, र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए ।
18 And they that were harassed with unclean spirits were cured.
तिनीहरू उहाँका वचन सुन्न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए ।
19 And the whole multitude sought to touch him, because power went out of him and healed all.
भभिडमा भएका सबैले उहाँलाई छुन खोजे, किनभने निको पार्ने शक्ति उहाँबाट गइहेको थियो र उहाँले सबैलाई निको पार्नुभयो ।
20 And raising his eyes toward his disciples, he said, Blessed are ye poor; for yours is the kingdom of God.
उहाँले चेलाहरूतर्फ हेर्नुभयो र भन्नुभयो, “धन्य तिमीहरू जो दीन छौ, परमेश्वरको राज्य तिमीहरूकै हो ।
21 Blessed are ye that hunger now; for ye will be filled. Blessed are ye that weep now; for ye will laugh.
धन्य तिमीहरू जो अहिले भोकाउँदछौ, तिमीहरू तृप्त हुनेछौ । धन्य तिमीहरू जो अहिले रुन्छौ, तिमीहरू हाँस्नेछौ ।
22 Blessed are ye when men hate you, and when they exclude you, and revile and cast out your name as evil, on account of the Son of man.
जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन् । धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन् ।
23 Rejoice in that day, and leap for joy; for lo! your reward is great in heaven; for thus their fathers did to the prophets.
त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ । किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्ताहरूलाई त्यसै गरेका थिए ।
24 But woe to you that are rich! for ye have received your consolation.
तर धिक्कार तिमीहरू जो धनी छौ! तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ ।
25 Woe to you that are full now! for ye will hunger. Woe to you that laugh now! for ye will mourn and weep.
धिक्कार तिमीहरूलाई जो आहिले तृप्त छौ! तिमीहरू पछि भोकाउनेछौ । धिक्कार तिमीहरू जो अहिले हाँस्छौ! तिमीहरू पछि रुनेछौ र विलाप गर्नेछौ ।
26 Woe, when all men speak well of you! for so did their fathers of the false prophets.
धिक्कार तिमीहरू मानिसहरूबाट प्रशंसा पाउनेहरू! तिम्रा पुर्खाहरूले झुटा अगमवक्ताहरूलाई पनि त्यसै गरेका थिए ।
27 But I say to you who hear: Love your enemies; do good to those who hate you;
तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर ।
28 bless those who curse you; pray for those who are spiteful to you.
तिमीहरूलाई सराप्नेहरूलाई आशिष् देऊ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर ।
29 To him that smiteth thee on one cheek, offer also the other; and him that taketh away thy cloak, forbid not to take thy coat also.
तिम्रो एउटा गालामा हिर्काउनेलाई अर्को पनि थापिदेऊ । यदि कसैले तिम्रो कोट खोस्छ भने उसलाई दौरा पनि दिइहाल ।
30 Give to every one that asketh of thee; and from him that taketh away thy goods, demand them not again.
तिमीसँग माग्ने सबैलाई देऊ । यदि कसैले तिम्रो केही कुरा लगेमा त्यससँग फिर्ता नमाग ।
31 And as ye would that men should do to you, do ye also in like manner to them.
मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ ।
32 And if ye love those who love you, what thanks do ye deserve? for sinners also love those who love them.
तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने के लाभ भयो र? किनकि पापीहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् ।
33 For if ye do good to those who do good to you, what thanks do ye deserve? even sinners do the same.
यदि तिमीहरूलाई असल गर्नेलाई मात्र असल गर्छौ भने के लाभ भयो र? पापीहरूले पनि त त्यसै गर्छन् ।
34 And if ye lend to those from whom ye expect to receive, what thanks do ye deserve? even sinners lend to sinners, to receive as much in return.
यदि तिमीले तिनीहरूले फिर्ता गर्न सक्छन् भन्ने आशामा मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र? पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् र उत्तिकै मात्रामा फिर्ता पाउने आशा राख्दछन् ।
35 But love your enemies, and do good and lend, despairing of no one; and your reward will be great, and ye will be sons of the Most High; for he is kind to the unthankful and wicked.
तर तिम्रा शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर । पैँचो माग्नेहरूलाई केही पनि फिर्ता पाउने आशा नगरीकन देऊ ताकि तिम्रो इनाम ठुलो हुनेछ । तिमी सर्वोच्चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैँ अधन्यवादी र खराब मानिसहरूप्रति कृपालु हुनुहुन्छ ।
36 Be merciful, as your Father is merciful.
तिम्रा पिता कृपालु हुनुभएझैँ तिमी पनि कृपालु होऊ ।
37 And judge not, and ye will not be judged; and condemn not, and ye will not be condemned; forgive, and ye will be forgiven;
कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन । दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ ।
38 give, and it will be given to you; good measure, pressed down, shaken together, running over, will men give into your bosom; for with what measure ye mete, it will be measured to you in return.
अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन् । जुन नापले तिमीहरू नाप्तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ ।”
39 And he spoke also a parable to them: Can the blind lead the blind? Will they not both fall into a ditch?
त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्याउन सक्छ? त्यसो गरे दुवै जना खाल्डोमा पर्दैनन् र?
40 A disciple is not above his teacher; but every one when fully instructed will be as his teacher.
एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन । तर हेरक जसले तालिम प्राप्त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ ।
41 And why dost thou look at the mote in thy brother's eye, and not perceive the beam that is in thine own eye?
तिमीले तिम्रो भाइको आँखामा मात्र किन सानो कसिङ्गर देख्तछौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ किन देख्दैनौ?
42 How canst thou say to thy brother, Brother, let me take out the mote that is in thine eye, when thou thyself perceivest not the beam in thine own eye? Hypocrite! first cast the beam out of thine own eye, and then thou wilt see clearly to take out the mote that is in thy brother's eye.
कसरी तिमीले आफ्नो भाइलाई भन्न सक्छौ, भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ जब कि तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ? हे पाखण्डी हो! पहिले तिम्रा आँखाबाट मुढा निकाल तब तिमीले तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्टसँग देख्नेछौ ।
43 For there is no good tree that beareth bad fruit; and again, there is no bad tree that beareth good fruit.
किनकि कुनै असल रुखले कुहिएको फल फलाउँदैन, न त कुहिएको रुखले असल फल फलाउन सक्छ ।
44 For every tree is known by its own fruit; for from thorns men do not gather figs, nor from a bramble-bush do they gather grapes.
किनभने प्रत्येक रुख त्यसको फलले नै चिनिन्छ । किनकि काँडाको रुखबाट कसैले अञ्जीर बटुल्न सक्दैन, न त काँडे झाडीबाट अङ्गुर बटुल्न सक्छ ।
45 The good man out of the good treasure of his heart bringeth forth that which is good; and the evil man out of the evil treasure bringeth forth that which is evil; for out of the abundance of his heart his mouth speaketh.
असल मान्छेले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ र खराब मान्छेले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्दछ । किनकि उसले आफ्नो हृदयको प्रशस्तबाट त्यही बोल्दछ र जे भण्डार गरी राखेको छ, त्यहीँ निकाल्छ ।
46 But why call ye me Lord, Lord, and do not the things which I say?
तिमीहरू मलाई किन “प्रभु, प्रभु” भन्दछौ, जब कि मैले भनेका कुराहरूचाहिँ तिमीहरूले पालना गर्दैनौ?
47 Every one that cometh to me and heareth my sayings and doeth them, I will show you whom he is like.
हरेक व्यक्ति जो मकहाँ आउँछ र मेरा वचन सुन्छ र पालन गर्छ, म तिमीहरूलाई भन्दछु, ऊ कस्तो मानिस हो ।
48 He is like a man building a house, who dug deep, and laid its foundation on a rock; and when a flood arose, the stream dashed against that house, and could not shake it; because it was well built.
ऊ एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिन गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब जलप्रवाह भयो, तब बाढी उर्ली आएर त्यस घरलाई प्रहार गर्यो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो ।
49 But he that heareth and doeth not, is like a man that built a house upon the earth without a foundation; against which the stream dashed, and it fell at once, and the ruin of that house was great.
तर एक जना मानिस जसले मेरा वचनहरू सुन्छ र पालन गर्दैन्, त्यो मानिस जमिनमाथि विनाजग घर बनाउने मानिसजस्तो हो । जब जलप्रवाह उर्ली आयो र त्यस घरलाई प्रहार गर्यो तब त्यो घर तुरुन्तै ढली हाल्यो र त्यस घरको पुरै विनाश भयो ।