< John 9 >

1 And as he was passing along, he saw a man who had been blind from his birth.
त्यहाँबाट जाँदै गर्नुहुँदा येशूले एउटा जन्मैदेखिको दृष्‍टिविहीनलाई देख्नुभयो।
2 And his disciples asked him, saying, Rabbi, who sinned, this man, or his parents, that he was born blind?
उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरुज्यू, कसले पाप गर्‍यो, यो मानिसले कि यसका आमाबुबाले, जसको कारण यो दृष्‍टिविहीन जन्म्यो?”
3 Jesus answered, Neither did this man sin, nor his parents; but that the works of God might be made manifest in him.
येशूले भन्‍नुभयो, “न यसले, न त यसका आमाबुबाले पाप गरे, तर यस मानिसमा परमेश्‍वरको काम प्रकट होस् भन्‍ने हेतुले यसो भएको हो।
4 We must work the works of him that sent me, while it is day; the night is coming, when no one can work.
दिन छँदा नै हामीले मलाई पठाउनुहुनेको काम गर्नुपर्छ। रात आउँदैछ, जब कसैले काम गर्न सक्दैन।
5 As long as I am in the world, I am the light of the world.
म संसारमा रहुन्जेल संसारको ज्योति म नै हुँ।”
6 Having thus spoken, he spat on the ground, and made clay with the spittle, and anointed his eyes with the clay,
यी कुराहरू भनेर उहाँले भुइँमा थुक्नुभयो, र सो थुकले माटो मुछेर त्यस मानिसको आँखामा लगाइदिनुभयो।
7 and said to him, Go, wash in the pool of Siloam; (which is, when translated, Sent.) He went away therefore, and washed and came seeing.
उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको पोखरीमा गएर पखाल” (सिलोआमको अर्थ “पठाइएको” हो)। त्यो मानिस गयो र पखाल्यो, र देख्ने भएर घर फर्किआयो।
8 The neighbors therefore, and they who before had seen him as a beggar, said, Is not this he that sits and begs?
त्यसका छिमेकीहरू र त्यसलाई भीख मागिरहेको देख्ने अरूहरूले आपसमा सोध्न लागे, “बसेर भीख माग्ने मानिस के यही होइन र?”
9 Some said, This is he. Others said, No, but he is like him. He said, I am he.
कतिले ऊ त्यही मानिस हो भन्‍ने दाबी गरे। अरूहरूले भने, “होइन, तर यो त्योजस्तै देखिन्छ।” तर ऊ आफैँले भन्यो, “म त्यही मानिस हुँ।”
10 They said therefore to him How then were thine eyes opened?
तिनीहरूले त्यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?”
11 He answered, The man who is called Jesus made clay and anointed my eyes, and said to me, Go to Siloam, and wash. I went therefore and washed, and received sight.
त्यसले जवाफ दियो, “येशू भन्‍ने एक जना मानिसले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो। उहाँले मलाई सिलोआममा गएर पखाल्न अह्राउनुभयो। तब म गएँ, र पखालेँ, र म देख्न सक्ने भएँ।”
12 And they said to him, Where is that man? He saith, I do not know.
तिनीहरूले त्यसलाई सोधे, “ती मानिस कहाँ छन् त?” त्यसले भन्यो, “मलाई थाहा छैन।”
13 They bring to the Pharisees him who had once been blind.
पहिले दृष्‍टिविहीन भएको त्यस मानिसलाई तिनीहरूले फरिसीहरूकहाँ ल्याए।
14 And the day on which Jesus made the clay and opened his eyes was the sabbath.
येशूले माटो मुछेर त्यस मानिसको आँखा खोलिदिनुभएको त्यो शब्बाथ दिन थियो।
15 Again therefore the Pharisees also asked him how he received his sight. He said to them, He put clay on my eyes, and I washed them, and I see.
त्यसकारण फरिसीहरूले कसरी आँखा देख्ने भइस् भनी त्यसलाई पनि सोधपुछ गरे। त्यस मानिसले जवाफ दियो, “उहाँले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो, र मैले पखालेँ; अनि अहिले म देख्न सक्ने भएको छु।”
16 Therefore some of the Pharisees said, This man is not from God, because he keepeth not the sabbath. Others said, How can a man that is a sinner do such signs. And there was a division among them.
फरिसीहरूमध्ये कसैले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन; किनकि यसले शब्बाथ दिन पालन गर्दैन।” तर अरूले भने, “पापी मानिसले कसरी यस्ता अलौकिक चिन्हहरू गर्न सक्छ र?” यसरी तिनीहरूका बीचमा मतभेद भयो।
17 They say therefore to the blind man again, What dost thou say of him for having opened thine eyes? And he said, He is a prophet.
अन्त्यमा तिनीहरूले फेरि त्यस दृष्‍टिविहीनलाई सोधे, “उसको विषयमा तँ के भन्छस्? उसले खोलिदिएको आँखा त तेरो हो।” त्यस मानिसले जवाफ दियो, “उहाँ एक अगमवक्ता हुनुहुन्छ।”
18 The Jews therefore did not believe concerning him, that he had been blind, and received his sight, until they called the parents of him that had received his sight.
यहूदी अगुवाहरूले त्यस दृष्‍टि पाउनेको आमाबुबालाई बोलाएर नसोधेसम्म, त्यो मानिस दृष्‍टिविहीन थियो र त्यसले दृष्‍टि पायो भन्‍ने अझै पनि विश्‍वास गरेनन्।
19 And they asked them, saying, Is this your son, who ye say was born blind? How then doth he now see?
तिनीहरूले त्यसका आमाबुबालाई सोधे, “के यो तिमीहरूको छोरा हो? तिमीहरूले दृष्‍टिविहीन जन्मेको भनी यसैलाई भनेको हो? यसले अब कसरी देख्न सक्ने भयो त?”
20 His parents, answered and said, We know that this is our son, and that he was born blind;
त्यसका आमाबुबाले जवाफ दिए, “यो हाम्रै छोरा हो, र यो दृष्‍टिविहीन नै जन्मेको थियो भनेर हामी जान्दछौँ।
21 but by what means he now seeth, we know not; or who opened his eyes, we know not; ask him, he is of age; he will speak for himself.
तर अहिले यो कसरी देख्न सक्ने भयो, अथवा कसले यसका आँखा खोलिदियो, सो हामी जान्दैनौँ। यसको उमेर पुगिसकेको छ, यसैलाई सोध्नुहोस्। आफ्नो विषयमा यो आफैँ भन्‍न सक्छ।”
22 This his parents said, because they feared the Jews. For the Jews had already agreed, that if any one should acknowledge him as the Christ, he should be put out of the synagogue.
यहूदी अगुवाहरूसँग डराएका हुनाले त्यसका आमाबुबाले यसो भनेका थिए; किनकि यहूदी अगुवाहरूले यदि कसैले येशूलाई उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी स्वीकार गर्‍यो भने त्यसलाई सभाघरबाट निकालिनेछ भनी पहिल्यै निर्णय गरिसकेका थिए।
23 Therefore his parents said, He is of age; ask him.
त्यसैले त्यसका आमाबुबाले भने, “यसको उमेर पुगिसकेको छ, यसैलाई सोध्नुहोस्।”
24 They therefore called a second time the man that had been blind, and said to him, Give glory to God; we know that this man is a sinner.
तिनीहरूले त्यस दृष्‍टिविहीन मानिसलाई दोस्रोपल्ट फेरि बोलाएर भने, “परमेश्‍वरलाई महिमा दे। हामी जान्दछौँ, त्यो मानिस पापी हो।”
25 He therefore answered, Whether he is a sinner, I know not; one thing I know, that, whereas I was blind, now I see.
त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ वा हुनुहुन्‍न, त्यो म जान्दिनँ। तर एउटा कुरा म जान्दछु। म दृष्‍टिविहीन थिएँ, तर अब देख्ने भएको छु!”
26 They said to him, What did he do to thee? How did he open thine eyes?
तब तिनीहरूले त्यसलाई सोधे, “उसले तँलाई के गर्‍यो? उसले कसरी तेरा आँखा खोलिदियो?”
27 He answered them, I have already told you, and ye did not hear; why would ye hear it again? Are ye also inclined to become his disciples?
त्यसले भन्यो, “मैले तपाईंहरूलाई अगि नै भनिसकेँ, तर तपाईंहरूले सुन्‍नुभएन। अब फेरि किन सुन्‍न चाहनुहुन्छ? के तपाईंहरू पनि उहाँका चेला बन्‍न चाहनुहुन्छ?”
28 They reviled him, and said, Thou art his disciple; but we are disciples of Moses.
तब तिनीहरूले त्यसलाई निन्दा गर्दै भने, “तँ पो त्यसको चेलो होस्! हामी त मोशाका चेला हौँ!
29 We know that God hath spoken to Moses; but as for this man, we know not whence he is.
परमेश्‍वर मोशासँग बोल्नुभएको कुरा हामीलाई थाहा छ; तर यस मानिसको विषयमा यो कहाँबाट आएको हो भन्‍ने कुरासमेत हामी जान्दैनौँ।”
30 The man answered and said to them, Why, herein is a marvelous thing, that ye know not whence he is, and yet he opened my eyes.
त्यस मानिसले भन्यो, “कस्तो अचम्मको कुरा! तपाईंहरूले उहाँ कहाँबाट आउनुभएको हो भनेर पनि जान्‍नुहुन्‍न; तापनि उहाँले मेरा आँखा खोलिदिनुभयो।
31 We know that God heareth not sinners; but if any one is a worshipper of God, and doeth his will, him he heareth.
हामी जान्दछौँ, परमेश्‍वरले पापीहरूका कुरा सुन्‍नुहुन्‍न, तर उहाँले परमेश्‍वरका भक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्‍नुहुन्छ।
32 Since the world began, it was never heard that any one opened the eyes of a man born blind. (aiōn g165)
आजसम्म कसैले जन्मैको दृष्‍टिविहीनको आँखा खोलिदिएको कुरा कहिल्यै सुनिएको छैन। (aiōn g165)
33 If this man were not from God, he could do nothing.
यदि उहाँ परमेश्‍वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।”
34 They answered and said to him, Thou wast wholly born in sins, and dost thou teach us? And they cast him out.
यस कुरामा तिनीहरूले त्यसलाई यसरी जवाफ दिए, “तँ त पूर्णतया पापमा जन्मिएको थिइस्, र पनि अब के हामीलाई सिकाउन खोज्छस्?” त्यसपछि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए।
35 Jesus heard that they had cast him out; and he found him, and said, Dost thou believe in the Son of man?
तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भनी येशूले सुन्‍नुभयो, र त्यसलाई भेट्टाएपछि भन्‍नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्‍वास गर्दछौ?”
36 He answered and said, And who is he, Lord, that I may believe in him?
त्यस मानिसले सोध्यो, “हजुर, उहाँ को हुनुहुन्छ? मलाई भनिदिनुहोस्, र म उहाँमाथि विश्‍वास गर्नेछु।”
37 Jesus said to him, Thou hast both seen him, and it is he that talketh with thee.
येशूले भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, वास्तवमा तिमीसँग बोलिरहने म उही नै हुँ।”
38 And he said, I believe, Lord; and he prostrated himself before him.
तब त्यस मानिसले भन्यो, “प्रभु, म विश्‍वास गर्दछु,” अनि त्यसले उहाँलाई दण्डवत् गर्‍यो।
39 And Jesus said, For judgment came I into this world; that they who see not might see, and that they who see might become blind.
येशूले भन्‍नुभयो, “म न्यायका लागि यस संसारमा आएँ, ताकि दृष्‍टिविहीनहरूले देखून्, र जसले देख्छन्, तिनीहरूचाहिँ दृष्‍टिविहीन होऊन्।”
40 Some of the Pharisees who were with him heard this, and said to him, Are we also blind?
उहाँसँगै हुने कोही-कोही फरिसीहरूले उहाँले यसो भन्‍नुभएको सुनेर सोधे, “के भन्यौ? के हामी पनि दृष्‍टिविहीन हौँ?”
41 Jesus said to them, If ye were blind, ye would not have sin; but now ye say, We see. Your sin remaineth.
येशूले भन्‍नुभयो, “यदि तिमीहरू दृष्‍टिविहीन भएका भए तिमीहरू पापको दोषी हुने थिएनौ; तर तिमीहरूले हामी देख्छौँ भनी दाबी गरेका कारण तिमीहरूको दोष रहिरहन्छ।

< John 9 >