< Joel 1 >

1 The word of Jehovah, which came to Joel, the son of Pethuel.
पतूएलका छोरो योएलकहाँ आएको याहवेहको वचन।
2 Hear this, ye old men; Give ear, all ye inhabitants of the land! Hath such a thing happened in your days, Or even in the days of your fathers?
हे प्रधानहरू हो, यो कुरा सुन; यस देशमा बस्‍ने सबैले सुन। के तिमीहरूका समयमा अथवा तिमीहरूका पितापुर्खाहरूका समयमा यस प्रकारको घटना कहिल्यै घटेको थियो?
3 Tell ye your children of it, And let your children tell their children, And their children another generation!
तिमीहरूका छोराछोरीहरूलाई यो कुरा भन, र तिमीहरूका छोराछोरीले तिनीहरूका छोराछोरीहरूलाई बताऊन्; अनि उनीहरूका छोराछोरीहरूले त्यसपछिका पुस्तालाई बताऊन्।
4 That which the gnawing-locust left hath the swarming-locust eaten, And that which the swarming-locust left hath the licking-locust eaten, And that which the licking-locust left hath the consuming-locust eaten.
जे सलहको झुण्डले छोडेको थियो, ती ठूला सलहहरूले खाइदिए; जे ठूला सलहहरूले छोडेका थिए, ती साना सलहहरूले खाइदिए; जे साना सलहहरूले छोडेका थिए, ती अरू सलहहरूले खाइदिए।
5 Awake, ye drunkards, and weep! Howl, all ye drinkers of wine, For the new wine, which is snatched from your mouths!
जाग, हे मतवालाहरू हो, र रोओ! हे सबै मद्य पिउनेहरू हो, विलाप गर; नयाँ मद्यको कारण विलौना गर; किनकि यो तिमीहरूका ओठबाट खोसिएको छ।
6 For a nation hath come up on my land, Strong, and not to be numbered; Their teeth are the teeth of the lion; They have the jaw-teeth of the lioness.
एउटा राष्ट्रले मेरो देशलाई आक्रमण गरेको छ, जसका अनगन्ती शक्तिशाली सेना छन्; तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्; तिनीहरूका तीखा दाह्राहरू सिंहिनीका झैँ छन्।
7 They have made my vine a desolation, And my fig-tree a broken branch; They have made it quite bare and cast it away; The branches thereof are made white.
त्यसले मेरा दाखका बोटहरू उजाड पारेको छ, र मेरा नेभाराका रूखहरू नष्‍ट गरेको छ। त्यसले हाँगाहरूलाई लाछेको छ, र बोक्राहरू लाछेर फ्याँकिदिएको छ; हाँगाहरूलाई सेतै पारिदिएको छ।
8 Lament ye, like a bride, Clothed in sackcloth for the husband of her youth!
आफ्नो युवाअवस्थामा मगनी गरेको पुरुषको निम्ति, शोक गरिरहेकी कन्या केटीले झैँ भाङ्ग्रा लगाएर विलाप गर।
9 The flour-offering and the drink-offering are cut off from the house of Jehovah; The priests, the servants of Jehovah mourn.
याहवेहको भवनबाट अन्‍नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्। याहवेहको सामु सेवा गर्ने पुजारीहरू शोक गरिरहेका छन्।
10 The field is laid waste; The ground mourneth, For the corn is laid waste; The new wine is dried up; The oil languisheth.
खेतहरू ध्वस्त पारिएका छन्, र जमिन सुक्खा भएको छ; अन्‍न नष्‍ट भएको छ, नयाँ दाखमद्य सुकेको छ; अनि जैतुनको तेल समाप्‍त भएको छ।
11 Lament, O ye husbandmen, Howl, O ye vine-dressers, For the wheat and the barley, For the harvest of the field hath perished!
हे किसानहरू हो, निराश होओ। दाखबारीका किसानहरू, विलौना गर; गहुँ र जौको निम्ति शोक गर; किनकि खेतबारीको फसल नष्‍ट भएको छ।
12 The vine is dried up, And the fig-tree languisheth; The pomegranate, the palm-tree, and the apple-tree, —All the trees of the field, are withered; Yea, joy is withered away from the sons of men.
दाखको बोट सुकेको छ, र नेभाराको रूख ओइलाएको छ; अनार, खजूर र स्याउका रूखहरू, खेतबारीका सबै रूखहरू सुकेका छन्। निश्‍चय नै मानिसको आनन्दको अन्त्य भएको छ।
13 Gird yourselves with sackcloth and mourn, ye priests! Howl, ye ministers of the altar! Come, lie all night in sackcloth, ye ministers of my God, For the flour-offering and the drink-offering are withholden from the house of your God!
हे पुजारीहरू हो, भाङ्ग्रा लगाओ र शोक गर; हे वेदीका सेवकहरू हो, विलौना गर। तिमीहरू जसले मेरा परमेश्‍वरको अगि सेवा गर्छौ, आओ, भाङ्ग्रा लगाएर रात कटाओ; किनकि याहवेहको भवनबाट अन्‍नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्।
14 Appoint ye a fast, proclaim a solemn assembly! Gather the elders and all the inhabitants of the land Into the house of Jehovah, your God, And cry unto Jehovah!
पवित्र उपवासको घोषणा गर; पवित्र सभाको घोषणा गर। अगुवाहरूलाई बोलाओ र यस देशमा बस्‍नेहरू सबैलाई तिमीहरूका परमेश्‍वर याहवेहको भवनमा ल्याओ, र याहवेहलाई पुकार।
15 Alas, alas the day! For the day of Jehovah is near; Even as destruction from the Almighty doth it come.
हाय! त्यो दिन, किनकि याहवेहको दिन नजिक छ; त्यो दिन सर्वशक्तिमान् परमेश्‍वरबाट विनाशझैँ आउनेछ।
16 Is not our food cut off from before our eyes, Yea, joy and gladness from the house of our God?
के हाम्रा आँखाकै सामु खानाहरू नष्‍ट गरिएको छैन र? आनन्द र हर्ष परमेश्‍वरको भवनमा बन्द गरिएको छैन र?
17 The seeds are rotten under their clods, The storehouses are laid desolate, the garners are destroyed; For the corn is withered.
माटोका डल्‍लामुनि नै बिउहरू चाउरिएका छन्। भण्डारहरू उजाड भएका छन्, र अन्‍नका ढुकुटीहरू तोडिएका छन्; किनकि अन्‍न सुकेको छ।
18 How do the beasts groan, How do the herds of oxen wander perplexed, Having no pasture! The flocks of sheep also are destroyed.
कष्‍टले पशुप्राणीहरू कराउँदैछन्! गाईबस्तुका बथानहरू विचलित भएका छन्; किनकि तिनीहरूका निम्ति चर्ने खर्क छैन; भेडाहरूका बगालले समेत कष्‍ट भोगिरहेका छन्।
19 To thee, O Jehovah, do I call, For a fire hath devoured the pastures of the desert, And a flame hath burned all the trees of the field!
हे याहवेह, म तपाईंलाई पुकार्छु; किनकि आगोले उजाडस्थानका खर्कहरू भस्म पारेको छ, र आगोको ज्वालाले खेतका सबै रूखहरूलाई भस्म पारेको छ।
20 The beasts of the field, also, cry unto thee, For the streams of water are dried up, And a fire hath devoured the pastures of the desert!
जङ्गली जनावरहरू समेतले तपाईंलाई गुहार्छन्; किनकि पानीका खोलाहरू सुकेका छन्, र आगोले उजाडस्थानका खर्कहरूलाई भस्म पारेको छ।

< Joel 1 >